कार्यालयबाट सार्वजनिक हुने सबै सूचनाहरु सहज उपलब्ध हुन्छः नव आगन्तुक प्र.जि.अ. नरेन्द्र कुमार रानामगर

कार्यालयबाट सार्वजनिक हुने सबै सूचनाहरु सहज उपलब्ध हुन्छः नव आगन्तुक प्र.जि.अ. नरेन्द्र कुमार रानामगर
जेष्ठ, २७ गते
लिबाङ–रोल्पा


नव आगुन्तक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले आज रोल्पामा सक्रिय पत्रकारसँगको भेटघाटमा कार्यालयको सार्वजनिक गर्न मिल्ने सबै सूचनाहरु पत्रकारहरुलाई सहज उलब्ध बनाउने बताउनुभयो ।
‘यस जिल्लामा नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कार्यालयसँग नीति तथा विधि छ । तर, प्रयाप्त स्रोत साधनको अभावले केही जटिल्ता उत्पन्न भएका छन् । ति जटिल्तालाई सामना गर्दै जलजाला बहुमुखी क्याम्पसमा ५० वेडको आइसुलेसनको तयारी अगाडि बढाएका छौं । अहिले यस क्याम्पसमा २० वेडको आइसुलेसनको तयारी पूरा भएको छ’ उहाँले पत्रकार भेटघाटमा भन्नुभयो,‘ यहाँ घर फर्किनेहरुको संख्या, क्वारेन्टाइन र आइसुलेसनमा बस्नेको न्यून संख्या भइएको हुँदा व्यवस्थापनमा सहज भएको छ । तर, यो संख्या दैनिक वृद्धि भइरहेको हुँदा अन्तिममा होम क्वारेन्टाइन र आइसुलेसन र नागरिक परीचालनको अवधारणा लागू हुन सक्छ ।’
त्यसैगरी उहाँले विकास तुलनात्मक रुपमा अहिले विकास भएको बताउनुभयो । भ्रष्टाचार तल्लो तहमा पुगेको हुँदा शून्य सहिताका लागि प्रमाण सहित खबरमा आएमा कानुनि दायरामा ल्याउने प्रतिवद्वता समेत प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले व्यक्त गर्नुभयो । जिल्लाका सञ्चारकर्मीहरुसँग नियमित सहकार्य समन्वयमा शान्ति सुरक्षा कायम गर्नुपर्ने उहाँले पत्रकार भेटघाटमा आवश्यकता औल्याउनुभयो ।

भेछटघाटमा पत्रकारहरुले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई स्वागत सहित उहाँको रोल्पा बसाईको सफल्ताको शुभकामना समेत व्यक्त गरेका थिए । उक्त पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, सोही अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, वर्तमान उपाध्यक्ष देवी कुमारी गुरुङ, नेपाल टेलिभिजन रोल्पाको सम्वाददाता माधव कुमार वली, नयाँ पत्रिका दैनिको रोल्पा सम्वाददाता नविन लोचन मगर, नागरिक पत्रिका दैनिक रोल्पाको सम्वाददाता दिनेश सुवेदी, जुनकीरी राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशक÷सम्पादक कविता उपाध्याय, हिमालय टेलिभिजन रोल्पा सम्वाददाता मिनराज रोका सहितका पत्रकाहरुको सहभागिता थियो ।

You may also like