लोकवार्ताको ९ औँ राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

राेल्पा समाचारदाता
कात्तिक २ गते


लोकवार्ता परिषद्, नेपालको ९ औँ राष्ट्रिय सम्मेलनको सर्वपक्षीय बैठक समन्न भएको छ । रोल्पा जिल्लामा कात्तिक ४ देखि ७ गतेसम्म रोल्पा जिल्लामा हुने भएको छ । त्यस सम्मेलन सम्पन्न शनिबार स्थानीय समितिका संयोजक भिमबहादुर बुढामगरको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकमा लोकवार्ता परिषद् ९ औँ राष्ट्रिय सम्मेलनका केन्द्रीय संयोजक बम कुमारी बुढामगरले रोल्पा जिल्लामा रहेका लोक सँस्कृतिलाई उजागर गर्नका लागि यो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । बुढामगरले लोकवार्ता भनेको रोल्पा जिल्लाका सबै नागरिकका लागि लोक जीवनका अवस्थालाई नेपाल र विश्वमा चिनाउनको लागि आयोजना गरिएको बताउनुभयो ।
शनिबार बसेको लोकवार्ता समितिको बैठककले रोल्पाको लिबाङमा हुने उद्घाटनको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरलाई आमन्त्रण गर्ने, ५ गते परिवर्तन गाउँपालिका पुत्लाचौर जानका लागि जलजला हिमाल यातायाता प्रा.ली.संग ६ वटा जीप र घर्तीगाउँबाट स्वर्गद्वारी सम्मका लागि रोल्पा जलजला यातायात प्रा.ली.संग १ वटा बसको सम्झौता गरिएकोकोलाई अनुमोदन गरिएको छ । नबौँ लोकवार्ता सम्मेलनका परिवर्तन गाउँपालिका कार्यक्रमका लागि सुनिल स्मृति गाउँपालिका वडा नं. वडा नं. ८ का १०३ वािर्षय लली घर्तीमगर, रोल्पा न.पा. ४ गुरुङ गाउँँपालिका ९६ वर्षिय दुर्की घलेलाई सम्मान गर्ने निर्णय गरेको प्रचार प्रचार समितिका संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।
यसैगरी हस्तकला क्षेत्रमा भाङ्ग्रा, कम्मल, उद्योग सञ्चालन गरेका थबाङ गाउँपालिकाका १ का जुम्ल्याहा दिदी बहिनी धनपुरा बुढामगर र जानपुरा बुढामगरलाई संयुक्त रुपमा सम्मान गर्ने निर्णय गरिएको छ । यसैगरी नेपाल मगर संघको अन्तराष्ट्रिय समितिका अध्यक्षमा नविन रोकामगरलाई सम्मान गरिने र कार्यक्रमलाई प्रतक्ष्य प्रशारण गर्नका लागि रोल्पा जिल्लाका सामुदायिक रेडियोहरुलाई अनुरोध गर्ने निर्णय गरेको समेत प्रचार विभाग प्रमुख मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।
यसैगरी स्थानीय संयोजक भिमबहादुर बुढामगरले पत्रचारर, सम्मान तथा कदर पत्रको तयारी, झाँकी व्यवस्थापन लगायत अतिथि वास व्यवस्थापन लगायतको कार्यक्रमका लागि सम्पूर्ण तयारी भई सकेको समेत जानकारी दिनुभयोे । भोली साझ काठमाण्डाँैबाट आउने पाहुनाहरुलाई तुलसी आवसीय माध्यमिक विद्यालयमा समाज सेवी तथा राजनीतिज्ञ कृष्णबहादुर घर्तीमगरले खानाको व्यवस्थान गर्नुभएको छ । यसै बालकल्याण मा.वि., होलिभिजन आवासीय मा.वि. र जलजला क्याम्पसले पनि खाना तथा नास्ताको व्यवस्थापन गरेको छ ।

You may also like