वार्षिक समीक्षा गोष्ठी

पुष ५ गते
लिबाङ, रोल्पा ।


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा परिवर्तन गाउँपालिका रोल्पमा सञ्चालित स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी शुक्रबार लिबाङमा सम्पन्न भएको छ । परिवर्तन गाउँपालिकामा खानेपानी र स्वस्थ्य क्षेत्रमा कार्यक्रमले थप सुधार ल्याएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वयन समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले नेपाल मानव अधिकार क्षेत्रमा कामग गर्ने जिम्मेवारी जिम्मेवारी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले निर्वाह गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले सञ्चालन गरेका कार्यक्रमहरु सन्तोजनक छन् ।’ मानव अधिकारसँग सम्बन्धित खानेपानी र स्वास्थ्य क्षेत्रमा ‘स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य’ कार्यक्रमले परिवर्तन गाउँपापिलका महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । गाउँपालिकाबासीले विगतदेखि नै खानेपानीको समास्या भोग्दै आएको अवस्थामा कार्यक्रमबाट खानेपानी र स्वास्थ्यमा पहुँच पु¥याउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । साविकको महिला तथा बालबालिका कार्यालयबाट सञ्चालन भएको ‘सेफ हाउस’ सञ्चालनले लैंगिक हिंसा महिला, अन्य पीडित बालबालिकाहरुलाई न्यायका लागि सहज वातावरण थियो । तर, संघीयता कार्यन्वयनसँगै ‘सेफ हाउस’ पनि सञ्चालनमा समस्या उत्पन्न्न भएको छ, जसले पीडितहरुले न्यायबाट बञ्चित बन्नु परेको उहाँको धारणा थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले पनि मानवीय क्षेत्रमा काम गर्ने जिम्मेवारी संस्था भएकोले आगामी दिनमा संस्थाको माठत ‘सेफ हाउस’ सञ्चालन गर्नुपर्ने सुझाव प्रमुख अतिथि बुढामगरले दिनुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं परिवर्त गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले गाउँपालिकाबासीहरुको असीमित विकासका आकांक्षहरुमध्ये खानेपानी र स्वास्थ्य क्षेत्रको आकांक्षहरु पूरा गर्न ‘स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य’ कार्यक्रमले सहयोगी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढुङ्गा खोज्दा देवता मिलेको छ किन कि गाउँपालिकामा खानेपानी र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग पुगेको छ ।’ खानेपानी र स्वास्थ्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा गाउँपालिका र गाउँपालिकाबासीहरुले युगौं युगसम्म सम्झने उहाँले बताउनुभयो । ‘गाउँपालिकाको विकासको निम्ति विभिन्न सहयोगी निकायहरुसँग समन्वय र सहकार्यबाट अगाडि बढ्न गाउँपालिका सधै प्रत्यन गरेको छ’ डाँगीले भन्नुभयो । स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रमको वार्षिक प्रगति विवरण जिल्ला कार्यक्रम अधिकृत लक्ष्मण स्वर्णकारले प्रस्तुत गर्नुभएको थियो । झर्जाखोला खानेपानी तथा सरसफाइ योजनाको कुल वजेट रु ७ लाख १३ हजारमध्ये १ लाख गाउँपालिबाट बाँकी कार्यक्रमबाट व्यवस्थापन, छेरेछेरे खानेपानी तथा सरसफाइ योजनाको कुल वजेट रु २० लाख ८२ हजारमध्ये गाउँपालिबाट रु ७ लाख बाँकी कार्यक्रमबाट व्यवस्थापन, छहरेखोला खानेपानी तथा सरसफाइ योजनाको कुल वजेट रु ४२ हजार ४८ हजार १४० मध्ये रु ७ लाख बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, घारोहाले खानेपानी तथा सरसफाइ योजनाको कुल रकम रु ७६ लाख १९ हजार ३७१ मध्ये गाउँपालिकाबाट रु १५ हजार बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, कुरेली स्वास्थ्य चौकी भवन निर्माण योजनाको कुल वजेट रु ७४ लाख ८१ हजार ६१३ मध्ये गाउँपालिकाबाट रु १५ लाख बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, राङ्कोट स्वास्थ्य चौकी मर्मत कुल वजेट रकम १ लाख ६६ हजार ५ सयमध्ये गाउँपालिकाबाट ४७ हजार बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, जनकल्याण मा.वि. परिवर्तन गाउँपालिका १ नं. वडा धानाबारा कुरेली रोल्पामा शौचालय निर्माणको कुल वजेट रु १६ लाख १० हजार ३०४ मध्ये गाउँपालिकाबाट रु २ लाख बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, नेपाल राष्ट्रिय मा.वि. परिवर्तन २ नंं. राङखुङ रोल्पामा शौचालय निर्माणको कुल वजेट रु १५ लाख ७६ हजार २२५ मध्ये रु २ लाख गाउँपालिबाट बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, नेपाल राष्ट्रिय मा.वि. परिवर्तन गाउँपालिका ३ केवरी रोल्पामा निर्माण शौचालयको कुल वजेट रु १० लाख ८३ हजार २७३ मध्ये गाउँपालिकाबाट रु २ लाख बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, जनज्योती मा.वि. परिवर्तन गाउँपालिका ४ राक्सेबाङ रोल्पाको शौचालय निर्माण कुल बजेट रु १५ लाख ६० हजार ५९६ मध्ये गाउँपालिकाबाट रु २ लाख बाँकी रकम कार्यक्रमबाट व्यवस्थापनको तयारी भएको प्रतिवदन उल्लेख गरिएको छ । भने सञ्चालित योजनाहरु भेरीलाग्ना सोलार पम्पिङ खानेपानी तथा सरसफाइ परिवर्तन गाउँपालिका ४ पाछाबाङ रोल्पा योजनाको अनुमानित कुल वजेट रु १ करोड १८ लाखमध्ये प्रदेश कार्यालयबाट ३० लाख बाँकी कार्यक्रमबाट, सिमखोला सोलार पम्पिङ खानेपानी तथा सरसफाइ परिवर्तन गाउँपालिका ६ ओह रोल्पा योजनाको कुल वजेट रु ४९ लाख मध्ये गाउँपालिकाबाट रु १७ लाख बाँकी रकम कार्यक्रमबाट व्यवस्थापन, स्वास्थ्य चौकी ५ ओटा र सामुदायिक स्वास्थ्य इलाका ३ ओटालाई कार्यक्रमबाट रु १६ लाख बराबरको सामग्री प्रदान गरेको कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

