जनतासँग माओवादी अभियानमा लुंग्रीमा सामाजिक कार्य गरेर उद्घाटन


खुमबहादुर सुनार भाद्र १६


जनजनमा माओवादी, घर घरमा माओवादी, जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लुंग्री गाउँपालिमा पनि विभिन्न वडामा विभिन्न कार्यक्रम गरी उद्घाटन भएको छ ।
शनिबार नेपालमा सन्दर्भमा ६ हजार ७४३ वटै वडामा उद्घाटन गर्ने कार्यक्रम अन्तर्गत लुंग्री गाउँपालिकामा सम्पन्न भएको हो । लुंग्री गाउँपपा वडा नं. १ सरस्वती माध्यमिक विद्यालय लुङ्ग्री एक दाइबाङमा सरसफाइ र खद्दर जाने बाटो मर्मत समेत गरेको छ । कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश विभागीय सदस्य क. सोमलाल पुन रहनु भएको थियो र विशिस्ट अतिथिमा लुङ्ग्री गापा पार्टी संगठन कमिटीका बरिष्ठ उपाध्यक्ष तथा जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियानका १ नम्बर वडाका संयोजक खिम ब केसी (अनान) र लुङ्ग्री गापा पार्टी संगठन कमिटीका सदस्य तथा लुङ्ग्री गापाका अध्यक्ष भरतकुमार थापा (गौरव) रहनु भएको थियो ।


कार्यक्रममा अतिथिमा लुङ्ग्री गापाका सचिवालय सदस्य चोप ब केसि (अनन्त) लुङ्ग्री गापाका थ्ऋी अध्यक्ष लाल ब पुन (नविन) र लुङ्ग्री गापा सदस्य केहरसिङ घर्ती रहनु भएको थियो । यस्तै लुग्री गाउँपालिकामा अन्य वडाहरुमा पनि कार्यक्रम गरी मनाइएको थियो ।

You may also like