रोल्पाको कर्णाली गामबाट पहिलो पटक उमेद्ववार मिना बुढामगर (समानुपातिकतर्फका प्रदेशसभा सदस्य)

मानसिह बिक
रोल्पा ३० कात्तिक
रोल्पा जिल्लाको पूर्वी भाग नेतृत्वको अभाव छ भन्ने कुरा उठीरहेको बेलामा पूर्वी रोल्पाबाट प्रदेशसभा सदस्य समानुपातिक तर्फ उमेद्वार बन्नुभएको छ मिना बुढामगर (मञ्ज) । २०३३ साल बैशाख ३ गते रोल्पाको बडाचौरमा जन्मिभएका मिना बुढामगर हाल आफ्नो पार्टीलाई भोट माग्दै पूर्वी रोल्पाको गाउँ गाउँमा पुग्नु भएको छ । जन्म घर बडाचौर भएपनि कर्मघर रोल्पाका गाम हो । रोल्पाको गाम नेपालको कर्णाली झै मानिन्छ । गामबाट पहिलो पटक प्रदेशसभा सदस्यको उमेद्वार बन्नुभएको छ ।
बराहक्षेत्र मा.वि.बाट एस.एल.सी उतीर्ण गर्नुभएको मिना बुढामगर विद्यार्थी राजनीतिबाटै आन्दोलनमा सरिक हुनुभएको हो । बुवा अने खड्का र आमा मनी खड्काले आन्दोलनमा लाग्नका लागि प्रेरणा प्रदान गरेपछि आन्दोलनमा लाग्नका लागि तयार हुनुभएको हो । २०४६ सालको आन्दोलनको समयमै विद्यार्थी संगठनमा आबद्ध हुँदै राजनीतिक आन्दोलनमा होमिनुभएको । विद्यार्थी संगठनबाट २०४९ सालमा अखिल नेपाल महिला संगठनमा साँगठनिक जिम्मेवारी लिएर जानुभयो । त्यतिबेला नै अखिल नेपाल जनसाँस्कृतिक संघको जिम्मेवारीमा रहदैँ साँस्कृतिककर्मीको भूमिकाबाट रोल्पा जिल्लाका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम गर्दै क्रान्तिका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभयो । मिना बुढामगर र गामका मानबहादुर बुढा ‘विकल्प’ संग बैबाहिक जीवनमा गासिनुभएको थियो ।
२०५० सालमा नेकपा (एकताकेन्द्र) भएपछि २०५२ सालमा जनयुद्ध शुरु भएपछि जनयुद्धमा सहभागी तथा भूमिगत हुनुभयो । महिलाहरु आन्दोलनमा वा लडाईको मोर्चामा जान सक्दैनन् भन्ने भावनाको पनि कडा प्रतिवाद गर्दै जस्तो मोर्चामा भएपनि पार्टी र क्रान्तिको अभिभारा पूरा गर्नका लागि लाग्नुभयो ।
मिना बुढामगर (मञ्जु) २०५३ सालमा स्थानीय छापामार दलको सदस्य हुनुभएको थियो । सैन्य मोर्चाबाट फेरी २०५५ सालमा तत्कालनीन नेकपा (माओवादी) को सेक्रटेरी बन्नुभएको थियो । दुई वर्षसम्म निरन्तर रुपमा एरिया सेक्रेटरीको काम गरेपछि नेकपा नेकपा (माओवादी) को जिल्ला समिति सदस्यको जिम्मेवारी बहन गर्दै अगाडि बढ्नु भयो ।
संगठनको विभिन्न जिम्मेवारीमा काम गर्दै जादा फेरी उहाँको आवश्यकता सैन्य मोर्चामा भयो । उहाँलाई पार्टीले २०५८ सालमा प्लाटुनको राजनीतिक कमिसारको भूमिका निर्वाह गर्नका लागि जिम्मेवारी प्रदान गरेको छ । कम्युनिष्टहरु अन्तर्राष्ट्रिय मान्यता बोक्नु पर्दछ भन्ने महान विचारले मञ्जुलाई पनि निकै नजिकबाटै अनुभूति गराएको थियो । त्यही मान्यता अनुसार २०५९ मा गण्डक अभियानमा सरुवा हुनुभयो । शक्ति विस्तार अयिभान अन्तर्गत २०६० सालमा गण्डक क्षेत्रमा नै कार्यक्षेत्र सरुवा हुनुभएको थियो । जनयुद्धको बेलामा नेपालको भूभागमा मात्रै होइन कि २०६३ सालमा अन्तर्राष्ट्रिय प्रवास व्यूरोमा समेत सरुवा भएर क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी पूरा गर्नुभयो । प्रवास व्यूरोबाट २०६५ सालमा रोल्पा जिल्लामा कार्यक्षेत्रमा सरुवा भई हालसम्म रोल्पा जिल्लामा काम गर्दै आउनुभएको छ ।
