‘मुमाराम खनाल, रोल्पालाई अपराधी किल्ला होइन क्रान्तिको किल्ला हो’ —दीपेन्द्र कुमार पुनमगर ‘सिजल’


केन्द्रीय सदस्य
समाचारदाता
भाद्र ६ गते लिबाङ रोल्पा


नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीपेन्द्र कुमार पुनमगरले विगतको माओवादी जस्तो मात्रै भए वर्तमान परिस्थतिसँग सापेक्ष रुपमा अगाडि बढाउन नसकिने बताउँदै उहाँले माओवादी आजको माओवादी हुनु पर्ने बताउनुभयो । समाजवादको क्रान्ति सम्पन्न गर्नका लागि माओवादीलाई रुपान्तरण गरी रोल्पालाई फेरी परिवर्तन र क्रान्तिको किल्ला नै बनाउनको लागि जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको माध्यमबाट माओवादीको उर्वर भूमि बनाउनको लागि अपिल गर्नुभयो ।
यस्तो कुरा नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र) रोल्पा जिल्ला समन्वय समिति रोल्पाको बैठकमा रोल्पाको लिबाङमा बताउनुभएको हो । उहाँले रोल्पा जिल्ला नेपाली क्रान्ति र परिवर्तनका लागि रोल्पाले ठूलो योगदान गरेको बताउँदै हाल क्रान्ति र परिवर्तनको किल्लालाई अपराधीको किल्ला भएको बिश्लेषण गर्ने मुमाराम खनाललाई अपराधीको जिल्ला भएको प्रमाणित गर्नका लागि चेतावनी दिनुभएको छ ।


उहाँले परिवर्तनका लागि बलिदान गरेको रोल्पालाई अपहेलित र अपमान नर्गका लागि आग्रह गर्दै भन्नुभयोः–“तपाई मुमाराम खनाल, क्रान्तिबाट डराएर भागेर गएपनि जनयुद्ध, क्रान्ति र बलिदानकै योगदानले विश्लेण गर्न पाउनुभएको छ, मुमाराम खनाल ! यो क्रान्तिको किल्ला हो । अपराधीको किल्ला होइन यसलाई क्रान्तिको नै किल्ला बनाउँनेछाँै । ”
उहाँले रोल्पा जिल्ला समन्वय समिति रोल्पाको बैठकमा उहाँले २००६ सालमा स्थापना भएको नेकपाको विचार, सिद्धान्त, दर्शन र योजनाले मात्रै हालको क्रान्तिको अभिभारा पुरा गर्न नसकिने बताउनुभयो । केन्द्रीय सदस्य पुनमगरले अब रोल्पा जिल्लालाई बनाउनको लागि गहिरो समीक्षा गर्नका लागि सबैले आत्म समीक्षा गर्ने बेलामा आएको बताउँदै उहाँले करिव ३० वर्ष माओवादी सत्तामै रहेकोले अब रोल्पाको समृद्धीका लागि गरिएको जनतालाई प्रश्नहरुको जवाफ जनतालाई दिनुपर्ने भएको बताउनुभयो । उहाँले रोल्पा जिल्लाको समग्र विकासका लागि नयाँ ढंगले अगाडि बढाउन सक्नुपर्ने बताउनुभयो ।
जनयुद्ध शुरुवात कर्ता समेत रहनुभएका दीपेन्द्र कुमार पुनगरले प्रचण्डले एक्कासी जनयुद्धको थालनी गरी नेपाललाई मुक्त गरेको बताउँदै माओवादी पार्टी जनताको पार्टी बनाउनको लागि सबै कार्यकर्ता जनताको मन मनमा माओवादी बनाउनको लागि धेरै मेहनत गर्नका लागि अनुरोध गर्नुभयो । जनयुद्धको शुरुवातमा २०५२ साल फागुन १ को झै राजनीतिलाई पेशा भन्दा पनि सेवाको रुपमा लिनका लागि सबैलाई अपिल गर्नुभयो ।
बैठकमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानका रोल्पा जिल्लाका संयोजक पूर्ण घर्तीमगर, केन्द्रीय सदस्य आइपी खरेल, केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्तीमगर, केन्द्रीय सदस्य आसबहादुर पुनमगर केन्द्रीय सल्लाहकार बाबुलाल पुनमगर, केन्दीय सल्लाहकार जयबहादुर घर्तीमगर लगायतको आतिथ्यता रहेको थियो ।

You may also like