भाइरसको संकटमा रोल्पा नगरपालिका कार्यपालिकाको १२ औं आकस्मिक बैठक

१६ गते, चैत्र
लिबाङ–रोल्पा


रोल्पा नगरकार्यपालिकाको १२ औं आकस्मिक बैठक आज लिबाङमा सम्पन्न भएको छ । बैठकले विभिन्न जनहितका लागि निर्णयहरु पारित भएका छन् ।
विश्वमा महामारीकौ रुप लिएको कोरोना भाइरसको नियन्त्रणका लागि नगर कार्यपालिकाले विशेष सावधानी अपनाउने निर्णय सम्पन्न बैठकले पारित भएको हो । जनप्रतिनिधिहरुले सचेतना सन्देश प्रवाह गर्ने, भारत अन्य मुलुकबाट घर फर्किएका व्यक्तिहरुको संख्या संकलन गरि आवश्यक प्रक्रियामा सघाउने, कोरोना भाइरसको सन्त्रास फैलाउनुभन्दा पनि सतर्कता अपनाउनका लागि वडाबासिहरुलाइ अनुरोध गर्ने, सबै स्थानीयवासीहरुले आफ्नो परिवारभन्दा बाहिर कसैसँग पनि हेलमेल नगर्ने, होम क्वारेन्टाइनमा सरकारलाई सघाउने निर्णय पारेत गरेको नगर प्रेस संयोज देवी कुमारी गुरुङले जानकारी दिनुभयो ।

यो बिपदको अवस्थामा आउन सक्ने समस्याको समाधानका लागि रोल्पा नगरपालिकामा बस्ने ज्याला मजदुरी गरि दैनिकि जीविका निर्वाह गर्ने विपन्न परिवारको संख्या संकलन गर्ने र उनिहरुको लागि समयअनुसारको राहतका प्याकेज ल्याउने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । यस भाइरस रोकथामका लागि स्थानीयतहको तर्फबाट आउन सक्ने जोखिम वा विपद व्यवस्थापन कोषमा रहेको बजेट रकमलाई खर्च गर्ने निर्णय गरेको नगर प्रमुख केसीले बताउनु भयो । बैठकमा सहभागी भएका वडाअध्यक्ष तथा कार्यपालिकाका पदाधिकारीहरुले विदेशबाट वा भारतबाट घर फर्किएका आफ्नो वडाबासीहरुको संख्या संकलन गरी नगरपालिकामा बुझाउनु भएका निर्णय बैठकले निर्णय पारित भएको छ । हालसम्म रोल्पा नगरपालिकामा ३९ जना भारत र अन्य मूलुकबाट घर फर्किएका नगरबासीहरुको तथ्यांक संकलन र ति व्यक्तिहरुलाई सचेतना प्रवाह गर्ने कार्य भएको वडा अध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । यसैगरी काठमाडौं र इट्टा भट्टाबाट आएका, म्याग्दी लगायत ज्याला मजदुरी गरेर आएकाहरुलाई पनि सचेतना प्रवाह गरिएको बताइएको छ । सबैलाई होम क्वारेन्टाइनमा बस्न वडाका जनप्रतिनिधिहरुले अनुरोध गरेको बताएका छन् । नगरपालिकाले नगरमा रहेको रोल्पा अस्पताललाई विपद्को समयमा व्यवस्थापन गर्न भन्दै थप पिपिइ सेट, बेडसेटहरु प्रदान गर्ने र सबै स्वास्थ्य संस्थाहरुमा ज्वरो नाप्ने उपकरण प्रदान लगायत स्वास्थ्य संस्थाहरुलाइ सदैव तयारी अवस्थामा रहन िनर्देशन दिने निर्णय गरेको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले संघीय सरकारले ल्याएको होम क्वारेन्टाइनको निर्देशिमा भएका व्यवस्थाहरु प्रस्तुत गर्नुभएको थियो । बैठकमा नगर उप प्रमुख मनकुमारी घर्ती, स्वास्थ्य शाखा प्रमुख टंक गिरि, प्रशासकीय अधिकृत सुशिलकुमार थापा, नगरपालिकाको १० ओटै वडा अध्यक्षहरुको उपस्थिति थियो ।

You may also like