समुदायको माग र अपेक्षा धेरै हुने तर कार्यक्रम निश्चित सीमाभित्र काम गर्नुपर्दा अलि काम गर्न नसकिएको, कुनै आयोजना बन्ने क्रममा बिभिन्न निकायहरुसँग समन्वय गर्दा समय सीमाभित्र आयोजना सम्पन्न गर्न कठीन हुने, आमा समूहमा अझै पनि नियमित बैठक बस्नका लागी बैठक आफै सञ्चालन गर्न नसक्दा परनिर्भता बढ्ने डर भएको, समुदायमा अशिक्षा र पुरानो मान्यताले गर्दा पूर्ण सरफाइ सूचक पूरा गरी निर्धारित समयमा पूर्ण सरसफइ उन्मुख घोषणा गर्न कठिन हुने सम्भावना बढेको, स्वास्थ्य संस्थाको मातहतमा सञ्चालित गाउँघर क्लिनिकमा आवश्यक सामाग्रीहरुको अभाव तथा स्थानको अभावले सेवा प्रभाहमा समस्या देखिएको छ, ध्(ध्ब्क्ज्(ऋऋ को बैठक नियमित नहुदा पूर्ण सरसफाइका गतिविधि संञ्चालनमा कठीन देखिएको, मौसमी बसाईसराईले गर्दा पूर्ण सरसफाइका गतिविधि सञ्चालन गर्न सहज नहुनु, निमार्ण भएको भौतिक संरचनाको मर्मत सम्भार कोषको व्यवस्था नहुँदा दिगो संञ्चालन प्रश्न उठेको छ, योजना धेरै छनौट भएकाले प्राथमिकता को आधारमा गर्दा अलि समय लाग्नुपर्ने जस्ता कार्यक्रम कार्यन्वयनमा देखिएका चुनौतिहरु प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले समुदाय स्तरमा क्रियाकलाप सञ्चालन गर्दा सहकार्य र समन्वय गरी गरियो भने प्रभावकारी हुने, स्थानीय समुदायमा कार्यक्रम सञ्चालन गर्दा समुदायको समयलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्दा उल्लेख सहभागी भएको पाइयो, नियमित भेटघाट, छलफल, बैठक र अनुगमनले व्यक्तिको सोच र विचार परिवर्तन गर्न सकिने रहेछ, कार्य योजना बनाई प्रत्येक महिनाको नियमित बैठकमा पुनरावलोकन गरियो भने कार्यान्वयन गर्न सजिलो हुने, स्थानीय मातृभाषामा ज्ञान भएमा कार्यक्रम तथा छलफल गर्न सहज एवं समुदायले विश्वास गर्ने सिकाइहरु समेत प्रस्तुत गर्नुभयो ।

सहभागिहरुको जिज्ञासाहरुको जवाफ समेत जिल्ला कार्यक्रम अधिकृत लक्ष्मण स्वर्णकारले स्पष्ट पार्नुभएको थियो । उहाँले आवश्यक जनशक्तिका अभाव, भौगोलिक वनोटको कारण कार्यक्रमको विभिन्न योजना तथा क्रियाकलापहरु निर्धारित समयमा सम्पन्न नभएको बताउनुभयो । यस वर्षमा सम्पन्न नभएका योजना तथा क्रियाकलापहरु आगामी वर्षमा समावेश गरी सम्पन्न गर्ने स्वर्णकारले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभपाति डी.वी. टुहुरोको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन मन्त्री अमर घर्तीमगरले गर्नुभएको थियो भने स्वागत उप सभापति टिकाकुमारी बुढामगरले गर्नुभएको थियो ।

You may also like