शैक्षिक गुणस्तर सुधारका लागि रेडियो बहस

कोर्चाबाङ रोल्पा, भाद्र ३० गते


सिद्ध कैलाश माध्यमिक विद्यालय मिसिडाँडा कोर्चाबाङ माडी गाउँपालिका–६ नंं. वडा कोर्चाबाङ रोल्पामा आइतबार शैक्षिक गुणस्तर सुधारका लागि रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा थप सहयोग पुग्ने भएको छ ।
शैक्षक बहस कार्यक्रममा शिक्षा समिति संयोजक खर्कबहादुर पुनले शैक्षिक गुणस्तरीय शिक्षाका लागि आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराखेको बताउनु भएको छ । रेडियो बहस कार्यक्रममा बोल्दै संयोजक पुनले वडाका सबै बालबालिकाहरुलाई पूर्ण भर्ना भएका छन् ति भर्ना भएका बालबालिकालाई विद्यालयमा निरन्तरताका जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबै आ–आफ्नो ठाउँबाट सक्रिय जिम्मेवारीपूर्ण भूमिका लागि अनुरोध गर्नुभयो । वडा शिक्षा समितिको शैक्षिक निर्देशनको सबै विद्यालयले पालना गर्नुपर्ने आवश्यकता औल्याउँदै मितिको निर्देशनलाई वेवास्त गर्ने विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई विशेष मूल्याङ्कन गर्ने उहाँले कार्यक्रममा उद्घोष गर्नुभयो ।


कार्यक्रम सेभ द् चिल्ड्रेन, मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको सहयोग र रेडियो मालश्रीको आयोजनामा शैक्षिक गुणस्तरका लागि रेडियो बहस कार्यक्रम सम्पन्न भएको हो । गुणस्तरिय शिक्षाका लागि वडाबाट विभिन्न शैक्षिक सामाग्री सहयोग, विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रियात्मकमा वडा शिक्षा समिति संयोजक पुनले असोज महिना भित्रै वडा शिक्षा योजना निर्माण गरिसक्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य, वडा शिक्षा समिति पदाधिकारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, अभिभावक संघ, विद्यार्थी, अभिभावक लगायत सरोकारवाला निकायहरुको सहहभागिता कार्यक्रमको मालश्री रेडियोको विज्ञापन प्रमुखले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण रेडियोको प्रशासन प्रमुख गणेश के.सी.ले गर्नुभएको थियो ।

You may also like