नेपाल मगर संघले बृहत जनसभाको बारेमा पत्रकार सम्मेलन


रोल्पा समाचारदाता
पुष ६ गते


नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा बृहत मगर जनसभा विषयक पत्रकार सम्मेलन सम्पन्न भएको छ । रोल्पाको लिबाङमा विहीबार सम्पन्न भएको हो ।
नेपाल मगर संघको केन्द्रीय बरिष्ठ उपाध्यक्ष धनबहादुर पुन मगरको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति रोल्पाको अध्यक्ष देउकला कुमारी घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो । धर्मनिरपेक्षता, संघियता, गणतन्त्र र लोकतन्त्रमाथीको षड्यन्त्रप्रति खबरदारी भाषिक, साँस्कृतिक पहिचान र अधिकार प्राप्तिका लागि आयोजित लुम्बिनी प्रदेशको राजधनी देउखुरी दाङको मसुरिया श्रीचौरमा शनिबार अर्थात पौष ७ गते हुने सभाला सम्पन्न हुन गइरहेको बृहत मगर जनसभाको तयारीको क्रममै रहेको अवस्थामा त्यस सभाको बारेमा स्पष्ट पार्नको लागि उक्त पत्रकार सम्मेलन गरिएको आयोजकले बताएको छ । सोही अवसरमा पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासामा बोल्नुहुँदै प्रमुख अतिथि पुनमगरले विशेष गरेर त्यस क्षेत्रमा नेपाली भाषाको अलावा अन्य भाषा भएको खण्डमा सरकारी कामकाजको लागि अन्य भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउनु पर्ने मागलाई पूर्णतया दिनको लागि यो जनसभा हुन लागेको बताउनु भएको थियो भने जनसभा मगर र थारुको संयुक्त रुपमा हुन लागेको समेत बताइएको थियो । कार्यक्रममा बोल्दै पुनमगरले मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउनको लागि ऐन बनाउनु पर्ने भएको बताउँदै ऐन बनाउने प्रक्रियामै रहेकोले १ वर्षमा बनिसक्ने बताउनु भएको थियो । उहाँल मगर भाषालाई एकरुपता बनाउनको लागि १५ जनाको कार्यकारी र ५१ प्राज्ञिक बनाएको समेत बताउनुभएको थियो । एउटा समुदायले आफ्नो जाती, भाषा र संस्कारहरुलाई अर्को भाषा, जाती र समुदायको संस्कारले हस्तक्षेप नगरुन भन्ने उद्देश्य समेत रहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख कर्मलाल परियार, नेपाल मगर संघ केन्द्रीय सल्लाहकार सदस्य कृष्णबहादुर घर्तीमगर, प्रदेश सदस्य कुम बहादुर पुनमगर, जिल्ला सल्लाहकार खेम बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पा जिल्ला अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ संस्थापक अध्यक्ष काँशीराम डाँगी, नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष महेश न्यौपाने, नेपाल आदिवासी जनजाती महासंघका रोल्पा पूर्व अध्यक्ष श्रीकुमारी रोकामगर, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रोल्पाका अध्यक्ष खुविना सुनारी मगर रेडियो मालश्रीका लोकेन्द्र चन्द, रेडियो नेपाल रोल्पाका प्रतिनिधि धनश्याम के.सी. लगाएत विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाको सचिव स्मृति रोकामगरले सञ्चालन गनुभएको थियो भने प्रदेश सदस्य कुमबहादुर पुनमगरले कार्यक्रमको बारेमा प्रस्ट्याउनु भएको थियो ।

You may also like