नीजि क्षेत्रको सहभागितामा नेपाल समृद्ध राष्ट्र« सम्भव छः प्रमुख अतिथि ढकाल

लिबाङ रोल्पा
असोज २८ गते ।

नेपाल सरकारले तय गरेको यात्रा समृद्ध र विकासका लागि नीजि क्षेत्रको सहभागितामा सम्भव भएको धारणा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय पूर्व अध्यक्ष÷वरिष्ठ सदस्य एवं सार्क उद्योग संघको उपाध्यक्ष चन्दीराज ढकालले बताउनुभयो । मंगलबार लिबाङमा आयोजिक रोल्पा उद्योग वाणिज्य संघको १६ औं साधारण सभामा उहाँले यस्तो धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि चन्दीराज ढकालले सम्पूर्ण व्यवसायीहरुको हक र अधिकार सुनिश्चित्ताको निम्ति नेतृत्वदायी भूमिका महासंघले गर्दै आएको अवस्थामा व्यवसायीहरुको हितमा आगामी दिनमा महासंघ सशक्त बन्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । उहाँले भन्नुभयो–“महासंघको केही व्यक्तिहरुको स्वार्थकै कारण व्यवसायीको हितमा वर्तमान कार्य समिति व्यवसायीको हितमा सक्रिय बनेको छैन । जसले व्यवसायीहरुको व्यवसायीमा समस्या उत्पन्न भएको छ ।” आगामी दिनमा आम व्यवसायीको हितमा महासंघको पदाधिकारीहरुलाई सक्रिय बन्न महासंघको विधान संशोधनको भए पश्चात् आम व्यवसायीको हितमा काम गर्ने नेतृत्व चयन हुने उद्घोष समेत उहाँले गर्नुभयो ।

साथै व्यवसायीहरुको हक अधिकार सुनिश्चित्ताका लागि आम व्यवसायी एकता र खराब प्रवृतिहरु अन्त्य गर्नुपर्ने प्रमुख अतिथि ढकालले जोड दिनुभयो । नेपाल सरकारको सकरात्मक कार्यको महासंघले समर्थन गर्दै कार्यन्वयनमा सहयोगीपूर्ण भूमिका निर्वाह गर्दै आएको छ तर सरकारको गल्त कार्यहरुको विरोध र खबरदारी गर्दै व्यवसायीको हितमा काम गर्ने दबाब दिँदै अगाडि बढ्दै आएको उहाँले बताउनुभयो । ठूला–ठूला विकसित राष्ट्रहरुको व्यपार नीतिको बीचबाट नेपालको व्यापार व्यवसायी गर्दा व्यापार व्यवसायीमा प्रभाव परेको धारणा समेत व्यक्त गर्नुभयो । अहिले आम व्यवसायीहरुमा बढ्दो चिन्ताको विषय करको विषय बनेको अवस्थामा नेपालका संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहहरुले व्यवसायीको निम्ति सोच्नै पर्ने प्रमुख अतिथि ढकालले बताउनुभयो । व्यवसायीको करबाट जटि विकास हुनुपर्ने हो तर विकासको तुलनामा भ्रष्टाचारवृृद्धि भएको चिन्ता व्यक्त समेत प्रमुख अतिथि ढकालले व्यक्त गर्नुभयो । हामी व्यवसायी राष्ट्र प्रति जिम्मेवारी भूमिका निर्वाह गर्न तयार छौं तर भ्रष्टाचारको विरोधमा आम व्यवसायीहरु आन्दोलित बन्ने वातावरण सिर्जना नगर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहलाई चेतवानी दिनुभयो । जिल्लाका व्यवसायीहरुको समस्यामाधानको निम्ति सम्बन्धित स्थानीयतह, उद्योग वाणिज्य संघ र व्यवसायी बीच व्यापक अन्तरक्रिया गर्नेपर्ने सुझाव समेत उहाँले व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल उद्योग महासंघ केन्द्रीय दोय सदस्य केशवराज श्रेष्ठ भारी, किशोर कुमार आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ ५ नंं. प्रदेश नेपालको उपाध्यक्ष हेमराज बन्जाडे, रोल्पा नगरपालिकाको उप प्रमुख मनकुमारी घर्तीमगर, सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली काँग्रेस रोल्पा जिल्लाको कार्यबाहक सभापति खटकबहादुर खत्री, लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, सुन्छहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगर, माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगर, जिल्ला खेलकुद विकास समिति रोल्पाको संस्थापक अध्यक्ष एवं जिल्ला शिक्षा समिति सदस्य कृष्णबहादुर घर्तीमगर, गुल्मी उद्योग वाणिज्य संघको अध्यक्ष श्रीप्रसाद भालक्री राना, दाङ उद्योग वाणिज्य संघको अध्यक्ष नारायण भुसाल, तुल्सिपुर उद्योग वाणिज्य संघको वीरु रावत, प्यूठान उद्योग वाणिज्य संघको अध्यक्ष केवारमान कक्षपति, रोल्पा उद्योग वाणिज्य संघको पूर्व कानुनी सल्लाकार अधिवक्ता जितविक्रम मल्ल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डी.वी. टुहुरो लगायतका अतिथिहरुले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

रोल्पा उद्योग वाणिज संघको अध्यक्ष विश्वकुमार चन्दको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा यस जिल्लाको छिमेकी जिल्लाका उद्योग वाणिज्य संघको सदस्य, रोल्पा उद्योग वाणिज्य संघको साधारण सदस्य लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । रोल्पा अस्पतालामा विरामीहरुलाई पटक पटक रक्तदान गरी उपचारमा सहज वातावरण सिर्जना गर्ने अस्पतालका दोय डाक्टर अनिल जी.सी. र प्रकाश बुढामगरलाई दोसल्लाह ओढाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि, अतिथि लायतका सहभागितहरुलाई स्वागत रोल्पा उद्योग वाणिज्य संघको अध्यक्ष विश्वकुमार चन्दले गर्नुभयो । साधारण सभाको सञ्चालन रोल्पा उद्योग वाणिज्य संघको महासचिव मिलन रोकाले गर्नुभएको थियो भने साभको समापन उपाध्यक्ष केशव आचार्यले गर्नुभएको थियो ।

You may also like