दलित र गैर दलित समुदायबाट सञ्चालन गरेको व्यवसायीक आरन

रेशम बिक
रोल्पा, लिबाङ
भाद्र ५ गते

पछिल्लो समयमा दलितहरुको परम्परागत पेशा बालीघरे खलोप्रथाको अन्त्य सँगसँगै आरान व्यवसायीबाट राम्रो आर्थिक आम्दानी गरिरहेका छन् । यसको नमुना हो जिल्लाकै कोटगाउँ माडीचौर स्थितको कोटगाउँ कृषक औजार निर्माण उद्योग हो । यसबाट दैनिक आम्दानी गरि जीवन निर्वाहसँगै स्वरोजगार बनिरहेका छन् ।
कोर्चाबाङमा जन्मिएर कोटगाउँमा बसोबास गरी हाल माडीचौरमा उद्योग सञ्चालन गरी आफ्नो परिवार व्यवस्थापन गरिरहनुभएको छ । करिव २ वर्ष देखि यता उद्योग सञ्चालन गरिरहुनुभएको छ सार्के बिक । शारिरिक रुपमा अशक्तता भएपनि उद्योग भने फस्ताएको छ । सो उद्योगबाट मासिक २०–२५ हजारसम्मको आम्दानी भइरहेको उद्योग सञ्लाचक सार्के वि.क.ले बताउनुभएको छ । सो कोटगाउँ कृषक औजार निर्माण उद्योगबाट उत्पादन भएका कृषि औजार जिल्लाका कोर्चाबाङ, घर्तीगाउँ, भाबाङ, जंकोट, कोटगाउँ, लिबाङ, ह्वामा सहित अन्य ठाउँहरूमा पनि निर्यात भइरहेको समेत पनि बताउनुभयो । उद्योगमा गाउँको भन्दा गुणस्तरीय सामाग्री उत्पादन हुनेभएकोले पनि कृषि औजारको माग बढेकाले कृषकको माग पु¥याउन नभ्याएको समेत उद्योग सञ्चालनक वि.क.ले बताउनुभयो । उहाँको अनुसार कृषक औजार निर्माण उद्योग सञ्चालन गर्नका लागि घरेलु तथा साना उद्योग विकास समिति कार्यालयले १८ प्रतिशत छुटमा उद्योगमा प्रयोग गरिने सामाग्री, जिल्ला विकास समिति कार्यालय रोल्पाले रू ९० हजार बराबरको तहरो बनाउन आर्थिक सहयोग गरेको छ । त्यसैगरी जिल्ला कृषि विकास कार्यालयले पनि ५० प्रतिशत छुटमा उद्योगमा प्रयोग हुने सामाग्री उपलब्ध गराएको थियो । घरेलु तथा साना उद्योग विकास समिति कार्यालयको आयोजनामा विशेष तालिमको आयोजना गरी उद्योग सञ्चालन गर्नमा थप सहयोग प्रदान गरेकोमा सहयोगी निकायको प्रशंंसासमेत गर्नुहुन्छ । कृषि औजार निर्माण उद्योगमा फलामको नै प्रयोग गरिने भएकाले फलाम परम्परागत घनले फलाम पिट्दा समयमा नै काम नभ्याएकोले कृषि औजार मागनुसार उत्पादन गर्नका लागि विद्युतिय घनको व्यवस्थापन गर्न सकिएमा कृषकको माग समयमा नै पु¥याउन सकिने उद्योग सञ्चालक प्रेमबहादुर बाठा बताउनुहुन्छ । सो विद्युतीय घनलाई रू ९ लाखदेखि १३ लाखसम्मको मुल्य पर्दछ । आफूहरुसँग लगानीको अभाव रहेकोले त्यो लिन नसकेको समेत बताउनुभयो । तर पनि उद्योगबाट भएको कमाईबाट जम्मा गरी लिन तयारीमा रहेको बताउनुभयो ।
