कोरोना विरुद्ध लुंग्री गाउँपालिकालिले अन्तर गाउँपालिकाबाट आएकाहरुलाई पनि अनिवार्य स्वास्थ्य जाँच

रोल्पा साचारदाता
लुंग्री गाउँपालिका वडाचौर
२०७६ चैत्र १५ गते


विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध लुंग्री गाउँपालिकाले विभिन्न सचेतना अभियान अपनाइएको छ । अब सबैभन्दा प्रभावकारी गाउँगाउँमा जनताको घर घरमा जाने र सेचना फैलाउने अनि विदेशबाट व्यक्तिलाई समेत विशेष निगरानी गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले सबै वडामा विदेशबाट आका नागरिकलाई विशेष निगरानी गरिरहेको बताउँदै सबै वडा अध्यक्षको नेतृत्वमा ७ वटामा अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले अन्तर गाउँपालिका तथा जिल्लाबाट आएका नागरिकहरुलाई पनि अनिवार्य स्वास्थ्य चेकजाँच गरिरहेको बताउनुभयो ।

यसैगरी यसबारे स्वास्थ्य संयोजक लेपेन्द्र बुढाथोकीले डेस्कहरू खडा गरि त्यहाँ मास्क, सेनिटाईजर (हेण्ड ७ स्प्रे), साबुन र टिस्यू पेपरको वितरण गरी वडाहरुमा सचेतना अपनाई रहेको बताउनुभयो । अर्थात हाँले वडाहरुमा वडा अध्यक्ष, स्वास्थ्यकर्मी लगायतको संयुक्तको टोली गाउँ गाउँमा गएर सचेतना प्रदान गर्नका लागि अनुुरोध गर्नुभयो । उहाँले वडाहरुका भारत र विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क संकलन गरिरहेको बताउनुभो । यसैगरी लुंग्री ४ का वडा अध्यक्ष शिवराम केसीले आफ्नो वडामा बाहिरबाट आएका सबै नागरिकलाई स्वास्थ्य जाँच गरिरहेको बताउनुभयो । यसैगरी लुंग्री ३ का नेमलाल खड्काले पनि वडामा कडाई गरिरहेको बताउनुभयो ।

You may also like