कोरोना विरुद्ध रोल्पामा तिव्रता बनाइदैछ १० हजार ८४६ जनाको स्वास्थ्य परिक्षण

मानसिंह विश्वकर्मा
चैत्र २६ लिबाङ

विश्वव्यापी महामारीकोरुप कोरोना भाइरस (कोभिड १९) फैलिरहेको बेलामा रोल्पा जिल्लामा यसको संक्रमण रोकथामका लागि गरिएको प्रयास निकै प्रभावकारी बनेको छ । त्यसैले पछिल्लो चरणमासरोकारवाला निकायदेखि नागरिकसम्म सुरक्षित भएको अनुभूति गरेका गरिहेका छन् ।
रोल्पा जिल्लामा सरकारले गरेको लकडाउन, प्रशासन एवं सुरक्षा निकायले गरेको कडा चेकजाँच र स्वास्थ्यकर्मीहरुरुले अपनाएको सावधानीपूर्ण उपचार, स्थानीयतहरुले गरेको व्यवस्थापनका कारणले नै सामान्य बनेको छ । साथै जनप्रतिनिधीहरुले चालेको कडमका कारणपनि नागरिकहरुले सन्तोष जनक रुपमा नै रहेको प्रक्रिया आईरहेका छन् ।
रोल्पा जिल्लामा हालसम्म १० हजार ८४६ जनाको स्वास्थ्य परिक्षण गरिको छ भने ४ जनाको स्वाव परिक्षण टेकु अस्पतालमा पठाइएको थियो । रोल्पा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर, प्राथमिक स्वास्थ केन्द्र होलेीबाट पठाएको थियो । सबैको रिपोट नेगिटिभ आएको रोल्पा स्वास्थ्य कार्यालयले बताएको छ ।
रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा कमाण्ड पोष्टका प्रमुख लक्ष्मण ढकालको नेतृत्वमा अगाडि बढिरहेको छ । जिल्ला स्वासथ्य कार्यालयका प्रमुख अनिल केसीले रोल्पा जिल्लामा पहिलो फेजमै रोक्न र दोस्रो चरणमा प्रवेश गर्न नदिनका लागि सबै जिम्मेबार बन्नु पर्ने बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनको संयुक्त सहकार्यमा हरेक ३ बजे प्रत्येक स्थानीयहका स्वास्थ्य प्रमुखहरुले रिपोटिङ गर्दछन् त्यसको संक्षिप्तमा फेरी जिल्ला प्रशासन र रोल्पा स्वास्थ्य कार्यालय स्वास्थ्य मन्त्रालयमा रिपोटिङ गर्ने गरिरहेको रोल्पा स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक अरुण भितुले बताउनुभो ।
सो अनुसार रोल्पा जिल्लामा २५ गतेसम्मको रिपोर्ट अनुसार जेकजाँच गरेको संख्या १०८४६ जना, क्वारेन्टाइनको बेड संख्या जम्मा ५८३, क्वारेन्टाईनमा बसेको सामान्य व्यक्ति ३२ महिला २१४ जना पुरुष गरी २४६ जना, विरामीको सख्या नभएको, स्वाव परिक्षण गरेर नेभिटिभ भएको संख्या ४ जना, जम्मा पि.पी.पी. २५८ रहेको जानकारी गराएको छ ।


रोल्पा जिल्लामा नेपाल सरकारले गरेको लकडाउन, सुरक्षा निकायले गरेको कडा सुरक्षा व्यवस्था, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सञ्चारक्षेत्रको निरन्तर पैरवी लगायत नागरिकको साथमा रोल्पा जिल्लामा प्रभावकारी बनेको छ । त्यसलाई अझै आत्मसाथ गर्नु नै जरुरी देखिन्छ ।

 

You may also like