जुनियर÷युवा रेडक्रस सर्कल तथा शिक्षक नायकको १० औं जिल्ला गोष्ठीबाट १५ वुदे घोषणा पत्र जारी

जुनियर÷युवा रेडक्रस सर्कल तथा शिक्षक नायकको १० औं जिल्ला गोष्ठीबाट १५ वुदे घोषणा पत्र जारी

चैत्र २८ गते

लिबाङ–रोल्पा

‘म सेवा गर्छ’ भन्ने मुल नारा सहित नेपाल रेडक्रस सोसाइटी जुनियर÷युवा रेडक्रस सर्कल तथा शिक्षक नायकको १० औं जिल्ला गोष्ठी जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.ले रेडक्रस सोसाइटीले मानवीय र प्राकृतिक विपद्को उद्वार तथा राहत उपलब्ध कार्यमा नेपाल रेडक्रस सोसाइटीसँग सम्बन्धित जुनियर÷युवा रेडक्रस सर्कल तथा शिक्षक नायकले महत्वपूर्ण भूमिका विगतदेखि निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा सम्भावित मानवीय र प्राकृतिक विपद्को समयमा उद्वार तथा राह संकलन तथा वितरणमा जुनियर÷युवा रेडक्रस सर्कलले सशक्त भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जुनियर÷युवा रेडक्रस सर्कलमा आवद्व सदस्यहरुलाई शिक्षा हासिलसँगै मानवीय तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । हिउँदको मौसममा डढेलोको उच्च जोखिम बढेकाले न्यूनिकरण कार्य योजना तय गरेर प्रभावकारी कार्यन्वयन गर्नुपर्ने उहाँले जोड दिनुभयो । उहाँले रोल्पा नगरपालिकामा विपद् व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा, उप शाखा लिबाङ, जुनियर÷युवा रेडक्रस सर्कलसँग सहकार्य समन्वय गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी सुचित्रा राई, जलजला बहुमुखी क्याम्पस प्रतिनिधि कृष्ण प्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला शाखाको निवर्तमान सभापति नौलसिंह पुन, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष नवीन रोका मगर लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is r1.jpg

जिल्ला स्तरिय जुनियर रेडक्रस सर्कल गोष्ठीमा विभिन्न गतिविधिहरु, कार्ययोजना, प्रस्तावहरुमा छलफलबाट १५ वुदे घोषना पत्रजारी भएको छ, जिल्ला स्थित शैक्षिक संस्थाहरुमा पूर्ण सरसफाइका गतिविधिहरु संचालनमा तीव्रता दिने, विद्यालय क्षेत्रलाई जङ्क फुड प्रयोग मुक्त क्षेत्र बनाउने, लैंङ्गिक मैत्री, अपाङ्गता मैत्री खानेपानीको धारा, शौचालय निर्माण तथा उचित प्रयोग गर्ने गराउने, विद्यालयमा रेडक्रस अभियानका क्रियाकलापहरु तथा गतिविधिहरुलाई नियमितता दिने, जिल्ला स्तरीय जुनियर रेडक्रस सर्कल गोष्ठीबाट तर्जुमा गरिएका कार्य योजनाको आ–आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने, सक्रिय सहभागी विद्यालयहरुले आफ्नो नजिकैमा रहेका छिमेकी विद्यालयहरुमा जुनियर रेडक्रस सर्कल गठन तथा पुर्न गठनका लागि सहयोग गर्ने गराउने, विद्यालयहरुमा सञ्चालन गरिएका जुनियर युवा रेडक्रस गतिविधिहरुको प्रतिवेदन नियमित रुपमा उपशाखा तथा जिल्ला शाखामा पठाउने, बाल विवाह न्युनिकरणका लागि सचेत गर्ने गराउने, कक्षा छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गराउने, पूर्ण भर्ना अभियानलाई सहयोग गर्ने गराउने, पूर्ण सरसफाई उन्मुख अभियानलाई सहयोग गर्ने गराउने, जिल्ला शाखामा जुरेस, युरेस कोषस्थापना गर्नेे, जुनियर रेडक्रस÷युवा रेडक्रसको अनुगमन तथा मुल्यांकन गर्दै जाने, जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठीको सञ्चालन गर्न सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, गोष्ठीमा सहयोग गर्ने सम्पूर्ण संघ सस्थाहरु, महानुभावहरु प्रतिहार्दिक धन्यवाद र आभार प्रदान गर्ने घोषणा पत्र सार्वजनिक गोष्ठीबाट भएको छ ।

साथै जिल्ला स्तरीय गोष्ठीबाट वार्षिक कार्य योजना समेत सार्वजनिक भएको छ । कार्य योजना अनुसार असार मसान्तसम्म सदस्यता वितरणका लागि शिक्षकनायकलाई जिम्मेवारी, साउन १५ गतेसम्म जुनियर रेडक्रस सर्कल÷युवा रेडक्रस सर्कल पुनः गठनका लागि शिक्षक नायकलार्य जिम्मेवारी, नियमित सरसफाई, प्लाष्टिक मुक्त, जङ्क फुड निरुसाहित गरी पोषणयुक्त खाने खुवाउने जिम्मेवारी जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कललाई जिम्मेवारी, नियमित रुपमा विद्यालयसँग सहकार्य गरी विभिन्न प्रतियोगिताहरु आयोजनाका लागि जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कललाई जिम्मेवारी, भाद्र महिनाको मसान्तसम्म विद्यालयमा प्राथमिकत उपचारका लागि सामाग्रीहरु व्यवसथापनका गर्न प्रधानाध्यापकलाई जिम्मेवारी, नियमित रुपमा विद्यालय स्तरमा स्वास्थ्य सम्बन्धित विभिन्न शेसनहरु सञ्चालन गर्ने, दिवस अवसरमा सप्ताहव्यापी मनाउने, असार मसान्तसम्म कक्षा कोठामा फोहोर राख्ने भाडोको व्यवस्था गर्ने, विद्यालय परिसरमा सरसफाई तथा फोहोर व्यवस्थापन खाडल निर्माण, असार, साउन र भाद्रमा विद्यालयमा वृक्ष रोपन तथा करेसाबारी निर्माणका लागि प्रधानाध्यापकलाई जिम्मेवारी, वर्षमा ४ पटक बाल विवाह बारे सचेतना कक्षा सञ्चालनका लागि स्वास्थ्य शिक्षकलाई जिम्मेवारी, महिनामा १ पटक महिनावारी बारे सचेतना कक्षा सञ्चालनका लागि शिक्षकालाई जिम्मेवारी र वर्षमा ४ पटक एच.आइ.भि÷एड्स सचेतना कक्षा सञ्चालनका लागि स्वास्थ्य शिक्षकलाई जिम्मेवारी निर्धारण गर्दै वार्षिक कार्य योजना समेत सार्वजनिक भएको छ । कार्यक्रममा जुनियर रेडक्रस सर्कल÷युवा रेडक्रस सर्कलमा आवद्व ४७ वटा विद्यालयका पदाधिकारीहरु सहित सरोकारवाला निकायहरुको सहभागी थियो । जुनियर रेडक्रस सर्कल समिति रोल्पाको अध्यक्ष प्रवेश प्रसाद बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिको सचिव खिम बहादुर विष्टले गर्नुभएको थियो भने स्वागत नेपाल रेडक्रस सोसाइटी लिबाङ उप शाखा सभापति तेजराज आचार्यले गर्नुभएको थियो ।

You may also like