जन्मदिनको अबसरमा समाजसेवी डाँगीले सेनीटाइजर वितरण गरी मनाए

रोल्पा समाचारदाता
बैशाख १६ गैरीगाउँ रोल्पा


त्रिबेणी गाँउपालिकामा वडा नं. ७ गैरीगाउँ टिलाका एक युवाले आफ्नो २५ आँै जन्मदिनको अवसरमा कोरोना विरुद्ध लड्नका लागि सेनीटाइजर प्रदान गर्नुभएको छ । त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँ निवासी समाजसेवी दिपक डाँगीले सेनीटाइजर वितरण गरी २५ औँ जन्मत्सव मनाएका हुन् ।
विश्वमा माहामारी फैलिएको बेलामा आफ्नो वडालाई कोरोना विरुद्ध लड्नको निम्ति सहज होस भनी १०० एम एलको २० वटा बोटल सेनीटाइजर हस्तान्तरण गरेको दिपक डाँगीले बताउनुभयो । उहाँले रोल्पा समाचारसँग भन्नुभएको छ ः–‘धेरै नहोला तर सदैब कोरोना विरुद्ध लड्ने शक्ति मिल्नेछ । यहाँहरुको माया साथ सदैब रहोस् । पहिलो पटक यसरी जन्मदिनको अबसर मनाउँदा र सहयोग गर्दा अर्कै महशुस त भएको त पक्कै पनि थियो किन भने हाल सम्म कहिलै पनि यसरी जन्मदिन मनाएको पनि थिएन यस वर्ष कोरोना विरुद्ध लड्नका लागि थोरै भएपछि सहयोग पुगोस भनेको हो ।”


जन्मत्सव कार्यक्रममा त्रिबेनी गाउँपालिका ७ का वडाध्यक्ष भान बहादुर घर्तीमगरले युवाहरुले समाजका लागि सेवा गरेमा समाजको विकास एवं वडालाई कोरोना भाइरससंग लड्नका लागि सहज हुने बताउँदै अन्य युवाहरुले पनि सृजनात्मक काम गर्नका लागि अनुरोध गर्नुभयो । वडाले आवश्यकताका आधारमा वितरण गर्ने वडा अध्यक्षको भनाई छ ।
डिपक डाँगीले जन्मत्सव कार्यक्रममा सृजनात्मकता बनाउन सहयोग गर्नेप्रकाश झाक्री, याम बहादुर बस्नेत लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने आफन्तजन र साथीहरुमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

You may also like