नेकपाका मध्य कमाण्ड इन्चार्ज विरजङसहित अधिकांश रोल्पाली नेता कार्यकर्ता पक्राऊ

रोल्पा समाचारदाता
असोज ३० गते


सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द्र २१ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । नेकपाका मध्यकपश्चिम कमाण्ड अर्थात नेकपाका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव) का दाइ चन्द्र बहादुर चन्द (विरजङ) सहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला नजिकै विप्लव नेकपाको बैठक भइरहेको सूचना पाएपछि प्रहरीले गयराती १ बजे छापा मारेको बताइएको छ । बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार
ि
१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज (रोल्पा)
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज (रोल्पा)
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव (प्यूठान)
५) यमलाल कटुवाल(विक्रम) जिल्ला ईन्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल– वुद्धिजिवी
९) एकराज चौधरी (एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) (एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा.पा सेक्रेटरी
११) तिलक पुन (पूर्व जनमुक्ति सेना)
१२) सुरज विक (दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष)
१३) हितप्रसाद रोका (पार्टी व्यूरो सदस्य)
१४) पुष्टमान घर्ती (रोल्पा जिल्ला)
१५) दलबहादुर खत्री (व्यूरो सदस्य ) रोल्पा
१६) अमित घर्तिमगर( रोल्पा)
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) कुलबहादुर वली (रोल्पा)
२१) बिष्णु थापा
यी पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला इन्चार्ज सन्तोस सुवेदी (प्रसाय) पनि छन् । तर प्रहरीलाई उनले अर्काे नामबाट आफ्नो परिचय दिएका छन् । त्यस्तै नेकपाका एक नेताले पार्टी भित्रैबाट अन्तघाट भएर सुराकी भएर सो घटना भएको हुन सक्ने छ ।

You may also like