रोल्पामा अतिथि गृहको उद्घाटन

१४ गते फागुन
लिबाङ–रोल्पा ।


५ नं. प्रदेश सरकार नेपाल आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुल प्रसाद के.सी.ले आज अतिथि गृहको उद्घाटन गर्नुभएको छ । आगुन्तक अतिथिहरुको आवास व्यवस्थापनमा थप सहयोग पुग्ने भएको छ ।

उहाँले अतिथि गृहको उद्घाटन गर्दै भन्नुभयो,‘विशिष्ट व्यक्तिहरुको जिल्ला आगानको समयमा आवासको व्यवस्थापनमा धेरै समस्याहरु छन् । ति समस्याहरुलाई प्रदेश सरकारले अतिथि गृहको अवधारणा लिएको हो । सोही क्रममा आजदेखि पनि यस जिल्लामा अतिथि गृह सञ्चालन भएको छ, जसले विशिष्ट व्यक्तिहरु यस जिल्लामा आगमनको क्रममा आवाज र सुरक्षा व्यवस्थापनमा सहज बन्ने कुरामा म विश्वष्ट छु ।’ ‘यस प्रदेशको सबै जिल्लाहरुमा अतिथि गृहको सञ्चालनको क्रममा पूर्वी रुकुम र यस जिल्लामा सञ्चालन भई सकेको छ । भने प्यूठान जिल्लामा पनि निकट भविष्यमा अतिथि गृह सञ्चालनको तयारी सम्बन्धित जिल्लाले गरेको छ ।

साथै आगामी दिनमा प्रदेश सरकारले विशेष प्राथमिकता दिई वजेटको व्यवस्थापन गर्नेछ,’ उहाँले भन्नुभयो । उहाँले यस गृह सञ्चालन कार्यक्रम एक उदाहरणीय कार्य हो । भने आगामी दिनमा यस गृहलाई थप व्यवस्थापनका लागि जिल्ला समन्वय समितिलाई अनुरोध गर्नुभयो । मन्त्री के.सी.ले यस अतिथि गृहको थप स्तरउन्नतीको निम्ति पुनः वजेटको व्यस्थापनका प्रतिवद्वता व्यक्त गर्नुभयो ।
उक्त भवन निर्माणका लागि नियमित वजेटको व्यवस्था नहुँदा एक तल्ला भवन निर्माण कार्य पूरा भई बाँकी निर्माण कार्य रोकिएको थियो । सोही संरचनामा प्रदेश सरकारको भवन निर्माणका लागि रु १५ लाख र रु १० लाख भौतिक समाग्री निर्माणका लागि गरी रु २५ लाख विनियोजिट गरेको थियो । भवनमा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढाको निवासका लागि ५ ओटा कोठा प्रयोग भएको छ । भने बाँकी ६ ओटा कोठामा अतिथि गृह सञ्चालन भएको छ ।

आगामी दिनमा प्रदेश सरकारबाट जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढाको निवासको व्यवस्था भएको अवस्थामा ११ ओटा कोठा नै अतिथि गृहका लागि सञ्चालन गर्ने तयारी जिल्ला समन्वय समिति रोल्पाले गरेको छ । भवनको नजिकमा रहेको तल्लो फिल्डमा निजी यातातायको सवारीधान पार्किङको व्यवस्था र माथिल्लो फिल्डमा सरकारी कार्यालयको सवारी साधानहरु पार्किङ व्यवस्थाका लागि जिल्ला समन्वय समिति रोल्पाले तयारी अगाडी बढाएको छ । अथिति गृहमा टि.भि, इन्टरनेट, तातो÷चिसो पानी सहित अन्य विभिन्न आवश्यक सेवा सुविधाहरु व्यवस्थापन गरी आगुन्तक अतिथिहरुको बसाई सुखमै बनाउने कार्यक्रमको अतिथि तथा जिल्ला समन्वय समिति रोल्पा प्रमुख राजबहादुर बुढाले बताउनुभयो ।

यस समितिको प्रमुख जिम्मेवारी रहँदासम्म जिल्ला समन्वय समिति रोल्पाको सम्पूर्ण सम्पत्तिहरुको संरक्षण र प्रर्वद्वनमा सक्रिय बन्ने उहाँले प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा पूर्व सभासद तारा घर्ती, सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, सुन्छहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सदस्य हरीप्रसाद घर्ती, नेपाली काँग्रेस रोल्पा जिल्ला उप सभापति किशोर कुमार आचार्य, रोल्पा उद्योग वाणिज्य संघको अध्यक्ष विश्व कुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ कार्यकालको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने सहितका सरोकारवाला निकायहरुको आतिथ्यता थियो । जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्द्रिरा आचार्यले गर्नुभएको थियो । भने स्वागत जिल्ला समन्वय अधिकारी टंकराज गौतमले गर्नुभएको थियो ।

You may also like