रोल्पाको विभिन्न ठाउँमा मकै बालिमा फौजि किरा र गभारो किराबाट क्षति

रोल्पाको विभिन्न ठाउँमा मकै बालिमा फौजि किरा र गभारो किराबाट क्षति
साउन २० गते
लिबाङ–रोल्पा


रोल्पाको विभिन्न ठाउँका मकै बालिमा फौजि किरा र गभारो किराले क्षति पु¥याएका छन् । मकै बालिमा किराले क्षति पु¥याउँदा किसानहरु चिन्तित बनेको छन् ।
रोल्पा नगरपालिका कृषि शाखा प्रमुख महेन्द्र पुनले भन्नुभयो,‘फौजि किराले मकै विरुवामा क्षति पु¥याएको थियो । किसानहरुको नियमित प्रयासबाट हुर्किएका मकैका विरुवामा फौजि किरा र गभारो किराले क्षति पु¥याएको भन्दै शाखामा किसानहरु सम्पर्कमा आएका छन् । शाखामा आएका किसानहरुलाई फौजि किरा र गभारो किरा नियन्त्रणका लागि विषादी र आवश्यक सल्लाह सुझाव दिएर पठाएको छौं’ उहाँले भन्नुभयो‘मकै विरुवाको सममा फौजि किराले क्षति पु¥याउँदा त नगर क्षेत्रका कृषहरुले यस शाखामा किसानहरुले सम्पर्क गर्नुभएको थियो । तर, अहिले शामा धेरै किसानहरु शाखाको सम्पर्कमा आउनुभएको छैन । किरा नियन्त्रणका लागि शाखाबाट समुदायिक रेडियो र पत्रिकाहरुबाट पनि सूचना प्रसारणको तयारी भएको छ । आगामी दिनमा पनि मैकमा किराले क्षति पु¥याएको खण्डमा शाखाबाट पनि विशेष पहल गर्नेछ । यि किराहरु समयमा नै नियन्त्रण भएमा उत्पादनमा प्रभाव पर्दैन । तर, समयमा नै नियन्त्रण भएन भने उत्पादनमा प्रभाव पर्दछ । बजारमा एग्रोभेटबाट धेरै किसानहरुले विषादी खरिद गरी किरा नियन्त्रणमा सक्रिय देखाउनुभएको छ’उहाँले भन्नुभयो‘गभारो किरा लागेको क्षतिको लक्षणहरु भर्खरै निस्केको लाभ्रेहरुले मकैको पात खान्छन् र पातमा धेरै मात्रमा छिद्रहरु देखिन्छन् । पछि यि लाभ्रेहरु डाँठभित्र पसी गुभो खानाले मकैको गुभो समेत मर्दछ । विरुवाको टुप्पो तथा पातहरुमा लाभ्रेहरुले विछ्याएको पदार्थ सजिलैसँग देख्न सकिन्छ । गभारो किराको व्यवस्थान पात तथा गुवोमा देखिएका लाभ्रेहरुलाई हातले टिपेर नष्ट गर्ने, गमारो लागेका विरुवाहरु उखेलर नष्ट गर्ने, ट्राइकोग्रामा परजीवि ५ हजार प्रति रोपनिका दरले छोड्ने, बढी मात्रमा क्षति गरेको अवस्थामा डाइमेथोयट विषादी ३० प्रतिशत इ.सि. १.५ मिलि प्रति लिटर पानिमा मिसाई २५ लिटर मिश्रण प्रति रोपनीका दरले छर्कने, गभारोको प्रकोप बढेको ठाउँमा अर्काे वर्ष बीउ लगाउँदा बीउको मात्र बढाउने । गभारो किराको प्रभाव बढेको अवस्थामा नजिकको कृषि शाखा विकास तथा कृषि ज्ञान केन्द्र रोल्पामा जान हुन अनुरोध गर्दछु ।’
