रोल्पा नगरपालिकाले फेरी महासंघको भवन निर्माणका लागि १ लाख ५० हजार सहयोग


रोल्पा समाचारदाता
भाद्र २ साउन
नेपाल पत्रकार महासंघको भवन निर्माण तथा कल्याणकारी कोष स्थापनाका लागि रोल्पा नगरपालिकाले निरन्तर सहयोग गरिहेको छ । रोल्पा नगरपालिकाको बुधबार बसेको कार्यपालिको बैठकले नेपाल पत्रकार महासंघको भवन निर्माण तथा कल्याकारी कोष स्थापनाका लागि रु. १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको हो ।
रोल्पा नगरपालिका नजरले महासंघको भवन निर्माण तथा कल्याकारी कोषका लागि गत आर्थिक वर्षमा ७ लाख रुपैया प्रदान गरेको थियो । यस वर्ष पनि नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि १ लाख ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि रोल्पा नगरपालिका रोल्पा नगरपालिकाले भवन निर्माणका लागि निरन्तर सहयोग गरिरहेको बताउँदै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने बताउनुभयो । नगरपालिकाले आफ्नो साधन श्रोतले भ्यायसम्म सहयोग गरिरहेको बताउनुभयो । उहाँले अझै रोल्पा नगरपालिकाले पत्रकार महासंघ रोल्पालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापाले महासंघको भवन निर्माण कार्यको प्रगति देख्दा धेरै गर्न इच्छा लागे पनि यस वर्ष बजेट अभावले १ लाख ५० हजारमात्रै सहयोग गरेको बताउँदै आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो ।
रोल्पा नगरपालिकाले पत्रकार महासंघको भवन निर्माणका लागि गत आ.व.मा ५ लाख, सडक विस्तारका लागि २ लाख, कार्यालय व्यवस्थापनका लागि शोफा सेट, टेवुल, कुर्सी लगायतको सामान प्रदान गरेको छ । रोल्पा नगरपालिकाले नेपाल पत्रकार महासंघ रोल्पाले सञ्चालन गरेको अभियानलाई अधिकतम सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । विश्वकर्मा भन्नुभयो ः–“ नेपाल पत्रकार महासंघ रोल्पाले सञ्चालन गरेको अभियानलाई सकरात्मक रुपमा सहयोग गर्नुभएकोमा नगरप्रमुख पूर्ण केसी,  उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुनथापा मगर लगायत नगरपालिका र नगर कार्यकापालिकालाई धन्यवाद व्यक्त गर्दछु ।”
नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि हाल पलस्टर तथा रंग रोवनको कार्य भइरहेको समेत अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभएको छ ।

You may also like