समृद्धको प्रमुख आधार शिक्षा होः उर्जा मन्त्री पुन

मानसिंह विश्वकर्मा
२० गते माघ, माडीचौर


उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मानव समाज विकास एवं समृद्धका लागि शिक्षा नै समृद्धको पहिलो आधार भएको बताउँदै शिक्षालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने सरकारको नीति रहेको बताउनुभयो । उहाँले यस्तो धारणा कृषि तथा वन विज्ञान विश्व विद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको आज माडीचौरमा उद्घाटन कार्यक्रममा बताउनुभयो ।
मन्त्री पुनमगरले नेपाल र नेपालीका लागि गरीवी, अशिक्षा, वेरोजगार, पछौटेपन साझाँ दुश्मन भएको बताउँदै यसका विरुद्धमा लड्न सम्पूर्ण नेपालीको साझा संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाका लागि भएमा मानिसले नयाँ नयाँ कुरा आविस्कार गर्न सक्ने बताउँदै शिक्षालाई नै विकासको आधार मानेर अगाडि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयोः– ‘यस वर्षदेखि यस कलेजमा कृषि तथा वन विज्ञान विद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन भएको छ, जसले कृषि क्षेत्रमा आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादनसँगै रोजगारीको अवसर सिर्जनामा सहयोग पु¥याउँछ । व्यक्ति रोजगार वा व्यवसायी बनेयो भने मात्र समृद्ध नेपाल सम्भव छ ।’ मन्त्री पुनले भन्नुभयोः–‘यस जिल्लामा कृषि कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादन प्राविधिक र कृषि क्षेत्रको विकासमा थप सहयोग पु¥याउने कुरामा म विश्वष्ट छु ।’ शिक्षा र रोजागर सिर्जनाको निम्ति प्राविधिक शिक्षालाई विशेष प्राथकितामा रोखेको छ । सोही अनुसार यस क्षेत्रमा कलेज स्थापनाको लागि निःशुलक र शुल्क गरी यसको नाममा १ सय रोपनी जग्गा छ । आगामी वर्षमा पूर्ण व्यवस्था सहितको कलेज सञ्चालन हुन्छ ।’