रोल्पा नगरपालिका कार्यालय नगर सभा सदस्य एवं रोल्पा नगरपालिका ४ रोल्पा निबासी दिलमाया बि.क.ले भन्नुभयो,‘मकैको विरुवामा पात खाएको छ । तर, हेर्दा पनि केही देखिदैनन् ? पात खाएर मकै सुक्ने अवस्थाको छ । पात यसरी खादै गएमा त उत्पादनमा प्रभाव पर्ने भयो । यस मकै बालिमा वर्षको धेरैको बारीमा यस्तो समस्या छ । कृषि प्राविधिकलाई सोधेपटि मात्र थाहा भयो कि मकैको पात खाने किरा फौजि किरा रहेछ । यो किराको समयमा नै नियन्त्रण भएन भने त खाद्यन्न समस्या निश्चित छ । फौजि किराको नियन्त्रणमा कृषि शाखा र किसानहरु समयमा नै सक्रिय बन्नुको विकल्पन नै छैन ।’ त्यसैगरी रोल्पा अर्का किसानले भन्नुभयो,‘मकैको विरुवा शुरुको समयमा फौजि किराले खादा पनि विरुवा राम्रो भएको छैन । शुरुको चरणमा राम्ररी हुर्किन नपाएको मकैको विरुवामा सहल किरा र फौजि किराको कारण राम्रो भएको छैन । दुःखका साथ बारीमा सहितको मकैको विरुवाको अवस्था देख्दा त धेरै दुःख लाग्छ । यो किराको लामो समयसम्म प्रभाव रही रह्यो भने त पक्कै पनि सोचेको जस्तो उत्पादन नहँुदा परीश्रम खेर जानेभयो ।’ धेरै किसानहरुलाई फौजि किरा वा गोबारे किराले मैक पात खाएको पहिचान गर्न आफैमा कठीन विषय भएको हुँदा कृषि शाखामा सम्पर्क नभएको शाखा प्रमुख महेन्द्र पुनले बताउनुभयो ।
यस जिल्लाको धेरै ठाउँका मकै बालिमा फौजि किरा र गभारो किराको प्रभावित परेको छन् । शुरुमै मकैको विरुवामा फौजि किराले क्षति पु¥याएको थियो । केही किसानहरुले सम्बन्धित गाउँपालिकाको कृषि शाखामा सम्पर्क गरी विषादीको प्रयोगबाट किराको नियन्त्रण लिएको अवस्था थियो । किराको प्रभावित ठाउँका किसानहरुले विषादी प्रयोग नगरेर नै पटक–पटक मकै रोप्नुपर्ने अवस्था सिर्जना भयो । फौजि किराबाट प्रभाति मकैको विरुवामा सहल किराले पनि क्षति पुगेको थियो । यि किराबाट क्षति पु¥याएको मकै विरुवामा पुनः फौजि किरा र गभारो किराले क्षति पु¥याएको छ । मकैको विरुवामा किराले पु¥याएको क्षतिबाट उत्पादनमा प्रभाव पर्ने किसानहरु चिन्तित बनेका छन् । अहिले केही किसानहरुले मकैमा लागेको फौजि किरा र गभारो किरा नियन्त्रणका लागि औषधि प्रयोग गरेको छन् । तर, धेरै किसानहरुले यि किरा नियन्त्रणमा ध्यान पु¥याएका छैनन् । किरा नियन्त्रणमा किसानहरुलाई समयमा नै सजक बन्न सूचना प्रचार प्रसार सहित अन्य कार्यहरुलाई प्राथमिकता दिन जुरुरी छ । होइन भन्ने किसानहरुले पनि मकैको पातको खाएको पहिचान गर्न नसक्ने अवस्थामा किराको महामारीबाट खाद्यन्न संकट निम्तिन सक्छ । त्यसैले किरा नियणन्त्रणमा स्थानीयतहहरु सहित किसानहरु पनि जगारुक बन्न समयमा ध्यान दिन आवश्यक छ ।

You may also like