शाखा रहित बैङ्क घर्तीगाउ रोल्पामा ३ लाख चोरी मनिषा राई ÷

मनीसा राइ
फाल्गुन ११ रोल्पा
रोल्पा जिल्ला माडी गाउँपालिका २ घर्तीगाउँमा अवस्थित ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा सन्चालित ‘‘शाखारहित बैङिकङ सेवा’ तथा विविसि भाडा पसल माडी २ घर्तीगाउमा चोरी भएको छ ।
शुक्रबार बिहान करिव २ बजेतिर घरको पछाडिबाट रठको प्रयोगबाट धोका खोलेर चोरी गरेको र सोहि स्थानबाट नै डोरी लगाएर भागेको हुनसक्ने पसलका प्रोप्राइटर तथा ग्लोवल आइएमई बैंक लिमिटेड माडी गाउँपालिका रोल्पाका आधिकारिक प्रतिनिधि कमल घर्तीमगरले जानकारी दिनुभयो । अन्दाजी ३ लाख ७५ हजार नगद सहित सामसुङ र ए फाइभको मोवाइल सेट समेत चोरी भएको छ । चोरी कसले ग¥यो भन्ने बारे पत्ता लागेको छैन । यता इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाले भने घटनाबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ । उक्त बैङ सेवा गत माघ २९ गते उद्घाटन गरीएको थियो ।

You may also like