विश्कर्मालाई लोक स्टार बनाउन हामी सबैको जिम्मेवारी होः प्रदेश सभा सदस्य पुन

रोल्पा समाचारदाता
लिबाङ रोल्पा


आइ.एम.इ. लोकस्टारको रण मैदानका प्रतिस्र्पधी शनी विश्वकर्मालाई रोल्पाा नगरपालिकाले सम्मान तथा स्वागत कार्यक्रम गरेको छ । कार्यक्रमले विश्वकर्मालाई लोक स्टार बन्न थप सहयोग पुग्ने भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि ५ नंं. प्रदेश सरकार नेपालको प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगरले रोल्पा जिल्ला विगत समयमा अभिभाव, गरीवी, दुर्गम जिल्ला, द्वन्द्वको जिल्लाको रुपमा परिचित भएको यस जिल्ला अब ति सबै अवस्था अन्त्य गरी विकसित जिल्लाको रुपमा पहिचान बनेको उद्घोष गर्नुभयो । जिल्लाले विगतदेखि नै राजनीतिक, खेलकुद, कला संस्कृतिमा गौरवपूर्ण इतिहास कृतिमान गर्दै आएको बताउनुभयो । गीत संगीतको ऐतिहासिक कायमको निम्ति लोक स्टारमा विजय बनाउन उहाँले रु १० हजार घोषणा गर्नुभयो । रोल्पा नगरपालिका ८ नंं. जंकोट रोल्पा निबासी आइएमी लोक स्टारको अन्तिम चरणमा पुग्नु पनि जिल्लाको एक ऐतिहासिक कृतिमान कायम भएको धारणा प्रमख अतिथि पुनमगरले व्यक्त गर्नुभयो । गीत संगीत क्षेत्रमा लोक स्टारको अन्तिम चरणमा पुग्नु भनेको समग्र जिल्लाबासीको शिर उच्च बनाएको भन्दै खुसी समेत व्यक्त गर्नुभयो । जसरी राष्ट्रिय स्तरको लोक स्टारको अन्तिम चरणमा पुगी जिल्लाको शिर उच्च बनाउन अहोरात्र सक्रिय बन्ने कलाकार विश्वकर्मालाई हार्दिह धन्यावाद व्यक्त गर्दै उज्वल भविष्यको समेत उहाँले शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वकर्माले लोक स्टारको अन्तिम चरणमा पुग्र्दै गर्दा जिल्लामा गीत संगीतको क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने बताउनुभयो । राष्ट्रका गहनाहरुलाई राज्यले खोज्नु पर्छ तर हामीले राज्य खोज्नुपर्ने बाध्यमिकपूर्ण अवस्थाप्रति दुःखद प्रमुख अतिथि पुनमगरले व्यक्त गर्नुभयो । शनी जुन दिनदेखि लोक स्टारको प्रतिस्र्पधामा आउनुभन्दा पहिलो मैले राम्रोसँग चिन्दैन थिए तर लोक स्टारबाट राष्ट्र स्तरमा उडाएपछि सबैसँगै परिचित बन्ने अवसर बनेको छ, यो अवसर सबैको लागि सुखद अवसर हो । लोक स्टारका लागि पाँचौमा आउँदा विश्वकर्माले मलाई भेट्न आउनुभएको थियो । मलाई विश्कर्मा चौथौ स्थानमा आउनु हुन्छ कि हुँदै भन्ने चिन्ताको विषय थियो तर चौंथौ स्थानसम्म आउन सफल बन्नु सुखीको कुरा हो । उहाँले विश्वकर्माको स्वर कलालाई मन पराउँदै देश तथा विदेशबाट भोट गरी चौंथौ स्थानमा पु¥याउन सहयोग गर्ने सम्पूर्ण भोटरहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख अतिथिले विश्वकर्मा लोक स्टार बन्न धेरै आधारहरुमाध्ये रोल्पा जिल्लामा १ प्रतिनिधि सभा, २ संघीय सभा, १ नगरपालिका, ९ ओटा स्थानीयतह, ७२ वटा वडा कार्यालय छन् भने ४ सय जना जनप्रनिनिध, राष्ट्र सेवक कर्मचारी, उद्योगी, व्यापारी भएको बताउनुभयो । सबैले इच्छा अनुसार मात्र पनि भोट गरिएको अण्डमा पनि विजय बन्न सक्ने बताउनुभयो । विश्वकर्मा भोलि पहिलो भएमा पनि मेरो भोटले पहिलो भएको भन्ने गौरव गर्न ठाउँ सुनिश्चि गर्नपर्ने आवश्यकता दिनुभयो । व्यवसायीहरुले नाफाको सीमित नाफा सामाजिक क्षेत्रमा खर्च गर्ने भन्ने सिद्वान्त अनुसार विश्वकर्मालाई १ प्रतिशत नाफाको भोटका लागि प्रमुख अतिथि पुनमगरले अनुरोध गर्नुभयो ।