विगतमा गलत चिन्तनका कारणले दलितहरुले मात्रै गरिने पेशालाई हाल आम मानिसको रोजगारको क्षेत्र बन्दै गरेहकोसमेत बाठाँमगरले बताउनुभयो । उहाँले भन्नुभयो ः–“यो गलत चिन्तनबाट मुक्त हुनुपर्दछ, हामी मानिस मानिस सबै एउटै हो ।” उद्योग व्यवस्थापनमा लाग्नुभएका बाठामगरले भन्नुभयोः– “विद्युतीय घन लिने योजनामा रहेको अव हामी विद्युतिय घनको व्यवस्थापन गर्न प्राथमिकता दिइरहेका छौ, यस घनको व्यवस्थापन आवश्यकतानुसार कृषि औजार उत्पादन गर्दछौं ।” कृषकको औजारको मागलाई समयमा नै पुरा गरी उद्योगलाई विस्तार र वजारिकरणमा ध्यान पु¥याउने बाठाँले बताउनुभएको छ । यसरी हामीलाई नियमित रूपमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने कच्चा पदार्थ कोइलाको निकै समस्या परेको समेत सञ्चालकद्वयको भनाई छ ।
कोइलाको अभावमा उद्योग सञ्चालन गर्न कठिन नै हुन्छ । किन कि अहिले गाउँ–गाउँमा फर्निचर उद्योग सञ्चालन भएकोले कोइला बनाउन प्रयोग गरी सल्लाको मूल्यमा पनि बढेकाले कोइलाको बनाउन सहज नभएको उद्योग सञ्चालनमा समस्या भएको छ । अहिले गाउँमा एउटा सल्लालाई ५ हजारसम्म किनेर कोइला बनाउँदा मजदुरी ज्याला बढी लाग्ने समेत सञ्चालकले बताएका छन् । अहिले उद्योग सञ्चालन गर्नमा कठिनाई सामना गर्नुपर्ने वाध्यता रहेको छ । तर, पनि अर्थपार्जन गर्न अरवको खाडीमुलका गएर पसिना बगाएर गर्दछन् । यो त आफ्नो जिल्लामै रोजगारी गर्न पाउँदा खुशी नै देखिन्छन् सञ्चालकहरु ।
सार्के बिक र प्रेमबहादुर बाठामगरको एउटै आवाज र विचार छ ः–“आफ्नै ठाउँमा हरेक चुनौतीलाई सामना गर्दै आर्थाेपार्जन गर्दा आफ्नो उद्योगको आत्मैदेखि नै मायान् लागेर आउँछ । उद्योग सञ्चालनक दोयले भन्नु हुन्छ–“यस उद्योगलाई निरन्तरताका साथ सञ्चालन गर्न सकेमा हाम्रो जीवन निर्वाह अव यसै उद्योगबाट हुन्छ भन्ने सोचेका छौं ।” यस उद्योगलाई परम्परागत आरान पेशा भने पनि हामी हाम्रो सन्तालनहरूले पढि सकेपछि पनि यस कृषि औजार उद्योगलाई नै नियमित्ता दिएर सफल व्यवसायी बनेर आफ्नै ठाउँमा नै उद्यमशिलबाट आम्दानी गरी जीवन निर्वाह गरून् भन्ने आशा पनि व्यक्त गर्नुभएको छ । मानिस आर्थाेपार्जनका लागि धेरै जोखिमपूर्ण कार्य समेत गरेको बताउँदै आफूहरुले त सीप मेहनतको पारीश्रम यो पेशा सहज भएको समेत बताउनुभउको छ । त्यसैले खलोघरे प्रथाबाट परम्परागत पेशालाई व्यावसयी आधुनीकरण गरी व्यवसायी रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औल्याउनु भएको छ, उद्योग सञ्चालनकद्वय सार्के वि.क र प्रेमबहादुर बाठाले । जसरी उद्योगलाई प्रर्वद्वनगर्नमा सहयोगी निकायको सहयोग अहिलेसम्ममा पाएको खुशी व्यक्त गर्दै त्यसैगरी आगामी दिनमा पनि सहयोगको अपेक्षा समेत गरेको बताउनुभएको छ । उद्योग सञ्चालक सार्के वि.क.ले भन्नुहुन्छ– “हामीलाई नयाँ सीप सिक्नका लागि यस्ता कृषि औजार सञ्चालन गरिएका व्यवस्थिति उद्योगमा सहयोगी निकायबाट भ्रमणको व्यवस्था गरिदिएमा हामीलाई थप नयाँ सीप ज्ञान पाउँथेयौं र हाम्रो सेवाग्राहीलाई पनि नयाँ सेवा प्रदान गर्न सक्ने थियौँ । यसरी दलित समुदायले आफ्ना पर्खाहरूले सञ्चालन गर्दै आइरहेका परम्परागत आरान पेशा सहित अन्य परम्पारगत पेशाबाट आयआर्जन गरी जीवन निर्वाह गरिरहेका छन् । दलित समुदायले सञ्चालन गरेको आरान पेशा लगायत अन्य परम्परागत पेशा खलोघरे प्रथाबाट दलित समुदायको जीवन परिवर्तन हुन सकेन् । जिल्लाका दलित नेतृत्वको पहलमा नेपाल सरकारको सहयोगमा जातिय छुवाछुतमुक्त गा.