मुख्यमन्त्रीले परिवर्तनज गाउँपालिको विकासका सवालमा सम्वोधन गर्ने प्रतिवद्धता

मानसिह विश्कर्मा
मंसिर ६ गते


परिवर्तन गाउँपालिका वडा नं. १ मा स्वागत पछि मञ्चमा आशिन मुख्यमन्त्री लगायत अन्य अतिथिहरु

पूर्वी रुकुम र रोल्पाको भ्रमणमा आउनु भएका मुख्य मन्त्री शंकर पोख्रेललाई परिवर्तन १ कुरेली रोल्पामा भव्य स्वागत गरेका छन् । स्थानीयहरुले आफ्नो वडामा मुख्यमन्त्री आएको अवसरमा पञ्चेबाजा, मयुरनाँच, आमासमूह, विद्यार्थी एवं कुरलीबासीले वडा कार्यालय खरिवोटमा भव्य स्वागत गरिएको थियो ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढा, वडा अध्यक्ष बमबहादुर पुनमगर लगायत विभिन्न समूहहरुले फूलमालाले स्वागत गरेका थिए ।

      एकाएक जनताको सहभागिता ओइरो लागेको वडा कार्यालयको आगनमा मुख्य मन्त्रीले संम्वोधन गर्नै पर्ने भयो । वडा अध्यक्ष बमहादुर पुनमगरले मा.वि. कुरेलीको पढाई गुणस्तीय तथा प्राविधिक शिक्षा प्रदानका लागि सम्बन्धन, तथा भौतिक पूर्वधार, गाउँ गाउँमा पुगेका बाटोको स्तरउन्ननी, शहीदमा मार्ग कालोपत्रे एवं उन्नती, खानेपानी लगायतका सामाजिक विभेदको विषयमा विभिन्न कार्यक्रम प्रदान गरी सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

समय अभावको कारण देखाउँदा देखाउँदै पनि जनताको बीचमा सम्वोधन गर्नुभयो । मुख्यमन्त्री शंकर पोख्रेले न्यानो स्वागत र सत्कारका लागि धन्यवाद दिदैँ भन्नुभयोः–“हामीलाई तपाईहरुले गर्नुभएको स्वागत र सत्कारले कुरेलीको विकासका लागि लाग्न अझै प्रतिवद्ध बनाएको छ ।” उहाँले स्वास्थ्य र शैक्षिक क्षेत्रको सुधार नै पहिलो प्राथमिकता भएको बताउँदै कृषि, पशुपालन क्षेत्रबाट नै देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो । प्रदेश सरकारकाले कृषि र पशुपालनमा अनुदानको व्यवस्था गरेको बताउँदै त्यसलाई परिणाम मुखी बनाउनु पर्ने बताउनुभयो ।

परिवर्तन गाउँपालिकाको पुल, भवन, हल, मैदान निर्माण प्रदेश सरकारबाट सहयोग गर्ने

मानननीय मुख्य मन्त्रीलाई स्वागत गर्दै जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढामगर, अध्यक्ष निकान्त डाँगी, उपाध्यक्ष हितकुमारी बुढामगर,

मुख्यमन्त्री समक्ष परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले गाउँपालिका भवन निर्माण, शहीदमार्ग र गाउँपालिका जोड्ने मोटरेबल पुल निर्माण, खेलकुद मैदान निर्माण, स्वास्थ् र शिक्षा क्षेत्रको सुधार गरि दिनका लागि माग राख्नुभएको थियो । साथै कृषि र पशुपालनमा जोड दिनका लागि माग राख्नुभएको थियो ।

स्थानीयले स्वागतगरेपछि खुशियाली मुद्रामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी

मुख्यमन्त्रीले विस्तृति प्रस्तावहरु प्रदेश सरकार समक्ष पठाउन आग्रह गर्नुएको थियो । मुख्य मन्त्रीसहित प्रतिनिधी सभा सदस्य सुजिता शाक्य, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दिपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर लगायतको टिमले गाउँपालिकको कार्यालय परिषरमा रहेको निर्मानाधीन बहुउदेश्यीय हल, गाउँपालिका भवन लगायतको अबलोकन गरेको थियो ।

स्थानीयले स्वागतगरेको प्रससा गर्दै खुशियाली मुद्रामा प्रदेश सांसद माननीय दिपेन्द्र कुमार पुनमगर

 

You may also like