‘यो कलेज सञ्चालनले यस जिल्लाका विद्यार्थीहरु प्राविधि शिक्षा अध्यायनको जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । तर, यो कलेजमा अध्ययनको निम्ति योग्य विद्यार्थी उत्पादनमा ध्यान दिनु पर्छ । आगामी दिनमा यस कलेजमा शिक्षक, विद्यार्थीको आकर्षणको केन्द्र बनाउनका लागि शैक्षिक वातावरण बन्नु पर्दछ,’मन्त्री पुनले भन्नुभयो ।
प्रमुख अतिथि पुनले यो कलेज सञ्चालनको निम्ति सहयोग गर्नु हुने सहयोगी निकायहरु स्थानीयबासी सहितका अन्य सहयोगी निकायहरुलाई धन्यवाद सहित कलेज सञ्चालनको लागि सहयोग गर्नु हुने सहयोग निकायहरुका योगदानलाई युगौं युगसम्म इतिहास रहने गरी भवन परिसरमा उल्लेख गर्ने व्यवस्था गर्ने बताउनुभयो । यस कलेजको पूर्ण व्यवस्था सहितको भवन निर्माण नहुँदासम्म रोल्पा नगरपालिकाको सामुदायिक भवनमा पढाई सञ्चालन हुने उहाँले बताउनुभयो । यस कलेजको पूर्ण व्यवस्था सहितको भवन निर्माणको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुको सहयोगी भूमिकाको आवशयक पर्ने भएको हुँदा तीन तहको सरकारसँग सहयोगको निम्ति विशेष पहलको प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यस जिल्ला विगतको जस्तो विकट जिल्ला होइन । विकास क्रमसँगै यस जिल्लामा मदन लोकमार्ग र शहीद मार्गको पहुँच पुगको जिल्लालाई यस कलेज सञ्चालनले थप सकरात्मक प्रचारमा सहयोग पुग्ने छ ।’ यस जिल्लाका धेरै अभिभावक र विद्यार्थीहरुलाई कृषि संकायको पढाई हुन्छ भन्ने कुराको जानकारीले उक्त संकाय अध्ययनको निम्ति थप जानकारीमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
त्यसैगरी ५ नं. प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनले समग्र जिल्लाको शिक्षा क्षेत्रको विकासको निम्ति शुल्कै भएपनि भवन र जग्गा नगरपालिकालाई उपलब्ध बनाएको बताउनुभयो । ‘यस भवनमा विशेष व्यवस्था सहितको होटेल सञ्चालन गरेको भए मदिराको विक्रि वितरण हुन्थ्यो होला । तर, यस भवनबाट शिक्षा आदानप्रदान हुँदा म धेरै सुखी भएको छु,’ उहाँले भन्नुभयो । उहाँले यस कलेजको थप विकासको निम्ति मेरो ठाउँबाट हुन सक्ने कुनै पनि सहयोग बाँकी नराख्ने भन्दै प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । आगामी दिनमा यस जिल्लाको कृषि क्षेत्रको विकास र आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो ।
केन्द्रीय कृषि क्याम्पसका कृषि तथा बाली संकायका संकायको डिन प्रा. जय प्रकाश दत्तले यस ठाउँमा कलेज सञ्चालनको निम्ति आवश्यक जग्गाको व्यवस्थामा संघीय सरकार उर्जा, जल स्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुनले पहल गर्नुभयो । सोही आगामी दिनमा यस कलेजको विकासमा पनि त्यत्ति नै सहयोगी भूमिकाको लागि अनुरोध गर्नुभयो । कलेजमा प्रभावकारी सञ्चालनका लागि आफ्नो तर्पmबाट कुनै पनि कुराको बाँकी नराख्ने धारणा व्यक्त गर्नभयो ।
यस कलेज सस्थापनाका लागि गत वर्ष संसद कोष तथा पूर्वाधार कोषबाट रु १ करोड वजेटबाट यो भवन खरिद भएको छ । यस थप रु ३५ लाख वजेट विनियोजन भएको छ । यस वर्ष रोल्पा नगरपालिकाबाट रु १० लाखबाट भौतिक सामग्री खदिर गरेको व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापा घर्तीले बताउनुभयो । उहाँको अनुसार यस कलेजमा यस जिल्लाको एकजना विद्यार्थी, ५ नं. प्रदेशबाट १०, कर्णाली प्रदेशबाट १० जना विद्यार्थी र बाँकी संख्याका विद्यार्थीहरु इलाम, झापा, काठमाण्डौं र कास्कि जिल्लाका विद्यार्थी कृषि संकायमा भर्ना भएका छन् ।
कृषि तथा वन विज्ञान विश्व विद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजक माडीचौरका प्रिन्सिपल सुमन ढकालले रोल्पा जिल्लामा सञ्चालन भएको कलेजलाई नमूना क्याम्पस बनाउनको लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कृषि तथा वन विज्ञान विश्व विद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन संकायका डिन जयप्रकाश दत्तले माडीचौर कलेजका प्रिन्सिपल सुमन ढकाललाई पद वहालसमेत ग्रहण गराउनुभएको थियो । साथै कर्मचारीलाई पनि व्यवस्थापन समितिले स्वागत गरेको थियो ।
कार्यक्रममा पूर्व सभामुख एवं संघीय सांसद ओनसरी घर्तीमगर, संघीय सांसद एवं पूर्व मन्त्री कमला रोका, संघीय सांसद देवेन्द्र पौडेल, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, जिल्ला समन्वय समिति सदस्य कर्मलाल परियार, रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, रोल्पा नगरपालिका प्रमुख प्रकाशकीय अधिकृत सावित्रा थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सचिव हरीप्रसाद घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका जिल्ला सदस्य कविता उपाध्याय, पत्रकार एवं स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

You may also like