अन्तरार्ष्ट्रिय रोल्पाली सेवा समाजद्वारा रोल्पा अस्पताल रेउघाको ‘कोरोना भाइरस कोष’ मा रु ५० हजार सहयोग

२६ चैत्र, लिबाङ–रोल्पा


रोल्पा अस्पताल रेउघा रोल्पाले स्थापना गरेको ‘कोरोना भाइरस कोष’मा अन्तरार्ष्ट्रिय रोल्पाली सेवा समाजले रु ५० हजार रकम सहयोगको निर्णय मंगल गरेको समाजक अध्यक्ष सन्दीप थापाले बताउनुभयो । यस समाजको निर्णयले आर्थिक विपन्नहरुको उपचार सहित अन्य कार्यमा थप सहयोग पुग्ने भएको छ ।
यस समाजका अध्यक्ष सन्दिप थापाले भन्नुभयो,‘कोरोना भाइरस विश्वभरि महामारी रुपमा फैलिएको अवस्थामा यस जिल्लामा पनि यस भाइरसको सम्भावित समस्यालाई मध्यनजर गर्दै अन्तरार्ष्ट्रिय रोल्पाली सेवा समाजले रोल्पा अस्पताल रेउघा रोल्पाको कोरोना भाइसर कोषमा रु ५० हजार रकम सहयोग गर्ने निर्णय गरेको हो । आर्थिक विपन्न सम्भावित व्यक्तिहरु यस भाइरसबाट संक्रमित भएमा ति व्यक्तिहरुको उपचारमा यस रकमले थप सहयोग पुग्ने समाजले विश्वास व्यक्त गर्दछ ।

यो रकम ति सम्भावित व्यक्तिहरुको उपचारमा पूर्णता नहुन सक्छ । तर, एकले थुपी थोपा, सय थोपी नदी भने झै यसरी नै विभिन्न सहयोगी निकायहरुको आर्थिक सहयोगबाट नै यो कोष लाखौं पु¥यौं भने पक्कै पनि सम्भावित विपन्न संक्रमित व्यक्तिको उपचार र थप आवश्यक आर्थिक व्यवस्थापनको पहिलो आधार हो ।’ रोजगारीको शिलसिलामा विभिन्न वैदेशिक भूमिमा रहनुभएका यस जिल्लाबासीहरुले व्यक्तगत खर्च कटौटी गरी समाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । आज उहाँको सक्रिय भूमिकाबाट नै यस समाजले पनि समाजिक सेवामा जिम्मेवारी भूमिका निर्वाह गर्दै आएको छ । विशेष गरी सेवा समाज रोल्पालीबासीहरुको दुःख सुखमा साथ दिँदै आएको एक सामाजिक समाज भएको उहाँले बताउनुभयो ।
साथै उहाँद्वारा हस्ताक्षर विज्ञप्ती मार्फत विपद्को यस समयकमा रोल्पा जिल्ला अस्पताल रेउघाले कोरोना राहत कोष स्थापना गरिसकेको हुँदा हाम्रो अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले नगद रु, ५० हजार रकम कोषमा जम्मा गर्ने समाजले निर्णय सार्वजनिक गरेको छ । समाजले संसारभर महामरीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध समाना गर्न सबै सम्वेदनशिलका लागि यस जिल्लाबसीहरुलाई हार्दिक अनुरोध समेत समाजले गरेको छ । रोजगारीको शिलसिलामा वैदेशिक भूमिका पुगेका यस जिल्लाबासीहरुको अवस्था बुझेर आवश्यक सहयोग गर्दै आएको समेत अध्यक्ष थापाले बताउनुभयो । संघीय सरकारले यस भाइरसको संक्रमित नियन्त्रणका लागि दोस्रो चरणको लक डाउनको म्याद थप गरेको छ । यस समयवधिलाई विशेष कार्यन्वयन गरी व्यक्तिगत आनीबानी र सरफाइमा समेत पु¥याउन जिल्लाबासीहरुलाई उहाँले अनुरोध गर्नुभयो । यि कुराहरुमा विशेष ध्यान पु¥यौ भने पक्कै पनि यस भाइरसबाट बच्न धारणा व्यक्त गर्नुभयो । रोल्पा अस्पताल रेउघा रोल्पाद्वारा स्थापना कोरोना भाइरस कोषमा रकम जम्मा गर्ने निकायहरु बढिरहेका छन् ।

You may also like