‘रोल्पाको सुन र पानीबाटमा लगानी गरी विकासको ढोका खोलौं ।’ –ऊर्जा मन्त्री वर्षमान पुनमगर (अनन्त)

 

मानसिह विश्वकर्मा

रोल्पा, १४ फागुन–


ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान ‘अनन्त’ ले विगतमा जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको थालनी भएको बताउनुभएको छ । उहाँले रोल्पाको सुन, खनिज र पानीमा लगानी गरी विकासको ढोका
रोल्पा सदरमुकाम लिबाङमा बुधबार लगानी सम्मेलनको उदघाटन गर्दै मन्त्री पुनले जनयुद्धको केन्द्र र परिवर्तनको प्रतीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घोषणा गर्नुभयो । रोल्पा लगानीका लागि उर्बर क्षेत्र रहेको उहाँको भनाइ थियो ।
विभिन्न अध्यननले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेकाले अब त्यसको उत्खनन् गरेर जिल्ला र मुलुककै समृद्धिका लागि लगानी गर्न सकिने उल्लेख गर्नुभयो । ‘हामीसँग सुन छ तर नुन बाहिरबाट ल्याइरहेका छौं । सुनलाई उत्खनन् गरेर आम्दानीको दर वृद्धि गर्न सक्छौं । रोल्पाको पानीबाट विजुली उत्पादन गरेर आम जनतालाई अब त्यसतर्फ ध्यान दिनुपर्दछ ।’
रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो सम्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अपिल गर्नुभयो ।

नेपाल जलविद्युतमा आत्मनिर्भर मात्र नभएर अब निर्यात गरी आर्थिक आम्दानी गर्ने अवस्थामा पुगिसकेको उहाँको भनाइ थियो । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सपना सकाकार पार्न लगानी क्षेत्रको पहिचान गरी सरकारको नीति तथा योजनालाई सफल बनाउनुपर्ने बताउनुभयो ।
नेपालका हरेक नागरिकलाई सबल बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रका लगानीकर्ताबीच सहकार्यमा उहाँको जोड थियो । रोल्पा नगरपालिकाको आयोजना तथा जिल्ला समन्वय समिति रोल्पा र उद्योग वाणिज्य संघको समन्वयमा सुरु लगानी सम्मेलन दुई दिनसम्म चल्ने छ ।
उद्योगी एवं व्यावासयीहरुले आफै पनि लगानी गर्ने र स्वरोजगारको उद्योगहरुलाई पनि लगानी गर्नु पर्ने बताउँदै भन्नुभयोः‘रोल्पामा रोल्पा समाचारका मानसिंह विश्वकर्मा एउटा उहाहरण हुनुहुन्छ, उहाँले ग्रामीण भेगबाट आएर उद्योग सञ्चालन गर्नुभयो, हाल आफूसहित ११ जना युवाहरुलाई रोजगार दिनुभएको छ, यस्ता नमूना कार्यहरुलाई पनि प्रोत्साहन गर्नुपर्दछ ।’ लगानीसम्मेलन सबै रोल्पालीहको हितमा हुनु पर्ने धारणा राख्दै त्यस अनुरुप हुने आशा रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष किशोर कुमार प्रधानले नेपालमा लगानीको वातावरण अझै सुनिश्चत नभएकोले नीजि लगानी क्षेत्रले काम गर्न केही कठिनाई भएको बताउनुभयो । साथै उहाँले देशलाई समद्ध बनाउनको लागि नीजि क्षेत्रको लगानी आवश्यकता रहेको समेत औल्याउनुभयो । रोल्पामा सुन, फलाम, एवं तामा खानीको उत्खनन् गरी अगाडि बढ्नु पर्ने बताउँदै त्यसले रोल्पाको आर्थिक आम्दानी पनि विकास हुने बताउनुभयो ।
रोल्पामा जनयुद्धको केन्द्रभएको टिप्पनी गर्दै आगामी दिनमा पनि पर्यटन क्षेत्रको विकास गरेर रोल्पालाई पहिचान गराउन सकिने बताउँदै स्थानीयको रोजगारको सुनिश्चतता हुने बताउनुभयो ।
अध्यक्ष प्रधानले गाउँका किसानहरुले गरेको किसान एवं पशुपालन लगायत घरेलु लघु उद्यमीहरुलाई विकास गर्नपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा संघीय सांसद एवं स्वास्थ्य एवं शिक्षा समितिका सभापति जयपुरी घर्तीमगरले लगानी सम्मेलनले विकासको ढोका खुल्ने भएको बताउँदै त्यसलाई सफलता पूर्वक अगाडि बढाउनु पनैे बताउनुभयो । साथै उहाँले आम रोल्पा जनताको जीवनस्तर आमुल परिवर्तन गर्नका लागि नीति तथा कार्यक्रम भएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सरकाले प्रदेश भित्रका लगानीका क्षेत्र र लगानीकर्ताको पहिचान गरी अगाडि बढ्ने बताउनुभयो । साथै रोल्पामा लगानीको क्षेत्र धेरै भएकाले लगानीकर्ताको अभाव रहेको बताउँदै अब लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बाउनुभयो । उहाँले रोल्पाली जनताको लगानीलाई पनि शुनिश्चता अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, पूर्व संविधानसभा सदस्य लार्केर लामा, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, जिल्ला समन्वय समिति रोल्पका उपाध्यक्ष विमला थापा बुढामगर, गाउँपालिकका अध्यक्ष, उपाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रम रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सावित्रा थापा मगर र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपालने गर्नुभएको थियो । कार्यक्रममा स्वागत रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकुमार चन्दले गर्नुभएको थियो ।

 

You may also like