चौथो सामुदायिक वन दिवस रोल्पामा

चन्द्र रोकामगर
साउन २५ रोल्पा
लिबाङ–रोल्पा


“सामुदायिक वनमा नविनतम् सोच, उत्पादन, उद्यम र समृद्धिमा जोड” भन्ने मुल नाराका साथ चौथो सामुदायिक वन दिवस–२०७६ रोल्पामा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको रोल्पाका सूचना हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समतिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले नेपालको वन संरक्षण गरी जनताको अर्थिक विकासमा लगानी गर्नुपर्ने बताउनुभयो । साथै उहाँले रोल्पा जिल्लाको नाङ्गो पाखाहरुमा विक्षारोपन गरी हरियाली बनाउँन र समुदायको आय स्तर विकास गर्नका लागि निरन्तर लाग्नु पर्ने बताउनुभयो । उहाँले वन क्षेत्रमा नोक्सानी गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्मा, नेपाली कांग्रेस रोल्पाका प्रतिनिधी कविता उपाध्याय, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, नेपाल रेडक्रस रोल्पाका मन्त्री अमर जिएम, नेपाल पत्रकार महासंघ रोल्पाका पाँचौ अधिवेशनबाट निर्वाचत पहिलो प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ रोल्पा शाखाले आर्थिक वर्ष २०७५÷०७६ वर्षमा उत्कृष्ट रुपमा रहेका सामुदायिक वन र कवुलियटी वन समूहलाई पुरस्कृति गरिएको थियो । जसमा प्रथम सामुदायिक वन उपभोक्ता समूह साुदायिक वन समूहमा उत्कृष्ट चिन्ने खर्क सा.स. रुन्टीगढी ७ रोल्पा लाई सम्मान पत्र सहित ७ हजार रुपैपयाँ, द्वितीय रेउघा सामुदायिक वन उपभोक्ता समिति रोल्पा न.पा. २ रेउघालाई सम्मान पत्र र ५ हजार रुपैयाले, वराहक्षेत्र समुदायिक वन उपभोक्ता समूह सुनिल स्मृति २ रोल्पालाई रु. ३ हजारले पुरस्कृत गरिएको थियो ।
यसैगरी कवुलिटी वन उपभोक्ता समूह कालेछहरा सामुदायिक वन रोल्पा नगरपालिका ९ ह्वामालाई प्रथम, सिद्धेचुली सा.स.सुनिल स्मृति ८ र ठाडोत्तिा कबुलियटी वन उपभोक्ता समूह परिवर्तन ६ इरिबाङ द्वितीय, तृतिय तात्के कवुलिती वन परिवर्तन २ राङ्सी रोल्पालाई तृतीय पुरुस्कारले सम्मान गरिएको थियो ।
कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मानसिसंह डाँगीको अध्यक्षतामा भएको थियो भने डिभिजन वन कार्यालय रोल्पाका बाबुराम पोख्रेलेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागि एवं कार्यक्रमको बारेमा डिभिजन कार्यालय रोल्पाका डिभिजन वन अधिकृत दधिलाल कडेलले स्वागत गर्नुभएको थियो ।

वनलाई नेपाली जनताको समृद्धिमा लगाऔँ ।
“नेपालको धन, हरियो वन भन्ने हाम्रो सबैको जनजिव्रोमा झुण्डिएको छ । नेपालको समृद्धिको आधारमध्ये एउटा महत्पर्ण अंग हो नेपाल वन । नेपालको जंगललाई नेपाली जनताको हितमा प्रयोग गर्न सकेमा मात्रै हाम्रो समृद्धि हुन्छ । तर, हामीले नेपालको वनलाई हाम्रो जीवनमा उपभोग गर्न सकेमा मात्रै हाम्रो जीवन र वनको समन्ध दीगो बन्दछ ।


मानिसलाई अनिवार्य आवश्यक पर्ने अक्सिजनदेखि दैनिक जीवनमा आई पर्ने समस्यालाई सामाधान गर्नका लागि वनको अनिवार्य हुन्छ । नेपालको वन क्षेत्रलाई समुदायको हातमा सुम्पदै समुदायको विकासमै लगानी गर्नका लागि समुदायहरुको सक्रियतामा वन व्यवस्थापन गरी समुदायको सहभागितामा देशैभरी समुदायिक वन समूहलेसञ्चालन गरिरहेका छन् । मानव जीवन र जमिन, जंगल, जलको निकै महत्वपूर्ण समन्ध रहेको छ । नेपालमा रहेको वनलाई अझै व्यवस्थित रुपमा व्यास्थापन गर्न सकेमा अmभै हामी नेपालीको जीवनमा समृद्धि हुन्छ । त्यसर्थ हामीले वाँकी रहेका खाली र नाङ्गो डाँडाँमा विरुवा रोप्न र नेपालको वनलाई अmभै विकास गर्नका लागि लाग्न जरुरी छ । नेपालका सबैभन्दा नमूना योग्य काम पनि सामुदायिक वन समूहबाट सम्पादन भएको छ । तर कतिपय वन समूहका पदाधीकारीहरुले वनलाई आफ्नो गरिखाने माध्यम नवनाएका पनि होइनन् । तसर्थ नेपालमा जमिनमा वोट विरुवा रोपेर हरियाली बनाआँै । हाम्रो नेपाललाई हरियो बनाउँदै नेपाली जनताको आर्थिक समृद्धि सपनालाई साकार पार्नु पर्दछ ।
नेपालमा भएका सामुदायिक वन समूहहरुले आफ्नो वन जंगल आफैले संरक्षण र उपभोग गरेका छन् । आगामी दिनमा पनि सामुदायिक वन समूहहरुलाई साच्चिैकै अग्रसर बनाउँदै हरेक नाङ्गो पाखा पेखेरामा वोट विरुवा रोपेर हरियाली बनाआँै, समृद्धीको वलियो आधार वनलाई संरक्षण र सम्र्वद्धन गरौँ । रोल्पालाई पनि हरियाली बनाआँै । सामुदायिक वन दिवस २०७६ को हार्दिक शुभकामना ।

You may also like