वैदेशिक रोजगारीमा रहनुभएका शिक्षा प्रेमी खड्काबाट विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

चन्द्र रोकामगर
बडाचौर रोल्पा


लुङ्ग्री गाउँपालिका ४ नं. वडा सालडाँडा रोल्पा निबासी हाल कतारको वैदेशिक रोजगारीमा जानुभएका शिक्षा प्रेमी देविसिङ खड्काले विजयश्वरी आधारभूत विद्यालयका ३८० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्री वितरणले विद्यार्थीहरुको अध्ययनमा थप सहयोग पुग्ने भएको छ ।


उक्त कार्यक्रमको प्रमुख अतिथि एवं विजयश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत विष्टले शैक्षिक सामाग्रीको अभावमा विद्यालय छाड्नु पर्ने विद्यार्थीहरुको बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा रहनुभएका शिक्षा प्रेमी देविसिङ खड्काबाट प्रदान शैक्षिक सामाग्रीले विद्यार्थीको अध्ययनमा थप सहयोग पुग्ने बताउनुभयो । साथै विद्यालयलाई हालसम्म कुनै सरकारी तथा गैर सरकारी संघ संस्थाबाट सहयोग नभएको अवस्थामा विद्यार्थीहरुको आवश्यकको पहिचान गरी वैदेशिक रोजगारीबाट शैक्षिक सामाग्रीको व्यवस्था गर्नु हुने शिक्षा प्रेमी खड्कालाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यस्तै शिक्षा प्रेमीहरुको साथ र सहयोगबाट नै शैक्षिक सामाग्रीको अभावमा विद्यालय छाड्नु पर्ने विद्यार्थीहरुको बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै विद्यार्थीहरुलाई नियमित विद्यालयमा सहभागी बन्ने वातावरण सिर्जना गर्नुपर्ने प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्टले बताउनुभयो । उहाँले विद्यालय र विद्यार्थीलाई एक जनाबाट नै प्रयाप्त आर्थिक तथा शैक्षिक सामाग्री सहयोग सम्भव छैन । तर यसरी शिक्षा प्रेमीहरुको सक्दो सहयोगबाट नै विद्यालय र विद्यार्थीलाई सहयोग गर्न सकिने जोड दिनुभयो । विद्यालय र विद्यार्थीको निम्ति सम्पूर्ण शिक्षा प्रेमीहरुलाई सक्दो सहयोगका लागि समेत कार्यक्रममा उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा शिक्षा प्रेमी खड्काले आगामी दिनमा पनि यस विद्यालय र यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निम्ति सक्दो आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्ने समेत प्रतिवद्वता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“म पनि धेरै धनि भएर विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको होइन । म राम्रोसँग अध्ययन नगर्दा आज खाडी मूलकमा रोजगारीको निम्ति भोतारिनु पर्ने बाध्यता छ । तर म राम्रोसँग अध्ययन गर्नुपर्ने वातावरण सिर्जनाको निम्ति मेरो व्यक्तिगत र पारिवारिक खर्च कटौटी गरी विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीको व्यवस्था गरेको हुँ ।” मलाई विश्व छ, यस विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्रीको सदुपयोगसँगै अध्ययनमा थप प्रोत्साहन मिल्नेछ । साथै मेरो सक्दो शैक्षिक सामाग्री प्राप्त गरेका विद्यार्थीहरु भविष्यमा आफ्नै ठाउँमा स्वरोजगारी तथा जागिरी बनेको देख्न पाउनेछु, शिक्षा प्रेमीले भन्नुभयो ।

शैक्षिक सामाग्री सहयोगी दाता एवं शिक्षा प्रेमी देविसिङ खड्कालाई विद्यालयले कार्यक्रममा सम्मान समेत गरेको छ । शिक्षा प्रेमी खड्काले विगतदेनि नै वैदेशिक रोजगारीबाट छुट्टीमा आउँदा समेत विद्यालय र विद्यार्थीहरुलाई सक्दो सहयोग गर्दै आउनुभएको प्रमुख अतिथि विष्टले बताउनुभयो ।

सोही क्रममा विद्यालयको कक्षा १ मा बसाई व्यवस्थापनका लागि रु ३५ हजार बराबरको न्यानो कर्पेट समेत प्रदान गर्नुभएको छ । साथै विद्यालयका ३८० जना विद्यार्थीलाई रु २० हजार बारबरको शैक्षिक सामाग्री वितरण गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ अध्यक्ष, शिक्षक, विद्यार्थी, अभिभावक लगायतका सरोकारवाला निकायहरुको सहभागिता थियो । विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव एवं प्रधानाध्यपक मानिक विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन निर्मल जी.सी.ले गर्नुभएको थियो भने स्वागत शिक्षक शुभराम गिरीले गर्नुभएको थियो ।

 

You may also like