अर्थमन्त्रीको जिल्लाबासीहरु वर्षायाममा झोलङ्गेपुलको जोखिमपूर्ण यात्रा रोल्पाबासी

समाचारदाता
लिबाङ, रोल्पा
२०७३ साल भाद्र ५ गते
माओवादी शान्ति प्रक्रियामा आएपछि पटक पटक प्रचण्डले प्रधानमन्त्री, बाबुरामले प्रधानमन्त्री कृष्णबहादुर महराले उपप्रधान तथा गृहमन्त्री र हाल अर्थमन्त्री, वर्षमान पुनमगरले अर्थमन्त्रीको जिम्मेवारी पाएपनि माडीखोलाको पुल निर्माण नहुँदा अर्थमन्त्रीको जिल्लाबासीहरु भने झोलङ्गेपुलको जोखिम पूर्ण यात्रा गर्न वाध्य छन् । रोल्पा जिल्लाको माडीखोला सिमलबाङ र कोटगाउँलाई जोड्ने मधुरमा निर्माण गरिएको झोलङ्गे पुलको मर्मत सम्भार नहुँदा स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । भोलङ्गे पुलमा रहेको फल्याकहरु नफेर्दा जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका हुन् ।
बेलीव्रिज निर्माण हुनुभन्दा अगाडि जिल्लाको सरमुकाम लिबाङ र जिल्लाको दक्षिण, उत्तरी र पश्चिम गा.वि.स.लाई जोड्ने सामरिक महत्वको मधुरमा झालङ्गे निर्माण भएको वषौं भइसकेको छ । त्यस पुलमा फल्याकहरु फेर्दै यात्रा गर्न लगायक बनाउँदै आएको पुल यस पटक फल्याकहरु नर्फेदा निकै समस्या परेको छ । यो पुलमा अझै पनि कोटगाउँ, करेटीका लगायत रोल्पाका दक्षिणभागका पैदलयात्रीहरु यात्रा गर्दछन् । अत्याधिक जनताका आवत–जावत गर्ने यो पुल मर्मत नहुँदा मानिसहरु नदीमा खस्ने सम्भावना बढेर पैदलयात्रीहरुले बताएका छन् । पुलमा नफेरीएको फल्याकमात्रै होइन मोटर बाटो निर्माण नगर्दा पुलमा झर्ने बाटोसमेत पनि मर्मत नभपछि कठिनपूर्ण यात्रा गरिरहेका छन् ।
रोल्पा जिल्लाको सदरमुकाम लिबाङ र पश्चिम जोड्ने मोटरेवल पक्की पुल निर्माणको लागि २०६६ मा सम्झौता भएमा पनि अझैसम्म निर्माण हुन सकेको छैन । रोल्पा जिल्लाको सामरिक महत्वको पुल माडीखोला पक्कि पुल निर्माण नहुँदा रोल्पाली जनताले साँस्ती भागेका थिए । सम्झौता भएको लामो समयसम्म पनि पुल निर्माण नभएपछि आर्थिक वर्ष २०७२÷०७३ मा वेलीज्री निर्माण भएको छ । बेलीव्रिंज भएपनि लिबाङ, कोटगाउँ, करेटीसहित अन्य ठाउँका स्थानीयबासीलाई घाँस दाउरा ल्याउन र लिबाङबाट आवत जावत गर्न प्रयोग गर्ने झोलङ्गे पुलको अवस्था जिर्ण जिर्न हुँदै गएको छ । पुलको मुनिबाट वर्षयाममा पानी बढेको पानीले आफ्नै गतिमा बगिरहेको समयमा पुलको वरिपरी हिड्डुल गर्न समेत जोखिमपूर्ण रहेको छ । पुलको पश्चिम भू–भागमा तँ सडक विस्तार गर्दा माथिबाट आएको ढुङ्गा माटोले बाटो नै साँगुरो बनाएको छ । त्यस्तो साना बाटोमा पनि भारी बोकेर स्थानीयसहित अन्य मानिसहरू पुलमा आफ्नो यात्रा गर्न बाध्यता छ । सानो बाटोमा भारी बोकेर हिड्डुल समेत गर्दा निकै जोखिमपूर्ण रहेको छ । त्यसैले विकास निर्माण कार्य सञ्चालन गर्दा विनाशलाई पनि ध्यान दिनु पर्दछ । किन भने त्यो पुलको पश्चिम भू–भागमा सडक विस्तार गर्दा परम्परादेखि नै प्रयोग गरिरहेको गोरेटो बाटो सागुरो हुन पुगेको हो । तर उक्त भू–भागमा विस्तार गरिएको सडकबाट साँगुरिएको बाटोको सम्भार तथा प्रर्वद्वन गरिएको छ । यस साँगुरो बाटोमा यात्रा गर्दा सम्भावित घटनालाई सम्बन्धित निकायको ध्यान आवश्यक छ । यता सो झोलङ्गे पुलमा राखिएको काठका फत्ता सडेका छन् । पुलको बीच–बीचमा प्वाल समेत देखिएको छन् । पुलको पत्ता सडेर प्वालबाट मान्छे नै चिर्न जस्ता देखिएपनि स्थानीयबासी बासीन्दाहरू भारी बोकेर आवत–जावत गरिरहेका छन् । यस क्षेत्रमा एउटा निर्माधीन पक्कि पुल र निर्माण भइसकेको वेलीव्रजीले जिल्ला बासी र जिल्लाका अगुवाईहरूलाई भ्रममा समेत पारेको छ । यहि होइन भने आफ्नो तहबाट गर्नुपर्ने कर्तव्य पालना गरेमा निर्माधीन पक्कि पुल र जेठो झोलङ्गे पुलको अवस्थामा यस्तो हुँदैन थियो होला । विगत समयमा पनि सो झुलङ्गे पुलको समयमा मर्मत सम्मार नहँदा स्थानीय बासी जोखिमपूर्ण पुलको यात्रा गर्ने गर्दथे ।
त्यसैले यस क्षेत्रमा निर्माण गरिएको ऐतिहासिक भोलङ्गे पुलको समयमा नै मर्मत सम्भार गरी सुरक्षितपूर्ण यात्र गर्नमा पनि सम्बन्धित निकाय र स्थानीयबासीको ध्यान जान आवश्यक छ । यस ऐतिहासिक झोलङ्गे पुलको समयमा नै मर्मत सम्भार नगरिएको अवस्थामा “आफ्नो खुट्टामा आफुै बञ्चरो हान्नु” नेपाली उखान चरिचार्थ नहोला भन्न सकिँदैन । त्यसबाट मानवीय तथा भौतिक क्षति नहोला भन्ने भन्न सकिदैन ।

You may also like