स्यूरी आज जातीय छुवाछुत एवं बालिघरे खलोप्रथामुक्त घोषणा हुँदै

स्यूरी–रोल्पा
२०७५ असार १६ गते
रोल्पा जिल्लामा जातीय छुवाछुतमुक्त अभियान तीव्र रुपमा चलिरहेको बेलामा रोल्पा जिल्लाका नवौँ वडा घोषणा आज सुनछहरी गाउँपालिका वडा नं. ४ स्यूरी आज घोषणा हुने भएको छ । जिल्ला समन्वय समितिका सदस्य एवं दलित अधिकारकर्मी कर्मलाल परियारले घोषणा गर्नुहुने भएको छ ।
स्यूरीमा करिव २०७१ सालदेखि सो अभियान सञ्चालन गरिएको थियो । सो अभियान अन्तर्गत रोल्पा जिल्लाको विभिन्न वडाहरुमा अभियानहरु सञ्चालन भइरहेको बेलामा रोल्पा जिल्लाको स्यूरीमा पनि अभियान तीव्र रुपमा सञ्चालन भइरहेको थियो । वडा कार्यालयको पहलमा अभियान सञ्चालन भइरहेको थियो । स्यूरीमा विगत ४ वर्षदेखि जातीय विभेद विरुद्धको अभियान सञ्चालन भइरहेका थिए । दलितहरुको क्षमता अभिबृद्धि, दलित र गैर दलित समुदायमा अन्तरक्रिया, सहभोज, दलित समुदायको परम्परागत पेशा व्यवसायिलाई आधुनिकीकरण, बालिघरे खलोप्रथा अन्त्य लगायतको विषयमा अभियान सञ्चालन भएको थियो । कार्यक्रममा वडापालिकाले नै विभिन्न टोलबाट झाँकी प्रर्दशन गर्ने, विभिन्न आमा समूह, क्लव, आमा समूहलाई सहभागिताका लागि अनुरोध गरेको छ ।
अब सो वडामा गाउँपालिले सबैलाई अनिवार्य सहभागि भइ दिनका लागि समेत अनुरोध गरेको छ । सो वडामा जातीय छुवाछुत गर्नेलाई कानूनी कारवाही भागिदार बनाउने छ । सो वडामा एउटै भान्सा, मन्दिर लगायत सार्वजनिक स्थलमा प्रवेश, बालीघरे खलो प्रथाको अन्त्य लगायतको सबैप्रकारका जातीय विभेद गर्न नपाइने भएको छ । सो कार्यक्रमको लागि सम्पूर्ण तयारी भइसकेको वडा अध्यक्ष खड्कबहादुर घर्तीमगरले जानकारी दिनुभयो । साथै सो कार्यक्रममा अन्य विविध कार्यक्रमको आयोजना समेत गरिएको वडा सचिव लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

You may also like