कोरोना विरुद्धका विभिन्न प्रयासका बारेमा जिल्पा व्यापी रुपमा प्रदेश सभा सदस्य दीपेन्द्र पुनसहित सरोकारवाला निकायद्वारा क्वारेन्टाइनको अनुमगन

रोल्पा समाचारदाता
चैत्र २९


प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले कोरोना भाइरस (कोभिड १९) विरुद्धको चालिएको लकडाउन, क्वारेन्टाइनमा रहेका व्यक्तिको अवस्था, जनप्रतिनिधी तथा कर्मचारीहरुको गतिविधि बारेमा रोल्पाका स्थानीयतहमा अनुगमन गर्नुभएको छ ।
सो अनुगमन क्रममा रोल्पा जिल्लाका स्थानीयतहरुले लकडाउनलाई प्रभावकारी बनाएपनि कतिपय स्थानीयतह बाहिरबाट आएका नागरकहरुलाई व्यवस्थित तरिकाले क्वारेनटाइनमा बसाले पनि कतिपय स्थानीयतहहरुले घर घरमै बस्नु भन्दा त्यसले असर पार्न सक्ने बताउनुभो । साथै अनुगमनको क्रममा क्वारेन्टाइनको बसाइ व्यवस्थापनमा कतिपय स्थानीयतहहरुले व्यवस्थापन गर्दा अलि बढी खर्चिलो र कतिपय स्थानीयतह मितव्यायताको नाममा बसको व्यक्तिहरुलाई व्यवस्थापनमा अभाव रहेकोलाई समान ढंगले व्यवस्थापन गर्नका लागि अनरोध गर्नुभयो ।
साथै रोल्पा जिल्ला सामूहिक क्वारेन्टाईनमा बसेका नागरिहरुले अनुशासित पूर्वक सरकारको नीयमलाई पालना गरेकोमा धन्यवाद समेत व्यक्त गर्दै सो व्यवस्थापनका लागि पहल गर्ने सबै स्थानीयतह, सुरक्षाकर्मी र आम नागरिलाई धन्यवाद व्यक्त गर्नुभयो ।


साथै यो संकटको बेलामा सबैले सामना गर्नका लागि सबै जनप्रतिनिधी र कर्मचारीहरुलाई आफ्नो कार्य क्षेत्रमै खत्न र खटाउनको लागि सम्पूर्ण स्थानीयतहलाई निर्देशन गर्नु भएको थियो ।
सागै उहाँले राहत वितरण प्रणाली र राहतकोषलाई एकद्वार प्रणाली बनाउन र प्रतिषप्रर्धामा हाइन राज्यको नीतिलाई एकरुपतामा अगाडि बढाउनको लाग अनुरोध गर्नुभएको थियो ।


चैत्र २७ अनुगमनमा परिवर्तन गाउँपलिकाको ओबाङ, इरिबाङको नाफेमा १३, माडी ६ कोर्चाबाङमा ४६ जना, रोल्पा नगरपालिका वडा नं. ५ दिगामा ९ जना रुन्टीगढी गाउँपालिकाको होलेरीमा १२ जना, मसिना स्वास्थ्य चौकीमा २ जना रहेका थिए । तिनै स्थानमा अनुशासित पूर्वक नै बनेर बसेको बताउनुभयो । सो
यसैगरी प्रदेशसभा सदस्य २८ गते गरिएको अनुमगनमा दीपेन्द्र पुन नेतृत्वको सुनछहरी गाउँपालिका–४ नं. वडा स्यूरीको झिन्जामा १३ जना र लुङ््ग्री गाउँपालिका– वडा नं. ४ वडाचौर ९ जना, लुंग्री गाउँपालिका ५ गोठेचौर १४ जना र लुंग्री गा.पा. ५ जना रहेका निर्माण भएका क्वारेन्टाइनको अनुगमन गरेको छ । आगामी दिनमा पनि घर फर्किएकाहरुलाई यसरी क्वारेन्टाइनमा राख्नुपर्ने अनुगमन टोलीको निस्कर्ष छ ।
अनुगमनको क्रममा प्रदेश सभासदस्य पुनले भन्नुभयो, ‘अम्रेका, इस्पेन र इटाली लगायत पश्चिमा मुलुकहरुले कोरोना भाइरसबाट बच्न समयमा नै सजक नबन्दा अहिले ति मुलुकहरुमा महामारीको रुप लिएको छ । यहाँ पनि समयमा नै सजक्ता नअपाउने हो भने ति पश्चिमा मुलूकहरुको जस्तै भयावहको अवस्था सिर्जना हुने कुरा निश्चित छ । तर हामी सबै समयमा यस भाइरसबाट बच्न सजक्ताको चरणमा छौं । यो सजक्ता अन्तिम चरणसम्म अपनाउन आवश्यक छ ।’ ‘यो समयमा विभिन्न ठाउँबाट घर फर्किएहरुलाई गाउँपालिकाको पहलमा क्वारेन्टाइनमा राख्ने व्यवस्था आफैमा सहरानीय पक्ष हो । यस भाइरसबाट बच्नका लागि गाउँपालिकाकाको वडाहरुले निर्माण गरेका क्वारेन्टाइन व्यवस्थापकीय पक्ष राम्रो छ । यहाँको सन्दर्भमा आगामी दिनमा पनि घर फर्किएकालाई यसरी नै क्वारेन्टाइनमा राखिएमा कोरोना भाइरसबाट बच्न सकिन्छ । परम्परागत धार्मिकता कुरामा विश्वास गर्नुभन्दा पनि विश्व स्वास्थ्य संगठनले तय गरेको उत्तम उपायहरुसँग संघीय सरकारले तय गरेका उचित उपायहरुलाई दैनिक जीवनमा लागू गर्नुपर्छ,’


