रेडियो माडी आवाज नियमित प्रशारण

मनिसा राई
घर्तीगाउँ रोल्पा
मंसिर २ गते
रोल्पामा सञ्चार माध्यमको बिकास तीव्र रुपमा भइरहेको छ । यसैक्रममा माडी गाउँपालिका घर्तीगाउँमा रोल्पा माडी बहुउद्देश्यीय समाज बिकास केन्द्र रोल्पाद्वारा सन्चालित सामुदायिक रेडियो माडी आवाज एफ एम ९८.६ मेगाहर्जको औपचारिक उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले रेडियो माडी आवाजको हरेक गतिबिधिमा गाउँपालिकाको साथ र सहयोग सदैव रहने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अतिथि नेपाल पत्रकार महासघ रोल्पाका अध्यक्ष मानसिंह बिकले रेडियोको प्रगतिको कामना सहित माडी आवाजले रोल्पाको पश्चिम क्षेत्रका जनताको आर्थिक, सामाजिक, राजनितिक, सास्कृतिक, भाषा लगायत सबै क्षेत्रको बिकासमा योगदान पुरयाउने आशा सहित शुभकामना व्यक्त गनुभयो । साथै उहाँले सन्चार क्षेत्र निष्पक्ष, स्वतन्त्र हुनुपर्ने कुरामा जोड समेत दिनुभयो । कार्यक्रमका अध्यक्ष तथा रेडियो माडी आवाजका अध्यक्ष भरतबहादुर बुढामगरले रेडियो माडी आवाजले समाजमा रहेका बिकृति बिसगतिलाई अन्त गर्नेतर्फ लागिपर्ने, आवाजबिहिनहरुको आवाजलाई बुलन्द गर्ने माध्यम बन्ने बताउनुभयो । उहाँले रेडियो माडी आवाजलाई सबैको साथ र सहयोग अपरिहार्य रहेको कुरामा समेत जोड दिनुभयो । ०७४ असोज १० गतेबाट परिक्षण प्रशारण सुरु गरको रेडियो आजबाट नियमित प्रशारणमा गएको छ । हरेक घण्टा ताजा समाचारका साथ बिभिन्न चेतनामूलक तथा मनोरन्जनात्मक रेडियो कार्यक्रमहरुका साथमा बिहान ५ ः ३० देखि राति १० बजेसम्म प्रशारण हुने रेडियो ९८.६ मेघाहर्जमा सुन्न सकिन्छ । कार्यक्रममा माडी गाउँपालिका उपाध्यक्ष घनिकला घर्तीमगर, नेकपा (माओवादी केन्द्र) माडी गाउपालिका अध्यक्ष अमरसिह घर्ती ‘मित्रमणी’, नेकपा एमाले माडी गाउँपालिका संयाजक प्रेमबहादुर घर्ती, नेपाली काग्रेसका गणेश घर्तीमगर, २ का वडाअध्यक्ष ललित घर्तीमगर, माडी गउपालिका वडा नं.१ का वडाअध्यक्ष आम बहादुर घर्ती ‘प्रभात’, माडी गाउपालिका ३ का वडाअध्यक्ष दल बहादुर घर्ती ‘कासन’, गाउकार्यपालिका सदस्य बिनय परियार, कृष्ण माविका प्रअ शिव घर्ती, शिक्षक महासंघ माडी गाउँपालिका अध्यक्ष यज्ञबहादुर डाँगी लगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो । उहाँहरुले रोल्पा जिल्लामध्ये पनि पश्चिम क्षेत्रका जनताको लागि योगदान पु¥याउनको लागि शिक्षक महसंघ माडी गाउपालिका अध्यक्ष यज्ञ बहादुर डाँगी लगायतले रेडियोको प्रगतिको कामना सहित रोल्पा जिल्लामा रेडियो माडि आवाजले पश्चिम रोल्पाको बिकासमा योगदान पु¥याउने पुर्ण बिश्वास व्यक्त गरेका थिए । उनीहरुले रेडियो कुनै राजनितिक दलको पेवा नभई समावेशि, निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
साथै अन्य अतिथिहरु माडी गाउपालिका २ का वडासदस्य बन्दना घर्ती, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य एवम माडी ५ का नेकपा माओबादी केन्द्रका पार्टी अध्यक्ष इन्द्र बहादुर सितिमहर बिक, माडी गाउपालिका वाइसियल अध्यक्ष तेजेन्द्र बुढा संकलन, रेडियो जलजलाका प्रतिनिधि उषा मगर लगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष कमानसिं बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको बारेमा रेडियोका स्टेशन म्यानेजर बुद्धिमान वलीले प्रष्टयाउन’भएको थियो भने कार्यक्रमको सन्चालन रेडियोका कार्यक्रम प्रम’ख बिरसिं वलीले गर्न’भएको थियो ।

You may also like