नेपाल मगर संघ रोल्पाद्वारा कोरोना भाइरस सम्बन्धि प्रेस विज्ञप्ती जारी

२५ चैत्र, लिबाङ–रोल्पा


नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाद्वारा आज विश्वव्यापी रुपमा महामारी फैलिएको (कोभिड–२०१९) कोरोना भाइरसबाट बच्न र बचाउनका लागि प्रेस विज्ञप्ती जारी गरेको छ । यस भाइरसबाट बच्न र बचाउनका लागि विभिन्न सराेकारवाला नियकाहरू सक्रिय बनेकाे छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष कुमबहादुर पुनमगर र सचिव जोखबहादुर पुनमगरको संयुक्त हस्ताक्षर जारी प्रेस विज्ञप्तीमा मार्फत विश्वव्यापी रुपमा महामारी फैलिएको (कोभिड–२०१९) कोरोनो भाइरसबाट बच्न र बचाउनका लागि संघीय सरकारले लागू गरेको लक डाउनको दोस्रो पकटको म्याद थपको समयवधिलाई अनुसाशितपूर्वक कार्यन्वयनका लागि नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाले नगरपालिका, गाउँपालिका र वडा स्तरीय सम्पूर्ण नेपाल मगर संघ कमिटीहरुलाई आ–आफु रहेका स्थानीयतहसँग समन्वय सहकार्य गरी सक्दो सहयोगका लागि जिल्ला समन्वय समिति रोल्पाले अनुरोध गरेको छ । साथै यस जिल्लाबासीहरुलाई उक्त भाइरसबाट बच्च विश्व स्वास्थ्य संगठनले तोकेको मापडण्द अनिवार्य रुपमा पालना गरी सावधानी रहन समेत प्रेस विज्ञाप्ती मार्फत अनुरोध गरेको छ ।

You may also like