निरन्तर रुपमा जनयुद्धको विभिन्न मोर्चा र शान्तिकालीन समयमा संगठनको विभिन्न जिम्मेवारीमा काम गर्दै अहिले नेकपा (माओवादी केन्द्र) केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यका रुपम कार्यरत रहदै हाल समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यतर्फको उमेद्वार बन्नुभएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा पनि समानुपातिक सभाषद्को उमेद्वार बन्नु भएको मिना बुढामगरलाई यस पटक भने आफूलाई पनि परिन्छ र पार्टीले प्रदेशसभा सदस्यमा पठाउने आशा र अपेक्षा गर्नुभएको छ । उहाँले भन्नुभयोः–“पटक–पटक भने उमेद्वार बनेको छु, यस पटक त भौगलिक र लैङ्गिकरुपमा पनि समावेश गर्दछ होला, यस त देश र जनताको सेवा सार्वजनिक पदमा बसेर गर्न पाउँछु कि भन्ने आशा गरेको छु । ”
२०५२ साल फागुन १ गते भूमिगत भई घर छोड्ने बेलामा सबैभन्दा जीवनको अविस्मणीय क्षण भएको बताउने बुढामगरले त्यसै दिनलाई शाहसिक र गर्भ एवं कठिन समय भएको बताउनुभयो । उहाँको लागि २०५८ सालमा घोराही सैन्य क्याम्पस आक्रमणको क्षण पनि निकै जीवनको एउटा अध्याय भएको बताउनुभयो । त्यसैगरी २०५८ सालमा लिस्ने गाम, भिडन्तमा पनि सहभागी भएको दिनलाई पनि भूल्न सनिके दिनको रुपमा सम्झिनु हुन्छ ।
बुढामगरलाई २०६१ सालको गण्डक क्षेत्रको स्याङ्या चित्रे भन्ज्याङ, प्रवास व्यूरो भारतको, २०५८ सालको नेपालको सबैभन्दा बढी सामूहिक हत्याकाण्ड जहाँ ४६ जना जनताले जीवन गुमाएको दिन, डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’को हत्याको दिन झलझल्टी आउने गरेको सुनाउनु हुन्छ ।
उहाँले सार्वजनिक पदमा बसेर काम गर्न पाएमा सभै प्रकारका विभेदको अन्त्यका लागि लड्ने, सम्बृद्ध समाज, सम्बृद्ध अभियानको नारा लिएर अगाडि बढेको बताउनुभयो । सबै महिला दिदिबहिनीहरुको अधिकार सुश्चित गर्ने प्रमुख उद्देश्य भएको बताउनुभयो । शिक्षा स्वास्थ्य वेरोजगार लगायतका विषयमा जनतालाई सम्बृद्ध बनाउने योजना सहित आफू जनताको बीचमा गएको बताउनुभएको छ । उहाँले नेकपा तत्कालीन नेकपा (माओवादी) ले गरिवी, दुखि, सर्वहारा, श्रमजिवी, भोका नाङ्गा जनताको मुद्धालाई हल गर्नका लागि लागेको बताउँदै हाल संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक लगायतको ऐजेण्डाहरु स्थापित गरेको उल्लेख गर्नुभयो । उहाँले शहीदका सपना पूरा गर्नका लागि र यी परिवर्तनका उपलब्धीलाई स्थापित गर्नका लागि यस पटक माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हसियाँ हथौडाको चुनाव चिन्हमा भोट हाल्नका लागि सबै रोल्पालीलाई अनुरोध गर्नुभएको छ ।

You may also like