२५ प्रतिशत काम भएको धाङ्सीखोला पुल मुख्यन्त्री पोख्रेलद्वारा सिलन्याश

२५ प्रतिशत काम भएको धाङ्सीखोला पुल मुख्यन्त्री पोख्रेलद्वारा सिलन्याश
मानसिंह विश्वकर्मा
माघ १७


This image has an empty alt attribute; its file name is sangkar-4-1024x768.jpg

लुम्बीनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले विकास निर्माणलाई राजनीतिक दलहरुले ध्यान नदिदाँ फेरी क्रान्ति हुने कुरा बताउँदै विकास निर्माणलाई तिव्रतामा सबैले चासो पूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले यस्तो कुरा सदरमुकाम लिबाङ र ह्वामा बीचमा पर्ने धाङ्सी खोला पुल निर्माण भइरहेको बेलामा शिलन्यास गर्ने कार्यक्रममा बताउनुभएको हो । सो पुल निर्माणका कार्य तिव्र रुपमा भइरहेको कुरामा आफूलाई जानकारी भएपनि आफ्नो समय नमिलेका कारणले शिलन्यासमा ढिलाई भएको बताउँदै भन्नुभयोः–“हामीले यो पुल शिलन्यास पहिलै नै गर्नुपर्ने हो, तर हाम्रो समय मिलेन, प्रदेश सरकारबाट गरिने ठूलो आयोजनाको अनिवार्य शिलन्यास गर्नुपर्ने नियम छ, जसले सबै सरोकारवालालाई जानकारी दिन्छ त्यसैले समय ढिलै भएपनि शिलन्यास गरेका हो, यो निर्धारित समयमित्र निर्माण हुनेछ ।”
उहाँले प्रदेश सरकारले रोल्पाको सुलिचौरदेखि थबाङसम्मको बाटो, रोल्पाको दक्षिणी भागबाट जिवराज आश्रित–कृष्णसेन मार्ग, मदन भण्डारी लोकमार्ग, शहीदमार्ग लगायतलाई प्राथमिकताका साथ हेरेको समेत बताउनुभयो ।

मुख्य मन्त्री शंकर पोख्रेलले राज्यबाट सधै विद्रोही मानसिकताले पनि गर्दा जिल्लाको विकासमा पछि पर्ने बताउँदै राज्यले गरेका काममा रोल्पाली जनताको साथ हुनु पर्ने बताउनुभयो ।
औपचारिक मञ्चमै शुरुमा हुनु पर्ने शिलन्यास हाल निर्माण कार्यको बेलामा नै किन गरिएको भन्ने कुरा उठेपछि उहाँले धेरै कुरा बोल्नका लागि इच्छुक नभएका मुख्य मन्त्रीले विगतमा संघीय सरकारले गर्न नसकेको विकासमा प्रदेशबाट मुख्यमन्त्री ग्रामीण रोजगार कार्यक्रमबाट धेरै मानिस लाभाविन्त हुने भएकाले त्यसलाई पनि यस वर्षबाट नगरपालिकालाई पनि सम्बोधन हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
रोल्पा जिल्लामा आज विहान मुख्य मन्त्री लिबाङ आउने कार्यक्रम रहेको छ भने शुक्रबार साझ नै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार प्रदेशबासीको हितमा काम गरि रहेको बताउँदै खानेपानी, शिक्षालाई व्यवस्थित गर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको हरेक योजनालाई ध्यान दिएर काम गर्ने बताउँदै रोल्पालीका हरेक योजनामा प्रदेश सरकार हातेमालो गरिरहेको बताउनुभयो ।

कार्यक्रममा निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले शिलान्यास शुरुमै हुनपर्ने भन्दै समय सन्दर्भ नमिलेपनि पुल निर्माणले छिटो हुनेमा आफू आशावादी रहेको बताउनुयो । उहाँले निर्माण व्यवसायीहरुलाई जहिले पनि राज्यले नकरात्म ढंगबाट मात्रै ग्रहण गरेको बताउँदै राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था पनि गर्नुपर्ने बताउनुभयो । साथै लिबाङ जलजला जाने बाटो पनि राम्रोसंग काम नभएकाले ध्यान दिनका लागि अनुरोध गर्नुभयो । मन्त्री चौधरीले राम्रो काम गर्नेहरुलाई प्रदेश सरकारबाट नै पदकबाट सम्मानित गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विगठित प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, लुम्बिनी प्रदेशसभा सदस्य सरस्वती गौतम, संविधानसभा सदस्य रिमा नेपाली, त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगर, लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का लगायतको आतिथ्यता थियो ।
सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक÷राज जेवीको बीचमा २०७७ साल असोज २५ गते सम्झौता भएको थियो । एसियाटिक÷राज जेवीले मंसिरको ७ गतेदेखि काम शुरुवागत गरेको सातादेखि काम शुरुवात गरी हालसम्म काम भइरहेको बताउनुभयो । रोल्पाको सदरमुकाम लिबाङ र रोल्पा नगरपालिका वडा नं. ९ ह्वामालाई बाहै्र महिना सडक सञ्जालमा जोड्नका लागि उक्त धाङ्सीखोलाको सामरिक महत्वको पुल निर्माणको गर्न लागिएको हो ।

This image has an empty alt attribute; its file name is sankar-1-1024x473.jpg

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख नविनकुमार श्रेष्ठले ६० मिटर लामो पुल निर्माणकार्य तिव्र रुपमा भइरहेको बताउनुभयो । २ वर्षमा पुल निर्माण हुने सम्झौता भएपनि समयभित्र नै निर्माण गरि सक्ने गरी काम अगाडि बढाएकोले आफूहरुलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले कार्यालयले पटक पटक समय मिलाउने भन्दा पनि अतिथिहरुको समय अनुकुल नभएकोले गर्दा नै समय शिलान्यास ढिलाई भएको बताउनुभयो ।
सो पुल निर्माण कम्पनी एसिया टिक÷राज जेवीका राजवीर घर्तीले करिव २५ प्रतिशत काम सम्पन्नसँगै भुक्तानी लिएको बताउनुभयो । उहाँले भन्नुभयोः–“कार्यालयलेसँग भ्याट सहित ५ करोड ६१ लाखको सम्झौता भएको हो, हामीले १ करोड २३ लाख र सोको भ्याट १५ लाख ९९ हजार भुक्तानी लिएका छौँ, त्यसलाई आधार मान्ने हो भने करिव २५ प्रतिशत काम भइसकेको छ । अरु विल बनाउँदैछौँ” । समयभित्र जसरी पनि पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्माण कम्पनीसँग २ वर्षमा निर्माण गरि सक्ने भनिएपनि निर्माण कम्पनीका राजवीर घर्तीमगरका अनुसार १८ अबको करिव १ वर्षमा निर्माण कार्य सकिने बताउनुभयो । करिव २५ प्रतिशत काम भइसकेको पुलको अब उद्घाटन गर्ने बेलामा शिलन्यास हुँदा स्थानीय तथा सरोकारवालाहरु आश्चार्य चकित बनेका छन् । जे भए पनि निर्माण कार्य छिटो हुनेमा सेवाग्रहीहरु आशावादी रहेका छन् ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख पूर्ण के.सी.ले गर्नुभएको कार्यक्रमको सञ्चालन राजेश रेग्मीले गर्नुभएको थियो ।

You may also like