सुनिलस्मृति गाउँपालिले ४० लाख विपत् व्यवस्थापन कोष स्थापना, विपन्न परिवारलाई राहत वितरण गर्ने

रोल्पा समाचारदाता
सुलिचौर रोल्पा
चैत्र २२

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाकाको आकस्मिक कार्यपालिका बैठक विहिवार सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा बसेको वैठकबाट ४० लाख विपत् व्यवस्थापन कोष स्थापना, विपन्न परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रवक्ता नमराज थापाले जारी गरेको प्रेस विज्ञप्तीमा कोष स्थापना तथा राहत वितरणबारे जानकारी गराइएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘कोरोना भाइरस विरुद्ध हाल सम्म वडा र गाउँपालिकाबाट गरिएको गतिविधिको समिक्षा सम्पन्न, एघारौँ कार्यपालिका बैठकबाट गठन गरिएको कोरोना रोकथाम तथा नियन्त्रण कार्यदलको पुनर्गठन, विपत् व्यवस्थापन कोषमा रहेको रकम परिचालन गरी कोरोना विरुद्धको गतिविधि संचालन, गाउँपालिकाको वडा नं. १, २, ४, ६, ७ र ८ मा रहेका प्रा.स्वा.के र स्वास्थ्य चौकी तथा वडा नं. ३ र ५ मा वडा कार्यालयमा चिकित्सक सहितको टोलि परिचालन गरि स्वास्थ्य सेवा उपलब्ध, वडा कार्यालयले वैदेशिक रोजगारबाट आएका व्यक्तिको घरमा गोलाकार घेरा भित्र आधा भाग रातो चिन्ह लगाउने र क्वारेन्टाइन अवधि सकिएमा उक्त बाँकी आधा भागमा हरियो चिन्ह लगाउने निर्णय गरियो विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘हालको २५ लाख विपत् व्यवस्थापन कोषलाई वृद्धि गरि ४० लाख को बनाउने । उक्त कोषमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले कम्तिमा ७ हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार, वडा सदस्यहरुले कम्तिमा २ हजार तथा गाउँपालिकाबाट तलव भत्ता बुझिलिने शिक्षक, कर्मचारीहरु मध्ये अधिकृत स्तरका शिक्षक, कर्मचारीहरुले ५ दिन बराबरको तलव र सहायक स्तरका शिक्षक, कर्मचारीहरुबाट ३ दिन बराबरको तलव रकम कोषमा जम्मा गर्न लगाउने, विभिन्न राजनितिक दल, वुद्धिजिवि, व्यापारी, संघसँस्था, व्यक्तिहरुलाई उक्त कोषमा रकम जम्मा गर्न तथा खाद्यान्न, अति आवश्यक सामग्रिहरु उपलब्ध गराउन अनुरोध गर्ने र गाउँपालिका भित्र मजदुरी गरी जिविकोपार्जन गर्ने अति विपन्न परिवारहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा गाउँपालिकाबाट राहत उपलब्ध गराउने, गाउँपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गर्न गाउँपालिकाको श्रोत साधन, कर्मचारीको योगदान, अवधि र जोखिम समेतको आधारमा थप सुविधा उपलब्ध गराउन सामाजिक विकास समितिलाई जिम्मा दिन निर्णय गरेको छ ।
सुनिलस्मृति गाउँपालिकाले विपतको सामान गर्नका लागि सबैको पहलमा मात्रै सम्भव रहेको बताँदै सो निर्णय गरेको छ । समितिको सिफारिसको आधारमा कार्यपालिकाबाट निर्णय गरी कार्यान्वयन गर्ने, गाउँपालिका स्तरमा २५ वेडको क्वारेन्टाइन मध्ये १७ वेड सूर्योदय मा.वि. सुलिचौर र ८ वेडको क्वारेन्टाइन खुंग्री स्वास्थ्य चौकीमा स्थापना गरिको जानकारी गराउने, आवश्यकता पहिचान गरि गाउँपालिका स्वास्थ्य शाखाले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी हेल्थ डेस्क सञ्चालन गर्ने र वडाभित्र प्रहरी कर्मचारीहरुको सहयोग लिन निजहरुलाई वडा कार्यालय र गाउँपालिकामा उपलब्ध सवारी साधन प्रयोग गर्नका लागि उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।
सुनिलस्मृति गाउँपालिको यो निर्णयलाई सबैले स्वागत योग्य बन्दै सहकार्य प्रक्रिया कर्मचारी, व्यापारी, शिक्षक , व्यवसायी लगायतले सहयोग गर्ने समेत जानकारी दिएका छन् ।

You may also like