गुरुङगाउँ सामुदायिक होमस्टेद्वारा कोरोना रोगको नियन्त्रणका लागि गाउँघर ब्यवस्थापन समिति गठन

देवी कुमारी गुरुङ
बैसाख २ रोल्पा


विश्वब्यापी महामारीका रुपमा फैलीरहेको कोरोना भाईरस कोभिड १९ को रोकथामका लागि गुरुङगाउँ सामुदायिक होमस्टे रोल्पा नगरपालिका ४ गुरुङगाउँले विभिन्न निर्णय गरेको छ । गुरुङगाउँ पर्यटन विकास समितिद्धारा सञ्चालित गुरुङगाउँ सामुदायिक होमस्टे सन्चालक समितिका अध्यक्ष, रोल्पा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य हरीजङ गुरुङको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस नियन्त्रणका लागि गाउँघर ब्यवस्थापन समिति गठन गरेको छ । दिलबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । भने ४ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा अध्यक्ष दिलबहादुर गुरुङ, उप संयोजक तिर्सना घले, सचिव प्रदिप गुरुङ, पवित्रा गुरुङ, नन्दलाल गुरुङ, बलबहादुर घले, दलबहादुर घले, मनबहादुर गुरुङ, प्रविण गुरुङ, भगवती घले, मनप्रसाद केसी, हिमा गुरुङ, भेषराज घले, मन्जु घले, जनक गुरुङ लगायत रहनुभएको छ ।

यसैगरी सल्लाहकारमा जनप्रतिनिधि हरीजङ गुरुङ, समाजसेवी मानबहादुर गुरुङ, बयोबृद्ध तथा समाजसेवीहरु श्यामसर घले र कुलबहादुर गुरुङ रहनुभएको छ । समितिको बैठकले गुरुङगाउँ होमस्टे गाउँ भएको हुँदा केही समय अगावै सूचनाद्वारा होमस्टे सञ्चालन तथा अन्य आवत जावत बन्द गर्ने निर्णय गरेको थियो यसलाई पुन ः दोहराउँदै राज्यले गरेको लकडाउन अवधिभर गुरुङगाउँमा अत्यावश्यकीय सवारी साधन बाहेक अन्य कुनैपनि सवारी साधनहरु सन्चालन गर्ने, अन्य गाउँका मान्छेहरु तथा बजारका मान्छेहरुलाई आवत जावतमा पूर्णरुपले रोकलगाउने निर्णय गरेको छ । यसैगरी डम्पीङ साईडमा फोहोर फयाँक्नका लागि फोहोर फाल्ने गाडीलाई सुरक्षित स्थान सम्म पुरयाउनका लागि सेनिटाईजर प्रयोग गरेर मात्रै गाडी आवत जावत गराउनका लागि अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष हरीजङ गुरुङले जानकारी दिनुभयो ।
सरकारले गरेको लकडाउन अवधिभर गाउँका सबैमान्छेहरुले अनिवार्य होमकवारेन्टाईमा बस्नुपर्ने र बाहिरी जिल्लाबाट कदमकदाचित कुनै मान्छेहरु गाउँमा प्रवेश गरेमा गुरुङगाउँको सामुदायिक भवनमा होम क्वारेन्टाईनका लागि ब्यवस्थापन गर्ने निर्णय गरेको छ । हाल गुरुङगाउँबाट रोजगारीको र अध्ययनको शिलशिलामा गएकाहरु जिल्ला बाहिर गएका २२ जना, भारतमा ५१ जना, तेश्रो मुलुकमा २२ जना गरी ९५ जनाको नामावली संकलन गरेर राखि सम्बन्धित निकायमा जानकारी दिने निर्णय गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
गुरुङगाउँका प्रत्येक घरधुरी ७१ घरधुरीलाई हातधुनका लागि लाईफबोय साबुन २ प्रतिका दरले वितरण गर्ने निर्णय गरियो । साथै प्रत्येक घरधुरीले आ आफनै तरिकाले मास्क खरिद गर्ने निर्णय गरेको भने गुरुङगाउँको होमस्टे, आमा समूह र सिद्धथान सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा कोरोना रोकथामका लागि सचेतनामूलक प्रचार प्रसार गर्ने, ब्यानर छपाईका कार्यहरु गर्ने निर्णय गरेको हो ।
यसैगरी गुरुङगाउँको सार्वजनिक स्थानहरुमा धुम्रपान, मद्यपान , जुवातास खेल्ने, खेलाउने कार्यहरु नगर्ने र यदि कसैले अटेरी गरेमा सामाजिक रुपमा कारवाही गरी सम्बन्धित स्थानमा कारवाहीका लागि पठाउने निर्णय गरियो । यसैगरी गुरुङगाउँको सिद्धथान सामुदायिक बन उपभोक्ता समितिको बनक्षेत्रभित्र यो गर्मी मौसममा आगलागी हुन सक्ने भएको हुँदा सबैले विशेष सावधानी अपनाउने, बनक्षेत्रभित्र बन्यजन्तुको चोरी शिकारी बन्द गरिएको हुँदा यदि कसैले यस्तो कार्यहरु गरेवा गराएमा बन ऐन अनुसार कारवाही गर्ने निर्णय गरेको बन समुहका अध्यक्ष दिलबहादुर गुरुङले बताउनुभयो ।
बैठकमा गुरुङगाउँ सामुदायिक होमस्टेका पदाधिकारीहरु, आमा समूहका पदाधिकारीहरु, युवा क्लब, समाजसेवी, बुद्धिजिवि लगायत सबैको सहभागिता रहेको थियो । बैठकले सरकारले गरेको सम्पुर्ण निर्णयको पालना गरेर गुरुङगाउँ सामुदायिक होमस्टेले आफनो कार्यलाई बढावा दिने निर्णय गरेको गुरुङगाउँ सामुदायिक होमस्टे प्रचार समितिले जनाएको छ ।

You may also like