उहााले समाजिक रामाइलो गर्नका लागि राष्ट्रिय कर्मचारीहरुलाई एक वर्षमा बानोस् स्वरुप एक महिनाको बनोस्को नेपाल संविधान अनुसार गएिको हुँदा सक्दो अन्य क्षेत्रमा खर्च कम गरी विश्कर्मालाई भोट गर्न ह्वीप समेत जारी गर्नुभयो । त्यसैगरी उहाँले निर्माण व्यवसायीहरुले पनि योजना आप्mनो पक्षमा ल्याउनको लागि लाखौं खर्च गरेको वास्ताविकता छ, लोक स्टार विजय बनाउन विश्वकर्मालाई इच्छा अनुसार भोट गर्दा केही समस्या नहुने धारणा व्यक्त गर्नुभयो । बालकालिहरुले विश्वकर्माको स्वर र कलालाई अन्त्यधिक मनपराउँदै लुकेर भएपनि आफ्ना आमाबुबाको मोबाइलबाट भोट गरिहरेका छन् भने हामीले किन भोटमा किन कुञ्जुसायी गर्ने ? अब हामीले यो समयमा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने आवश्यक औल्याउनुभयो । विश्वकर्मालाई स्टारमा विजय बनाउन अहिले पैसा नभएकाहरुले भोट गरी रहेका छन् भने पैसा नभएकाको भोटबाट विश्वकर्मा लोक स्टार बन्न नसक्ने धारणा व्यक्त गर्नुभयो । विश्वकर्मा लोक स्टार भएको देख्न चाहेने हो भने अब पैसा भएकाहरुmे विश्वकर्मालाई अत्याधिक भोटका लागि हार्हिक अनुरोध गर्नुभयो । लोक स्टारमा पहिलो, दोस्रो, तेस्रो मेरो भोटले विश्वकर्मा विजय भयो भन्ने गौरव गर्नुपर्ने जिल्लाका सबैले सुनिश्चित गर्नुपर्ने सुझाव समेत उहाँले दिनुभयो । त्यसैले १७ वर्ष ६ महिनाको उमेर गीत संगीतमा राष्ट्रय स्तरमा चार्चा बन्नु जिल्लाबासीको निम्ति खुसी कुरा हो, खुसी सधैका लागि निरन्तारता दिन कला, स्वरको धनी विश्वकर्मार्ला हार्हिक अनुरोध गर्नुभयो । यो इतिहास कायम गर्न विभिन्न गलत कार्यहरुबाट सजक बन्न समेत विश्वकर्मालाई प्रमुख अतिथि पुनमगरले सुझाव दिनुभयो ।
त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले लोक स्टारमा विश्वकर्मालाई विजय बनाउनको लागि कार्यालयबाट रु ५० हजार रकम घोषणा गर्नुभयो । गीत संगीत क्षेत्रमा उदाएका तारा विश्वकर्मा लोक स्टार बन्नु नै जिल्लाबासीहरुको लागि सुखीको कुरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । विश्वकर्मालाई अत्याधिक भोटले लोक स्टार बनाउको निम्ति जिल्लाबासी लगायत सरोकारवाला निकायहरुलाई हार्दिक अनुरोध गर्नुभयो । विगतदेखि नै रोल्पालीहरु हरेक क्षेत्रमा सफल्ता प्राप्त गर्दै आएको इतिहास कही लुकेको छैन । त्यसैले आइएमी लोक स्टारको चौथौं स्थानसम्म पुग्न सफल भएका विश्वकर्मा लोक स्टारमा पनि सफल बन्ने उहाँले कार्यक्रममा उद्घोष गर्नुभयो । जसरी विश्वकर्मालाई अत्याधिक भोटले लोक स्टार बनाउने उद्वेश्यले शनी विजय बनाउन भन्ने अभियान सञ्चालन गर्ने अभियान्ताहरुलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । लोक स्टारका मैदानमा उत्रिएका विश्वकर्माले कार्यक्रममा आफ्ना संगीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रोल्पा नगरपापिलका ८ नं. वडा जंकोट रोल्पा निबासी शनि विश्वकर्माले जिल्लाको गीत संगीत क्षेत्रको शिर उच्च बनाउन अहोरात्र मेहनतलाई कदर गर्दै उज्वल भविष्यको समेत कामना