सबैक्षेत्रमा स्मार्ट बन्नुपर्नेमा प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरको अपिल


रोल्पा समाचारदाता
असोज २८ गते


लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले सबै क्षेत्रमा स्मार्ट बन्नुपर्ने वर्तमानको आवश्यकता रहेको बताउँदै त्यसका लागि आफैले अधिकमत प्रयास गर्नु पर्ने बताउनुभयो ।
यस्तो विचार उहाँले पूर्व विद्यार्थी मञ्च श्री शिद्ध कैलास मा.वि.मिसीडाँडाँ कोर्चाबाङ रोल्पाको पूर्व विद्यार्थी मञ्च रोल्पाको अभिवावक सचेतना अभियानको उद्घाटन गर्दै बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले वर्तमानमा समयमा राजनीति, सामाजिक, शैक्षिक, आर्थिक, विज्ञान प्रविधिको क्षेत्रमा स्मार्ट बन्न जरुरी रहेको बताउनुभयो । यदी आज सबै क्षेत्रमा स्मार्ट नहुदाँ देश र स्वयम हामीले समस्या भोगिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयोः-“हामी हरेक कुरामा स्मार्ट हुन जरुरी छ, हामी स्मार्ट भएनौ भने हामी आफ्नो जीवन र देशको भविस्यलाई समृद्धी तर्फ लग्न सक्दैछौँ, स्मार्ट बन्नका लागि राज्य त लागेकै छ हामी आफैले गर्न आवश्यक छ ।”


कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका दीपेनद्र कुमार पुनमगरले सबै क्षेत्रको विकासका अधार भनेको शिक्षा नै भएको बताउँदै शिक्षालाई सबैको सहकार्यमा विकास र गुणस्तरीय शिक्षा प्रदानका लागि लाग्नु पर्ने बनुभयो । उहाँले विगतदेखि नै वडाको शैक्षिक सुधारका लागि प्रयास गरिरहेको बताउँदै त्यसका लागि आगामी दिनमा समेत पहल गर्ने प्रविबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा माडी ६ कोर्चाबाङका वडा अध्यक्ष खर्कबहादुर पुनमगरले वडाको शैक्षिक सुधारका लागि आफूहरु निरन्तर लागि रहेको बताउँदै त्यसका लागि राजनीतिकदल, शिक्षक, अभिभावक विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरुले ठूलो भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय मर्जरको विषय वडा कार्यालयको पहलमा योजना अगाडि सारेको बताउँदै त्यसका लागि सबैले सहयोग गर्न अपिल गर्नुभयो ।
यस्तै कार्यक्रममा नेकपा (एमाले) का लुम्बिनी प्रदेश सदस्य प्रेम घर्तीमगरले कोर्चाबाङका शैक्षिक अवस्था सुधारका लागि राजनीतिक दलहरु एकै स्थानमा भएर पहल गरिएको त्यसमा आमा शिक्षाप्रेमीहरुले साथ दिनका लागि अनुरोध गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं पूर्व विद्यार्थी मञ्चका संरक्षक सामाजिक अभियान्ता खेमबहादुर बुढामगरले शैक्षिक अवस्था सुधारर्नका लागि अभिभावक नै सक्रिय हुनुपर्ने बताउँदै बालबालिकाको भविस्य निर्माणका लागि लाग्नु पर्ने बताउनुभयो ।
यस्तै पत्रकार महासंघ रोल्पाका पूर्व निर्तमान अध्यक्ष पूर्व विद्यार्थी मञ्चका सल्लाहकार संयोजक तथा सामाजिक अभियान्ता मानसिंह विश्वकर्माले शैक्षिक अवस्था सुधारर्नका लागि पहिलो कुरा सबैमा इच्छाशक्ति आवश्यक रहेको बताउँदै चेतना निर्माण भएमा सबै कुरा सम्भव हुने बताउनुभयो ।
यस्तै पूर्व विद्यार्थी मञ्चका सल्लाहकार एवं पद्मोदय क्याम्पसका विज्ञान विषयका प्राध्यापक महाविर रानाले शैक्षिक सुधारका लागि प्र.अ. र विद्यालय व्यवस्थापन समितिले धेरै भुमीका रहेको बताउनुभयो ।
नेपाल शिक्षक महासंघ माडी गाउँपालिकाका अध्यक्ष लोकचन्द्र घर्तीमगरले शिक्षाको सुधारले समाजको सबै कुरामा सुधार हुने बताउनुभो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनधी, समाजसेवी, विद्यालय व्यवस्थापन समतितका अध्यक्ष, पूर्व विद्यार्थी मञ्चका पदाधीकारी, शिक्षक, अभिभावक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
पूर्व विद्यार्थी मञ्चका अध्यक्ष नन्दकिशोर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अफिम घर्तीमगरले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष दलविर घर्तीमगरले गर्नुभएको थियो । कार्यक्रममा नृत्य प्रतियोगिता, लेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतको प्रतितियोगिताहरु समेत राखिएको छ ।

You may also like