बैठकमा कार्यालय प्रमुख नियमित नहुँदा औषधी खरीद समस्याको रिर्पाेट

कार्तिक ३ गते
लिबाङ रोल्पा ।


जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुको सूचना अधिकारीहरुको नियमित बैठक आज जिल्ला प्रशासन कार्यालय रोल्पामा सम्पन्न भएको छ । बैठकमा रोल्पा अस्पतालको आफ्ना मिटर बक्स नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको रिर्पाेट पेश समेत भएको छ ।
उक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीले एंव सूचना अधिकारी नवराज शर्माले कार्यालयहरुका सूचना अधिकारीहरुको नियमित बैठकलाई प्रभावकारी बनाउन सबै कार्यालयका सूचना अधिकारी जिम्मेवारी बन्नुपर्ने बताउनुभयो । उहाँले बैठकमा उपस्थित भएको सूचना अधिकारीहरुलाई आगामी महिनाको बैठकमा उपस्थितिका लागि अनुरोध समेत गर्नुभयो । बैठकमा अनुपस्थित कार्यालयका सूचना अधिकारीहरुलाई आगामी बैठकमा उपस्थितका लागि सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत गर्ने सहायक प्रमुख शर्माले बताउनुभयो । उहाँले रोल्पा अस्पताल रेउघामा नियमित रुपमा कार्यालय प्रमुख र मिटर बक्स लगायतका बैठकमा प्रस्तुत समस्याहरुको समाधानको निम्ति सम्बन्धित निकायमा विशेष पहल गर्ने बताउनुभयो । हालसम्म मिटर बक्सको व्यवस्थापन नहुँदा सेवामा उत्पन्न समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाले विद्युत कार्यालयसँग आवश्यक पहल गर्ने बताउनुभयो ।


त्यसैगरी बैठकमा कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाको लेखापाल हेमत्तराज आचार्थ, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाको ब.अ.स. वेगम कुमार हमाल, कृषि ज्ञान केन्द्र रोल्पाको उमेशचन्द्र श्रेष्ठ, स्वास्थ्य कार्यालय रोल्पाको नोखराज पोख्रेल, रोल्पा अस्पताल रोल्पाको सिनियर अ.हे.ब. कुलबहादुर डाँगी, रोल्पा नगरपालिकाको सूचना अधिकारी नवराज रोका, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान, रोल्पा कार्यालयको वीरेन्द्र घर्ती, जलस्रोत तथा सि.वि.डि. कार्यालय रोल्पाको ना.सु. श्यामलाल रावत, जिल्ला निर्वाचन कार्यालय रोल्पाको लभलाइत वली, जिल्ला हुलाक कार्यालय रोल्पाको नन्दुलाल कँवर, मापोत कार्यालय रोल्पाको लक्ष्मी लामा तामाङ, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रोल्पाको कुनेन्द्रराज देवकोटा, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको छौंठौं अधिकृत छविलाल घर्तीमगर, जिल्ला आयुर्वेद कार्यालय रोल्पाको ब.वैद्य जनक खनाल, नापी कार्यालय रोल्पाको अमिन दिनेश डंगौरा, खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा कार्यालय रोल्पाको ओम प्रकाश पोख्रेल र दुर सञ्चार कम्पनी लिमिटेड रोल्पाको कार्यालय प्रमुख कमल के.सी.ले कार्यालयको मासिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा रोल्पा अस्पताल कार्यालय रोल्पाको सिनिय अ.हे.ब. कुलबहादुर डाँगीले अस्पतालको मिटर बक्स हालसम्म पहल गर्दा पनि विद्युत कार्यालय उपलब्ध नहुँदा हालसम्म सेवा प्रवाहमा समस्या उत्पन्न भएको रिर्पाेट प्रस्तुत गर्नुभएको थियो । आगामी दिनमा मिटर बक्सको व्यवस्थापनमा लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गर्नुपर्ने जोड दिनुभयो । साथै उहाँको रिर्पाेट अनुसार अस्पताल लामो समयसम्म कार्यालय प्रमुख बिहीन हुँदा अस्पतालको फार्मेसीको औषधी खरिदमा समस्या उत्पन्न भएको रिपोर्ट प्रस्तुत गर्नुभयो । साथै बैठकमा आगामी उप निर्वाचनको समय नजिकिदै गर्दा जिल्ला निर्वाचन कार्यालय रोल्पाले पनि आफ्नो तयारी तीव्र रुपमा अगाडि बढाएको कार्यालयका लभलाइट वलीले जानकारी दिनुभयो । प्रस्तु रिर्पाेट अनुसार सबै सरकारी कार्यालयहले जनतालाई नियमित रुपमा सेवा प्रवाह गर्दै आएको छ भने आगामी दिनमा पनि गुणस्तरी सेवा उपलब्धमा गराउने प्रतिवद्वता समेत उपस्थित सूचना अधिकारीहरुले व्यक्त गर्नुभयो । बैठक सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरुको उपस्थिति थियो ।

You may also like