उहाँले भन्नुभयो । लक डाउनको सुरु–सुरुमा घर फर्किएकालाई क्वारेन्टाइनमा बस्न नचाहँदा गाउँपालिका र वडा कार्यालयका जनप्रतिनधि सहित अन्य सरोकारवाला निकायहरुलाई कठीन भएको थियो । तर, सबैले क्वारेन्टाइनमा बस्नुको महत्वसँगै बसाई व्यवथापन गाउँपालिका र वडा कार्यालयले गर्दा ति व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न सहज भएको उहाँले बताउनुभयो । ति क्वारेन्टाइनमा राखिएका गाउँपालिकाबासीहरुको स्वास्थ्य अवस्था सामान्य भएको अनुगमन टोलीको सदस्य एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार यि क्वारेन्टाइनको उचित व्यवस्थापनसँग आवासको व्यवस्थापन समेत उपयुक्त भएको बताउनुभयो ।
अनुगमनको क्रममा यस टोलीमा जिल्ला समन्वय समियतका सदस्य दुतीकुमारी पुनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा रहनुभएको थियो । यसैगरी सुनछहरी गाउँलिका–४ नं. वडा अध्यक्ष खडकबहादुर घर्तीमगर, लुङ्ग्री गाउँपालिका–७ नं. वडा अध्यक्ष कर्णबहादुर रोका र सोही गाउँपालिका–४ नं. वडा अध्यक्ष शिवप्रसाद के.सी र यस गाउँपालिकाको कार्यापालिका सदस्य टेकबहादुर बि.क.को सहभागिता थियो ।
स्थानीयतहको अनुगमनमा परिवर्तन गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष हितकुमारी रोकामगर, वडा अध्यक्ष भानसिंह बुढामगर, माडी गाउँपालिकामा गाउँपालिका अध्यक्ष नन्दबहादुर बुढामगर, नेकपा माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगर, माडी ५ का वडा अध्यक्ष भरतबहादुर बुढामगर, माडी ५ का वडा अध्यक्ष खर्कबहादुर पुनमगर स्वास्थ्य विभाग प्रमुख इश्वरी गौतम, रुन्टीगढी गाउँपालिका गाउँपालिका अध्यक्ष बालाराम बुढामगर, स्वास्थ्य संयोजक गणेश पुनमगर, वडा अध्यक्ष एवं सञ्चारकर्मीसँग, सुनिलस्मृति गाउँपाकिलमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत केशव पार्धे, स्वास्थ्य सहसंयोजक सावित्रा थापा, नेकपा गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी, लुंग्री गाउँपालिकामा नेकपाका नेता तुलाराम खड्का, नेकपाका गाउँपालिका अध्यक्ष पर्शुराम घर्तीमगर लगायतसँग पनि कोरोनाको विरुद्धको अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको अनुगमन टोलीमा सहभागी रोल्पा समचारका सम्पादक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।

You may also like