व्यक्त गर्नुभयो । उहाँले लोक स्टारमा विजय बन्नका लागि नगरपालिकाले गरेका रु १ लाख आर्थिक सहयोग त केही पनि होइन तर लोक स्टारमा विजय बन्न थप टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रम स्थलमा फाइबरबाट रु १०, जलजला कन्ट्रकशनबाट रु १०, राजवीर घर्तीमगरबाट रु १२ हजार, सिनियर अहेब एवं समाज सेवी कुलबहादुर डाँगीबाट ३ हजार, लङुग्री माडी कृषि सहकारी रोल्पाबाट रु ५ हजार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्लाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरबाट रु २ हजार, नेपाल काँग्रेस रोल्पा जिल्लाको कार्यबाहक सभापति किशोर आचार्य सुहाँदो भोट गर्ने, सुनछहरी कला प्रशिक्षण केन्द्र रोल्पाबाट रु ५ हजार, अधिवक्ता जित विक्रम मल्लाबाट रु २ हजार, लोक दोहोरी प्रतिस्था रोल्पाको अध्यक्ष मिलन रोकामगरबाट रु ५ हजार, रामचन्द्र थापाबाट १० हजार, सुस्मा स्टोर रोल्पाबाट रु २ हजार, ओक मेडिकलको व्यवस्थापक अशोक आचार्यबाट रु २ हजार, रोल्पा नगरपापिलका ९ नं. वडा अध्यक्ष मिमबहादुर घर्ती रु ५, हरीबहादुर मल्लबाट रु ५ सय, रोल्पा नगरपालिका १० नंं. वडा सदस्य शेरबहादुर थापा रु १ हजार, धनराज डाँगीबाट रु २ हजार, शेरबहादुर डाँगीबाट रु ५ सय, सुर्यबहादुर डाँगीबाट रु ५ सय, कृतिमान बि.क.बाट रु १ हजार, शिव पुनबाट रु २ हजार, विनोद डाँगीको पहलमा रु १० हजार ९ सय, कुमार विष्टबाट रु ५ सय, आशिष डाँगीबाट रु १ सय, खगेन्द्र वलीबाट रु ३ सय, वेगम के.सी.बाट रु १५०, प्रकाश के.सी.बाट रु १ सय, वीरबहादुर गुरुङबाट रु ५ सय, सुशिल आचार्यबाट रु १ सय, देवसरी के.सी.बाट रु ५ सय, सोनी के.सी.बाट रु ५ सय, ममता डाँगीबाट रु ५ सय, सीता आचार्यबाट रु ५ सय, झुमा के.सी.बाट रु ५ सय, सरला श्रेष्ठबाट रु ५ सय, दीलकुमार डाँगीबाट रु ३ सय, रोशन अनसरीबाट रु १ सय, पिताम्बर विश्वकर्माबाट रु ५ सय, भवश्वर आचार्यबाट रु ५ सय, प्रेम विष्टबाट रु १ सय, टीका जि.एम.बाट रु १ सय, लालबहादुर घर्तीबाट रु १ सय, रणबहादुर घर्तीबाट रु १ सय, जि.प्र.का. रोल्पाबाट रु ५ सय, देवराज खरेलबाट रु १ सय, कमल थापाबाट रु २ सय, अम्बारदत्त पन्तबाट रु १ सय, अमृत बि.क.बाट रु ५ सय, लबलाइट वलीबाट रु १ हजार ५ सय, आकाशे बाउछोराबाट रु १ हजार ५ सय,
कुमबहादुर पुनमगरबाट रु ५ हजार ५, शुमन बुढामगरबाट रु ६ सय, कपि ब्लक उद्योगबाट रु १ हजार, वेगम वलीबाट रु १ हजार, नरबहादुरबाट रु १ हजार, लक्ष्मी बि.क.बाट रु २ सय, मनकुमारी गुरुङबाट रु १ सय, दीलबहादुर बुढाबाट रु १ सय, कुमारी पुनबाट रु १ सय, निसु वि.क.बाट रु १ सय, कल्पना न्यौपानेबाट रु २ सय, मञ्जिता घर्तीबाट रु १ हजार, निमराज बखैरबाट रु १ हजार, नरेन्द चन्दबाट रु ५ सय, वीरवर खत्रीबाट रु ५ सय, वेगम हमालबाट रु ५ सय, केशव कुमार आचार्यबाट रु २ हजार, टेकन्द्र घर्तीबाट रु हजार, लोकन्द्र थापबाट रु ५ सय, मुकेश कवरबाट रु १ सय, वेगम थापाबाट रु १ सय। सरोज शर्माबाट १ सय, चिजबहादुर सिंहबाट रु ५ सय, कैलाश श्रेष्ठबाट रु १ सय, पूर्ण भण्डारीबाट रु १ सय, कृष्ण्बहादुर बुढामगरबाट रु १ सय, सेन सुनुवारबाट रु १ सय, हिराला जि.एम.