कोरोनापछिको युवा रोजगारी विषयक अन्तरक्रिया

कोरोनापछिको युवा रोजगारी विषयक अन्तरक्रिया
असोज २१ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is m2-1024x683.jpg

नोबेल कोरोना भाइर (कोभिड–१९)पछिको युवा रोजगारी विषयक अन्तरक्रिया कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
यस जिल्लामा युवा सम्वाद समूहले विगत २ वर्षदेखि युवा रोजगार र युवा अधिकारको पैरवी गर्दैएको जिल्ला संयोजक त्रिपनी वैजाली मगरले बताउनुभयो । उहाँले रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिकामा युवा सम्बन्धि ऐन निर्माणका लागि मौसदा अगाडि बढेको बताउनुभयो । ति स्थानीयतहरुले लक डाउनको कारण मौसदा पारित हुन नसकेको उहाँले बताउनुभयो । कोरोना भाइरसको कारण विदेश तथा स्वदेशमा युवाहरुले रोजगारी गुमाउनुपर्ने बाध्यत्मक अवस्था सिर्जना भएको छ । दुःखत अवस्थामा सम्वाद समूहले जिल्लाका सरोकावाला निकायहरुको बीच कोरोनापछिको युवा रोगारी विषयक अन्तरक्रिया कार्यक्रम समूहले आयोजना गरेको हो । युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगारी सिर्जनाको निम्ति स्थानीयतहरुले युवा मैत्री ऐन निर्माण गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सहभागिहरुको धारणा थियो । संघीयताको भावना अनुसार स्थानीय स्रोत साधनको उच्चतम उपयोग गरी युवाहरुलाई रोजगारी सिर्जना गर्नुपर्ने सहभागिहरुको जोड थियो ।

This image has an empty alt attribute; its file name is m1-1-1024x683.jpg

यस कार्यक्रममा नेपाल पीस ब्युल्डिङ इनिसेटिभको निर्देशक सुविन्द्र बोगटी, कार्यक्रम प्रमुख राजेन्द्र सेञ्चुरी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, गैर सरकारी महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पूर्व अध्यक्ष खेमबहादुर बुढामगर, समूहको पदाधिकारी सहित लगायतका सरोकारवाला निकायहरुको सहभागिता थियो । सहजकर्ता माधव वलीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

You may also like