सुनिल स्मृति गाउँपालिकामा विरामीको घरमै डाक्टर पुगी स्वास्थ्य परीक्षण

२६ चैत्र, सुलिचौर–रोल्पा


सुनिल स्मृति गाउँपालिका सुलिचौर रोल्पाले विरामीको घरमै पुगी उपचार गरिरहेको छ । यस सेवाले विरामीलाई स्वास्थ्य संस्थासम्म पुग्नु पर्ने अवस्था छैन ।
यस गाउँपालिका–६ नं. वडा कपानी पोखरामा बाग्लुङबाट आएका केहीक व्यक्तिहरुमा ज्वरो आउने, रुघा लाग्ने जस्ता समस्या देखिएपछि वडा नं. ६ का वडा अध्यक्ष अर्जुन सुवेदीले गाउँपालिका अध्यक्षलाई जानकारी गराए पश्चात् डाक्टर सहितको टोलि लिएर अध्यक्ष उक्त ठाउँ पुगि विरामीको उपचार गराउनुभएको हो ।
विरामीको उपचारमा संलग्न डाक्टर प्रकृति भट्टराईद्वारा स्वास्थ्य परीक्षणपछि मौसमी रुघाखोकी, ज्वरो भएको र कोरोनाको लक्षण नभएको जानकारी गराउनुभएको छ । अध्यक्ष घर्तीले बाहिरबाट आएका क व्यक्तिहरुसँग छलफल गर्दै कोरोनासँग आफुपनि बचौँ र अरुलाई पनि बचाउ भन्ने धारणा सबैमा अनिवार्य हुनुपर्ने बताउनुभयो । आगामी दिनहरुमा पनि यस्तै समस्या देखिएमा तत्काल गाउँपालिकाबाट आवश्यक सेवा उपलब्ध गराउने समेत जानकारी गराउनुभएको छ । यसभन्दा अगाडि अध्यक्ष घर्तीको निर्देशनमा वडा नं. १ घोडागाउँमा पनि डाक्टर सहितको सेवा उपलब्ध गराउनुभएको थियो, आवश्यकता अनुसार सवै वस्तीहरुमा डाक्टर पु¥याउने अध्यक्ष घर्तीले जानकारी गराउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

You may also like