एक स्थानीयतहबाट अर्काे स्थानीयतहमा जाने निर्णयले खोला वारी र पारी गर्दा पनि रिफारिस लिएर जान्छन्

मानसिंह विश्वकर्मा
चैत्र २९ गते


रोल्पा लुंग्री गाउँपालिका वडाचौरबासीहरु आजकाल खोला वारी र पारी गर्दा पनि पनि रिफारिस लगेर मात्रै जाने बानीको विकास भईसको छ । कोरोना विरुद्धको लडाई आफैबाट आफैबाट लड्नु पर्ने निष्कर्ष सहित आजकाल एक वडाबाट अर्काे वडामा जादाँ पनि रिफारिस लगेर जाने र गाउँ सिल गर्ने कार्यमा लागेका छन् । नेपाल सरकारको एक स्थानीयतहबाट अर्काे स्थानीयतहमा जाने निर्णय शहरमा भन्दा बढी ग्रामीण इलाकामा प्रभावकारी बन्दै गएको छ । रोल्पा जिल्लामा पनि शहर तथा बजार इलाका भन्दा ग्रामीण इलाकामा प्रभावकारी बन्दै गएपछि ग्रामीण इलाका कोरोना भाइरसको संक्रमण न्यूनिकरणमा सहयोग पुगेको छ ।
लुंग्री गाउँपालिका बडाचौरबासी एउटै गाउँपालिका हो । वडाचौरबासीहरु साविकको गाविस हो । संघीय संरचना विभाजन गर्ने बेलामा साविकको गाविसलाई दुइवटा वडा निर्माण गरेको थियो । वडालाई एक वडाबाट अर्काे वडामा जाने पनि रिफारिस दिएर मात्रै आवत जावत गरेर गाउँलाई कोरोनामुक्त गराई रहेका छन् । आजकाल ति वडाका बासी खोला वारी आफनो वडा भेटिन्ट भने खोला पारी अर्काेका वडा भेटिन्छ । यसलाई राम्ररी पालना गर्नु पर्ने योजनाका साथ आफूहरु नै सक्रीय रहेको एक तुलबहादुर खड्काले बताउनुभयो । यस्तै अन्य स्थानीयतहमा पन ियसलाई निकै सक्रिया साथ अगाडि बढाई रहेको बताएका छन् । रोल्पा जिल्लामा एक स्थानीयतहबाट अर्काे स्थानीयतहमा जानका लागि अनावश्यक रुपमा जान त रोक नै छ । अति आवश्यक भएमा मात्रै अन्तर वडापालिकामा काम भएमा वडाको रिफारिस र अन्तर स्थानीयतह भएमा नगरपालिका तथा गाउँपालिकाको सिरफारिस लिएर मात्रै जान पाउने गरी नियम बसालेका छन् । लुंग्री गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष शिवराम केसीले पहिले साविकको बडाचौर एउटै गा.वि.स भएपनि हाल दुइवटा वडा बनेको बताउँदै अर्काे वडामा खोलामा वारी र पारी जादाँ पनि सिफारिस लिएर मात्रै जाने गरेको बताउनुभयो । त्यसले राम्रो काम गरिरहेको बताउनुभयो । साथै वडा नं. ५ का वडा अध्यक्ष भरत थापाले यो संकटको बेलामा एक वडामा अर्काे जादाँ पनि रिसफारिस लगेर जाने भएपछि कोही पनि बाहिरको मानिस आउन पाउँदैन र गाउँ पुरै सुरक्षित हुने बताउनुभयो ।
यस्तै परिवर्तन गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष भानसिंह बुढामगरले आफ्नो वडा भन्दा अर्काे वडामा जाने कामका लागि पनि रिफारिस लिएर मात्रै जान दिएको बताउनुभयो । यस्तै सुनछहरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष खड्कबहादुर घर्तीमगरले पनि नेपाल सरकारको सबै भन्दा लकडाउन नै प्रभावकारी भएकोले गर्दा अर्काे वडामा जानका लागि पनि निकै राम्ररी फोन वा रिफारिस पद्धतीबाट आवत जावत गराइएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका सदस्य दुटि कुमारी पुनमगरले पनि जिल्लाभरी नै यो कुरा राम्ररी लागु भइरहेको बताउनुभयो ।
रोल्पा जिल्लालाई सुरक्षित र गाउँपालिकालाई कोरोनाविरुद्ध सावित गर्नका लागि सामूहिक प्रयासबाट मात्रै सम्भव छ । त्यसैले गाउँका युवा युवतिहरु लगायतत सरोकारवालाहरुलाई एक हुनुपर्दछ । त्यसैले गाउँलाई सुरक्षित बनाउनकालागि सबै लाग्नै पर्दछ ।

You may also like