गाउँपालिका अध्यक्ष विरबहादुर अपहरण मुक्त

मानसिंह बिक
२०७४ साल भाद्र ३१

थबाङ गाउँपालिका अध्यक्ष विरबहादुर घर्तीमगर (वियोग) अपहरणमुक्त भएका छन् । २९ गते राती करिव ११ बजेतिर थबाङकै कोइजाबाङबाट अपहरण परेका बीरबहादुर घर्तीमगरमगरलाई ३१ रोल्पा नगरपालिका वडा नं. १० वाट धबाङको भनभनेबाट साँझ ६ः३० बजे मुक्त गरेका हुन् ।
पत्रकारहरुको रोवहरमा करिव ६ः३० बजे विना शर्त रिहाई गरेको अपहरित विरबहादुर घर्तीमगरले बताउनुभयो । उहाँलाई थबाङबाट धबाङसम्म करिव ३ दिनपछि मुक्त गरेका हुन् । हाल जिल्ला प्रहरी कार्यालय रोल्पामा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र हमालको पहलमा आवश्यक स्वास्थ्य परिक्षण गरेर रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीलाई जिम्मा लगाइ दिनुभएको छ । भोली विहान अझै घर्तीसँग आवश्यक जानकारी लिने र परिवारलाई बुझाउने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले भन्नुभयो ।
थबाङ प्रथम गाउँसभाको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने कार्यक्रमलाई विथोल्नका लागि अपहरण गरिएको प्रहरी श्रोतले बताएको थियो । सुरक्षा श्रोतका अनुसार अपहण नेकपाले नै गरेको हुन सक्ने अनुमान गरेको थियो । जस अनुसार थबाङबाट आफूहरुले नियन्त्रणमा लिएको नेकपाले ३० गते एक वक्तव्य जारी गरेर जानकारी दिएको थियो । गाउँपालिकाको अध्यक्षको अनुस्थितिमा समेत पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा गाउँसभा सम्पनन भएको छ ।

You may also like