रोल्पा नगरपालिकाले १११ आंै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी

रोल्पा नगरपालिकाले १११ आंै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी
फागुन १८ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is r2-1024x485.jpg


‘महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध आधार भन्ने राष्ट्रिय मुल नाराका साथ रोल्पा नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस रोल्पा नगरपालिकाले नगर उपप्रमुख मन कुमारी घर्तीमगरको संयोजकत्वमा मुल आयोजक समिति आज गठन भएको छ । यहि फागुन २४ गते हुने दिवसका लागि नगर उपप्रमुख घर्तीको संयोजकत्वमा १८ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । समितिले १० वटै वडाहरुमा ¥याली, अन्तक्रिया, विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित दिवस मनाउने निर्णय पारित गरेको छ । समितिका सदस्यहरुको उपस्थितिमा नगरका १० वटै वडामा कार्यक्रम गर्ने गरी जिम्मेवारी निर्धारण समेत भएको छ । सरोकारवालाहरुका प्रमुख प्रतिनिधिको उपस्थितिमा बैठक सम्पन्न भएको छ । नगरको आयोजनामा तथा सरोकारवालाहरुको समन्वयमा कार्यक्रम आयोजना गरी दिवस मनाउने तयारी भएको छ । त्यस्तै, रोल्पा नगरपालिका–४ लिबाङमा पनि महिला अधिकारकर्मी, आमा समूहहरु र सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको छ । बिना मल्लको अध्यक्षतामा २३ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । जस्मा उपाध्यक्ष दिलमाया बि.क, सचिव गीता आचार्य, कोषाध्यक्ष हिरा घले लगायत अन्य सदस्यहरु रहनुभएको छ । वडा अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा बसेको बैठकले निर्णय परिात भएको नगर प्रेस संयोजक देवि कुमारी गुरुङले बताउनुभयो ।

You may also like