वि.स. घोषणा गर्ने सँगसँगै खलोघरे प्रथा गा.वि.स. घोषणा भइरहेका छन् । परम्परागत पेशाबाट सेवा गरेबाफत अर्धवार्षिक खाद्यन्न मात्र ल्याउने गर्दथे त्यसैले जीवन स्तर सहित आर्थिक विकास नभएको यार्थाथता हो ।
सयमको विकास क्रम सँगसँगै दलित समुदायको चेतना पनि उत्तिकै तीव्र गतिमा विकास भइरहेको छ । सयम परिस्थितिको विकास क्रमसँगसँगै कोर्चाबाङ–५ निबासी सार्के वि.क र कोटगाउँ–८ निबासी प्रेमबहादुर बाठामगर सञ्चालन रहने गरी घरेलु तथा साना उद्योग विकास समिति कार्यालयमा २०७१ साल माघ महिना २ गते दर्ता गरी दलित र गैरदलितको संयुक्त सञ्चालनमा कृषि औजार निर्माण गर्ने गरी उद्योग दर्ता भएको थियो । अहिले उक्त उद्योगबाट किसानलाई आवश्यक पर्ने हसियाँ, कुटो, कोदालो, फालो लगायत कृषि औजार सहित अन्य महत्वपूर्ण माछा खुकुरी र विभिन्न किसिमका अधुनिकका सामाग्रीहरू निर्माण गरिन्छ । यसरी शारिरीक अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योगलाई प्रर्वद्वन विकासमा सरकारी कार्यालय गरैसरकारी संघ संस्था सहित सहयोगी निकायको ध्यान नियमित रूपमा पु¥याउन पर्दछ । अपाङ्ग व्यक्तिलाई आफ्नै ठाउँमा स्वरोजगारी बन्ने अवसर प्रदान गरी व्यवसायमिूलक बनाउनमा उत्प्रेरित गर्नुपर्दछ । त्यसबाट सक्दो सहयोग सल्लाह सुझाव दिएर उद्योग सञ्चालकलाई रचनात्मक सहयोग भएमा पक्कै अपाङ्ग व्यक्तिहरूलाई पारिवारीक जिम्मेवारी सँगसँगै जीवन निर्वाह गर्नमा सहयोग मिल्दछ । सार्के सहित हजारौ अपाङ्गरूलाई पारिवारिक जिम्मेवारी वहन गर्नुका साथै जीवन निर्वाह गर्नमा समस्या थपिएको वास्तिविकता हो । त्यसैलाई नीति नियम निर्माण तहमा पनि अपाङ्गलाई प्राथमिकता दिएर नीति नियम बनाएर सोहीनुसार योजना निर्माण गरी कार्यन्वयन गरिएमा सार्के वि.क सहित हजारौं अपाङ्गहरूलाई पनि न्याय हुन्थ्यो । अपाङ्गलाई जीवन निर्वाह सँगसँगै पारिवारिक जिम्मेवारी बहन गर्नमा सहजता हुन्थ्यो ।
परम्परागत रुपमा दलितहरुको दमिति पेशाको रुपमा रहे पनि समय र परिस्थिति अनुसार हाल एउटा सम्मानयोग्य उद्योग बन्दैछ । यस पेशामा दलित तथा गैर दलितहरुको सहभागितामा सञ्चालित व्यवसायीको क्षेत्र बन्दैछ । त्यसैले यस उद्योग एउटा नमूनना हो । जातीयछ छुवाछुतमुक्त, बाली घरे खलो प्रथाको अन्य व्यावसायीमुखी पेशाको रुपमा बनेको छ । त्यसैले यो कृषि औजार निर्माण गर्ने दलितलाई दमन गर्ने पेशाको रुपमा होइन कि त्यसलाई आर्थिक उत्पादनको क्षेत्र बनाउन दलित तथा गैर दलित समुदायहरु लाग्न समयको आवश्यकता र माग भएको छ ।

You may also like