११० औँ नारी दिवसमा रोल्पाका ६ जना डाक्टरहरुलाई सम्मान

रोल्पा समाचारदाता
फागुन २४ रोल्पा


प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले यो खुसी र स्वतन्त्रताको लागि संसारमा धेरै लामो समय संघर्ष भएको बताउँदै ति लामो संघर्षबाट मात्रै वर्तमान संम्भव भएको बताउनुभो । उहाँले नारीहरुले पनि विश्वमा धेरै कृतिमान कायम गरेको कुरा स्मरण गराउँदै नेपालमा पनि महिलाहरुले आयामिक र कृतिमान कायम गरि रहेको बताउनुभयो । नेपालको संविधानले लैङ्गिक विभेदको लागि सकरात्मक भूमिका निर्वाह गरेको बताउनुभयो ।
यस्तो विचार ११० आँै अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सतप्रयास समूह रोल्पाको आयोजनामा नारी जागरण शिक्षा तथा सम्मान कार्यक्रम लिबाङमा बताउनुभएको हो ।


प्रदेशसभा सदस्य पुनमगरले नेपालको संविधानमा देशमा सृजना भएका विशिष्ट पदहरुमा पनि फरक लिंगलाई स्वीकार गरेको बताउँदै भन्नुभयोः–‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख, मेयर, उपमयेर, अध्यक्ष, उपाध्यक्षमा परक लिंग अनिवार्य हुनुपर्ने स्वीकार गरेको छ त्यसैको परिणाम आज सकरात्मक विभेदले राम्रो गरेको छ ।’ आगामी दिनमा अझै पनि राम्रो हुने बताउनुभयो ।
उहाँले असाय बालबालिकालाई संरक्षण गर्ने सुनिलस्मृति गाउँपालिका गजुलका श्यामकुमारी सुवेदीले खेलेको भूमिकाको पं्रससा गर्दै भन्नुभयोः‘अध्यन औपचारिक मात्रै होइन, अनौपचारिक शिक्षा र नैतिक शिक्षा नै मुख्य हो । श्यामकुमारी सुवेदीले अनाथ तथा असाय बालवालिकाहरुलाई संरक्षण गरी शिक्षा दिनुभयो । उहाँप्रति अनुकरणीय उदाहरण कार्य गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु ।’
उहाँले रोल्पा जिल्लामा पनि विभिन्न कार्यक्रम आयोजना गरि कार्यक्रम गर्न सकिने भएपनि कोरोना भाइरसको कारणले कार्यक्रम गर्न नसकिएकोमा धन्यवाद व्यक्त गर्दै नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
रोल्पा जिल्लामा पहिलो पटक चिकित्सा क्षेत्रमा ६ जना नारी डाक्टरहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमले सबै प्रेरणाको श्रोत बन्ने भएकाले सम्मान गरेको बताएको छ । कार्यक्रममा चिकित्सा क्षेत्रतर्फका सुनिलस्मृति गाउँपालिका ४ रोल्पाका डा. दिलस्सा घर्तीमगर, सुनिलस्मृति गाउँपालिका ४ रोल्पाका डा.जीतकुमारी घर्तीमगर, सुनिलस्मृति गाउँपालिका ४ रोल्पाका डा. जानकी घर्तीमगर, त्रिवेणी गा.पा. नुवागाउँका डा.धनमाया घर्तीमगर, रोल्पा न.पा. ७ का डा. सविना घर्तीमगर, थबाङ गा.पा.२ का डा. सहनशिला बुढामगरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्य, जिल्ला समिति रोल्पाका सदस्य कर्मलाल परियार, रोल्पा नगरपालिका नगर उपप्रमुख मनकुमारी घर्तीमगर, सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, नेपाल पत्रकार महसंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेलगायतले शुभकामना तथा बधाई मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नबराज आचार्य, वडा नंं २ का अध्यक्ष खिमबहादुर घर्तीमगर, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डीवी घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पाँचौ अधिवेशनका पाँचौ कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, जलजला क्याम्पस लिबाङ रोल्पाका प्रमुख विष्णु आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षातर्फबाट उपप्राध्यापक रोल्पा न.पा. २ का ज्ञानु आचार्य, त्रिवेणी गाउँपालिका ५ जुगाँरका पर्वती घर्तीमगर, त्रिवेणी गाउँपालिका ५ का मा.वि. स्थायी शिक्षक दिलकुमारी घर्तीमगर, माडी ४ मा.वि. स्थायी विष्णुकला घर्तीमगर, रोल्पा न.पा. ३ का मा.वि. स्थायी हरीकला घर्तीमगर, रोल्पा न.पा. ६ कोटगाउँका झुमा घर्तीमगर, सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का मा.वि. स्थायी शिक्षक बसन्ता सुवेदीलाई सम्मान गरिएको थियो ।


यसैगरी निजामतितर्फका सुनिलस्मृति गा.पा. ५ का रोल्पा निवासी महिला विकास अधिकृत सम्झना सुवेदी, त्रिवेणी गा.पा. ५ जुगाँर रोल्पा निवासी तुल्सीपुर उपमहानगरपालिकाका अधिकृत पुष्पलता घर्तीमगर, सुनिलस्मृति गा.पा. २ खुंग्री निवासी अधिकृत मधु सुुवेदी, रोल्पा न.पा. ६ दार्वाेट निवासी कृषि अधिकृत अञ्जु घर्तीमगर, सहायक बन अधिकृत अनिता गुरुङ, मानव अधिकारको क्षेत्रमा योगदान गर्ने सुनिल स्मृति गा.पा.४ मावन अधिकार अधिकृत कुमारी महरा, कानुनको क्षेत्रमा जिल्लाबाट स्नाकोत्तरतहको अध्ययनका लागि नयाँ दिल्ली स्थिति साउथ एसिएन युनिभर्सिटी अध्ययनरत प्रकृति मल्ल, असहाय बालबालिकाका संरक्षण गर्दै समाज सेवामा समर्पित श्यामकुमारी सुवेदी लगायतलाई सम्मानित गरेको थियो ।

You may also like