भोलीको नेपाल बन्द सफल बनाउनका लागि नेकपा प्रचण्ड–माधव नेपाल समूह रोल्पा कमिटीद्वारा आह्वान

भोलीको नेपाल बन्द सफल बनाउनका लागि नेकपा प्रचण्ड–माधव नेपाल समूह रोल्पा कमिटीद्वारा आह्वान
माघ २१ गते

This image has an empty alt attribute; its file name is ne1-763x1024.jpg


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको रोल्पा जिल्ला संगठन कमिटी रोल्पाद्वारा भोली आयोजित नेपाल बन्द सफल बनाउन आह्वान गरेको छ । केन्द्र पार्टीले नेपाल बन्द देशभरिको तयारी गरेको छ ।
जिल्ला अधयक्ष सुरेन्द्र थापा घर्तीमगरद्वारा हस्ताक्षरमा के.पी. शर्मा ओलीको काम चलाउ सरकारले आफ्नो हैसियत र अधिकार क्षेत्रभन्दा बाहिर गएर हिजो मिति २०७७ साल माघको २० गतेका दिन पुनः संविधान मिच्दै, असंवैधानिक र अनैतिक ढंगले आफ्ना भातहरुलाई विभिन्न संवैधानिक निकायहरुमा धमाधम नियुक्ति गरी, त्यसको सर्वत्र विरोध हुँदाहुँदै पनि सपथ समेत खुवाएकोले त्यस प्रकारको बलमिचाई र गैरसंवैधानिक, गैरकानूनी नियुक्तिको विरुद्वमा भोली मिति २०७७ साल माघ २२ गतेका दिन अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको हाम्रो आधिकारिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आम हड्तालको घोषणालाई सफल बनाउन पार्टीले आह्वान गरेको छ । के.पी. ओलीले चालि राखेको एकपछि अर्काे गैर संवैधानिक, जनघाती कदम र त्यसका अराजक मुस्टेण्डेहरुको दादागिरीप्रति बन्दको आह्वान गर्दै जिल्ला पार्टील विरोध गरेको हो । गौरवशाली पार्टी केन्द्रले आह्वान गरेको आम हड्तालको सर्मथनमा भोलि (माघ २२ गते) यातायात, बजार, कार्यालय, शैक्षिक संस्थाहरु, कलकारखाना सबै बन्द गरिदिएर हाम्रो न्यायपूर्ण हड्ताल कार्यक्रमलाई सफल पारिदिनुहुन सबै सम्बन्धित पक्षमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी रोल्पाले प्रेस विज्ञप्ती मार्फत अपिल गरेको छ ।

You may also like