बाट रु २ सय, भरत भण्डारीबाट रु ५ सय, विजय कँवरबाट रु २२०, धर्मेन्द्र कवरबाट रु १ हजार, केशर सुनारबाट रु ५ सय, पूर्ण बि.क.बाट रु ५ सय, दकोमानबाट रु १ सय, राजकुमार बुढाबाट रु १ सय, वेगम कुवरबाट रु २ सय, भूमिका र चन्द्राबाट रु १५०, नैना घर्तीबाट रु ५ सय, मनबहादुर विक्र रु ५ सय, भक्ते कवरबाट रु १ सय, विनोद बुढाबाट रु १ सय, लोकेन्द्र बि.क.बाट रु १ सय, ओविलाल रावतबाट रु १ हजार, चन्द्र प्रकाश आचार्यबाट रु १ हजार, जयश्री रेग्मीबाट रु १ सय ५०, खगेन्द्र सुनारबाट रु १ सय, गणेश र अमरबाट रु २ सय, खुमबहादुर, रामबहादुर, राजकुमार र युवाराजबा रु ३ सय, सीता थापाबाट रु १०५, कबारसिंङ थापाबाट रु १ सय, तिलक बुढामगरबाट रु ५ सय, जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला सेल प्रमुख मिना बि.क.बाट रु १ हजार, रोल्पाली मन टेर्लसको व्यवस्थापक मनबहादुर नेपालीबाट रु ५ सय, अनिशा वलिबाट रु १ सय, सारदा थापाबाट रु १ सय, पविता आचार्यबाट रु ५ सय, हिमादेवी रिजालबाट रु १२०, महेन्द्र सुनारको पहलमा रु ४ हजार ४१० मध्ये जसमाय पुनले १ हजार ५ सय, परिवर्तन गाउँपालिका रोल्पाले रु ५ हजार, विष्णु सेनबाट रु ५ सय, कृष्णा श्रेष्ठबाट रु ३१०, रीता थापाबाट रु १ सय, आशा सेनबाट रु १ सय, यसरी हमालबाट रु १ सय, नेपबहादुर वलीबाट रु ३ सय, विर्मामनमाली बाठाबाट रु १ सय, उमा घर्तीमगरबाट रु १ सय, बन्दा घर्तीमगरबाट रु ५ सय, गोपाल बि.क.बाट रु ५०, सुनिल स्मृति गाउँपालिकाका चोपबहादुर सेनबाट रु १ सय, महत्तम घर्तीमगरबाट रु २ सय, मोहन घर्तीमगरले रु २ सय लगायतका सहयोगी मनहरुले आर्थिक सहयोग गर्नुभएको छ ।
जसरी लोक स्टारमा विजय बन्नका लागि शनि विश्वकर्मा आप्mनो जिल्लामा यसरी आर्थिक सहयोग संकलन हुनुमा आफैमा सुखत पक्ष हो । विश्कर्मामालाई ८ गतेसम्म भोटिङ गर्न सकिन्छ । शनीलाई भोट गर्नका लागि नेपालबाट आइएइ पे एप डाउनलोड गरी भोट गर्न सकिनेछ । नेपालमा रहेका मोबाइल प्रयोग कर्ताहरुले २४ टाइप गरि एक स्पेश दिएर २४ लेखी ३७००० मा पठाउन सकिनेछ । भारतमा रहनेले सोहि तरिका अपनाएर ५३०१० मा मेसेज पठाएर भोट गर्न सकिनेछ । त्यसैगरी कतारमा रहने नेपालीहरुले सोहि उपाय अपनाएर ९२३०० मा पठाउन सक्नुहुन्छ । साथै सहयोग गर्न चाहने तर गर्न नमिल्ने देशबाट सन्नी बि.को मोबाईलमा रिचार्ज गरेर सहयोग गर्न सकिनेछ । विश्वकर्मा फोन नम्बर ९८१०९१४२२७ रहेको छ । त्यसकारण शनि बिकलाई नेपालको पहिलो लोक स्टार बनाउन अत्याधिक भोट गरौ । यो खबर सबैलाई शेयर गरौं । बहुप्रतिभाशाली कलाकारको जगेर्ना गरौं । शनिबार जिल्लाका विभिन्न स्थानहरुमा शनि विजय बनाऔं भन्ने अभियान सहित लोक स्टारको अन्तिम प्रतिस्र्पधीलाई सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएका छन् ।
निष्पक्ष भएर गला र कलालाई स–सम्मान जिताऔं भन्दै शनि जिताऔं अभियान्ताहरु यतिबेला सक्रिय भएका छन् । कार्यक्रममा रोल्पा नगर प्रमुखले लोक स्टारमा विजय बनाउन शनि विजय बनाऔं अभियान सञ्चालन गर्नुहुने अभियान्ताहरुलाई हार्दिह अनुरोध सहित सक्दो भोटका लागि पनि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण रोल्पा नगरपालिकाको प्रेस संयोजक देवी कुमारी गुरुङले गर्नुभएको थियो ।

You may also like