वडा शिक्षा समितिले पञ्च वर्षिय रणनीतिक योजना सार्वजनिक

मंसिर २२ गते
लिबाङ रोल्पा ।


‘हामी सक्न सक्छौं’ परियोजनाको बहिरगमनको अवसरमा रोल्पा नगरपालिका ४ नं. वडा शिक्षा समितिले पञ्च वर्षिय रणनीतिक योजना आज सार्वजनिक गरेको छ ।
सेभ द् चिल्ड्रनको आर्थिक सहयोग र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको साझेदारीमा सञ्चालित ‘हामी सक्न सक्छौं’ परियोजनाका बहिरगमन कार्यक्रमको अवसरमा वडा शिक्षा समितिले पञ्च वर्षिय रणनीतिक योजना सार्वजनिक गरेको हो । पञ्च वर्षिय योजना सार्वजनिक गर्दै वडा शिक्षा समिति अध्यक्ष एवं वडा अध्यक्ष नवराज आचार्य भन्नुभयो–“हामी सिक्न सक्छौं परियोजनाले वडामा शैक्षिक सिकाई उपलब्धिमा योगदान पु¥याएको थियो । तर परियोजनाको समयवधि पूरा नभई परियोजना बहिरगमनको अवस्थामा पुग्दा हामी सबै दुःखित बनाएको छ । परियोजनाबाट शैक्षिक सिकाईमा उपलब्धिहरु निरन्तरताका लागि चुनौतिहरु छन् । तर ति चुनौतीहरुलाई सामान गर्दै परियोजनाको शैक्षिक सिकाई उपलब्धिहरुलाई निरन्तरता दिन्छौं ।”

यस वडामा शैक्षिक सिकाईमा महत्वपूर्ण योगदान पु¥याउने सेभ द् चिल्ड्रन र मानव अधिकार सेचतन केन्द्र (हुरेक) नेपाललाई वडा शिक्षा शिक्षा समितिको तर्फबाट वडा शिक्षा समितिको तर्फबाट उहाँले धन्यवाद व्यक्त गर्नुभयो । परियोजनाबाट सिकाई उपलब्धिहरुलाई वडा शिक्षा समितिको रणनीतिक योजनामा समावेश गरी प्रभावकारी कार्यन्वयनका लागि सम्पूर्ण सरोकारवाला निकायहरुसँग सहकार्य समन्वय गर्ने समेत समेत वडा शिक्षाको तर्फबाट प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । वडा शिक्षा समितिले तय गरेको पञ्च वर्षिय योजना कार्यन्वयनका लागि विद्यालय व्यस्थापन समिति पदाधिकारी, अभिभावक शिक्षक संघ, शिक्षा, अभिभावक सहितका सरोकारवाला निकायरुलाई वडा शिक्षा समिति अध्यक्ष आचार्यले अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रम मानव अधिकार सेचतन केन्द्र (हुरेक) नेपाल रोल्पाको कार्य समिति सचिव हस्तमाली बाठामगरले संस्थाले मानव अधिकारहरुको क्षेत्रमा काम गर्दै आउने क्रममा बालबालिकाहरुले गुणस्तरीय शिक्षाका लागि हामी सिक्न सक्छौं परियोजना सञ्चालन गरेको बताउनुभयो । परियोजनाको समयवधि समाप्त भएका पनि परियोजनाबाट शिक्षण सिकाई उपलब्धिहरुलाई निरन्तरता दिँदै आवश्यकताको आधारमा नयाँ कार्य योजना निर्माण गरी अगाडि बढेको अवस्थामा पक्कै पनि गुणस्तरीय शिक्षा प्रदानको सहज वातावरण सिर्जना बताउनुभयो । त्यसैगरी कार्यक्रममासेभ द् चिल्ड्रन रोल्पा जिल्ला संयोजक दिलकमल, महिला मानव अधिकार सञ्जालकी तिर्था आचार्य, वडा शिक्षाको पञ्च वर्षिय योजना निर्माण कार्यदल सदस्य एवं होलिभिजन आवसीय माध्यमिक विद्यालय रोल्पा नगरपालिका लिबाङ रोल्पाको प्रधानाध्यापक ओम के.सी, बाल मन्दिर आधाभूत विद्यालय रोल्पा नगरपालिका रोल्पाको बाल क्लव अध्यक्ष निमबहादुर विष्ट अतिथिहरुले मनतव्य राख्नुभएको थियो । परियोजनाको लक्ष्य, उद्वेश्य, उपेक्षित उपलब्धि, क्रियाकलपा, संख्यात्मक, गुणात्मक उपलब्धि, सिकाई विषयवस्तुको प्रतिवेदन मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाकी सामना आचार्यले प्रस्तुत गर्नुभएको थियो । परियोजना कार्यन्वयको क्रममा सहयोगी भूमिका निर्वाह गरेको भन्दै सेभ द् चिल्ड्रन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको तर्फबाट वागेश्वरी प्राथमिक विद्यालय ४ रोल्पाल नगरपालिका रोल्पा र बाल मन्दिर आधारभूत विद्यालय ४ रोल्पा नगरपालिका रोल्पालाई बधाई पत्र सेभ द् चिल्ड्रन रोल्पा जिल्ला संयोजक दिलकमल क्षेत्री सहितका अतिथिहरुले प्रदान गर्नुभएको थियो । त्यसैगरी वडाको शिक्षा क्षेत्रमा महत्वूर्ण योगदानलाई कदर गर्दै मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पा, सेभ द् चिल्ड्रन रोल्पा जिल्ला संयोजक दिलकमल क्षेत्री र मानव अधिकार सेचतन केन्द्र (हुरेक) नेपाल रोल्पाका सामना आचार्यलाई कदर पत्र प्रदान गरेको थियो भने वडाको शिक्षा समितिको पञ्च वर्षिय योजनाको कार्यदल समितिलाई प्रशंसा पत्र समेत वडा कार्यालय प्रदान गरेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभाव संघको पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी सहितका सरोकारवाला निकायहरुको सहभगिता थियो । वडा शिक्षा समिति अध्यक्ष नवराज आचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चाल बाल मन्दिर आधारभूत विद्यालय रोल्पा नगरपालिका ४ लिबाङ रोल्पाको शिक्षक भगवती मल्लले गर्नुभएको थियो भने स्वागत वागेश्वरी प्राथमिक विद्यालय ४ रोल्पा नगरपालिका रोल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं वडा सदस्य हरिजङ गुरुङले गर्नुभएको थियो ।

You may also like