“आन्दोलनको उलब्धीलाई रक्षा गर्न अझै सशक्त बन्नु पर्दछ” –पूर्व सभामुख ओनसरी घर्तीमगर

 

रोल्पा समाचारदाता
रोल्पा लिबाङ
असोज ३ गते


पूर्व सभामुख ओनसरी घर्तीमगरले विगतको आमूल परिर्वनले मात्रै जनजाती लगायत उत्पीडित समुदाय, वर्ग, क्षेत्र, लिङ्गको समुदायको मुक्तिको बाटो देखाएको बताउँदै उपलब्धीलाई रक्षा गर्नका लागि अझै सबै एकधिक्का एवं सशक्त भएर लाग्नु पर्ने बताउनुभयो ।
“मगर महिलाको पहिचान, सँस्कार र संस्कृति जोगाउने हाम्रो अभियान !” भन्ने मूल नाराका साथ नेपाल मगर महिला संघ केन्द्रीय समितिको २२ आँै स्थापना दिवसको अवसरमा आयोजित छैटाँै राष्ट्रिय सम्मेलन को उद्घाटन गर्दै रोेल्पाका लिबाङ, रेउघामा बताउनुभएको हो । नेपालका जनजातीहरु मध्ये पनि मगर समुदाय सबै क्षेत्रमा पारिएको बताउँदै त्यसलाई राज्यले नीतितह थप क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयाे ।

मगर समुदायको भाषिक रुपमा पनि उत्पीडनमा रहेको बताउँदै भाषालाई राज्यतहबाटै सम्मान गर्दै मगर समुदायको बसोबास भएको स्थानमा सरकारी कार्यालयमा समेत प्रयोगको भाषा बनाउनको लागि अनुरोध गर्नुभयो ।
नेपालको विशेषत विगतको विभिन्न आन्दोलन, जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाती आन्दोलन, दलित आन्दोलन, महिला आन्दोलन लगायतको उपलब्धी संघीयता, धर्म निरपेक्ष, समानुपातिक, समावेशीको सिद्धान्तका रुपमा अगाडि सार्दै कार्यन्वयनको पक्षमा अगाडि बढेकोले यसमा सबै लाग्नसमेत अनुरोध गर्नुभयो । उत्पीडित क्षेत्र, वर्ग, लिङ्गहरु एक भएर अधिकारका पक्षमा अझै लड्नुपर्ने बताउनुभयो ।

पूर्व सभामुख ओनसरी घर्तीमगरले मगर समुदायभित्र पनि पुरुषको तुलनामा महिला अझै उत्पीडनमा परेको बताउँदै त्यसका लागि सबै क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधी सभा सदस्य समेत रहनुभएका घर्तीमगरले रोल्पा जिल्लामा कार्यक्रम स्थल राखेकोमा धन्यवाद व्यक्त गर्दै रोल्पा विगतभन्दा वर्तमानमा विकास भएको बताउँदै अब रोल्पा उज्यालो कार्यक्रम, समृद्धि रोल्पा विकास कार्यक्रम लगायत अन्य सबै कार्यक्रम आम जनताको जीवन स्तर परिवर्तन गर्नका लागि लागेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ, नेपालका केन्द्रीय अध्यक्ष नविन रोकामगरले मगर समुदायहरु राज्यको मुलधारमा लिनका राज्य नै बाधक बनेको बताउँदै आगामी दिनमा अझै आन्दोलनलाई सशक्त बताउनुभयो । उहाँले जनजातीहरु अधिकारका लागि एक धिक्का भएर लाग्नुपर्ने बताउँदै यसमा आम उत्पीडित समुदायसँग एकाकार भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । मगराँत भूमिलाई मगरात प्रदेश नामाकरण गर्नका लागि समेत माग गर्दै मगराँत र प्रदेश नामाकरणले मात्रै सबैको पहिचान कायम हुने बताउनुभयो । विगतका आन्दोलनमा जनजाती तथा उत्पीडित समुदायबाट भएका बलिदानीलाई थप सम्वोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रम विशिष्ट अतिथि नेपाल मगर महिला संघका सँस्थापक अध्यक्ष बमकुमारी बुढामगरले भाषा, सँस्कार, सँस्कृति समुदायको पहिचान भएको बताउँदै पहिचानको लागि समुदायले निरन्तर संघर्ष गरिरहनु पर्ने बताउनुभयो । उहाँले मगर समुदायले आफ्नो भाषा, धर्म, सँस्कृतिको रक्षा गर्दै अगाडि बढेमा मात्रै समुदायको हित हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, नेपाल मगर संघ रोल्पाका अध्यक्ष कुम पुनमगरले शुभकामना मनव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वनय समिति रोल्पाका उपप्रमुख विमला थापामगर, रोल्पा नगरपालिकाका नगर उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल, प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख कर्णबहादुर बुढामगर, रोल्पा न.पा. २ का वडा अध्यक्ष खिमबहादुर घर्तीमगर, ६ नं. का वडा अध्यक्ष तुलबहादुर घर्तीमगर, मगर बुद्धिजिवी नौलसिंह पुनगर, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गंगा मगर, सदस्य सविना बुढामगर, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघका प्रथक कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटीका सभापति डिवी घर्तीमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य नरेन्द्र घर्तीमगर, नेपाल विद्यार्थी संघ रोल्पा अध्यक्ष उमेश थापा, फोनिज रोल्पाका अध्यक्ष हर्क घर्तीमगर, मगर साँस्कृतिक संघका नन्द घर्तीमगर, राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकामगर, नेपाल मगर महिला संघका केन्द्रीय पढाधिकारी, प्रदेश संयोजकहरु लगायत पत्रकाकार लगायतको आतिथ्यता रहेको थियो ।
आयोजकले २०५६ सालमा स्थापना भएको सँस्थाको छठाँै सम्मेलन परिवर्तनको मुख्य बलिदान गरेको रोल्पामा गर्न पाउँदा निकै खुशी भएको विचार व्यक्त गर्दै सम्मेलनमा ५६ वटा जिल्ला, ७ वटा प्रदेश नं. ५ वटा विदेश शाखा गरेर करिव ३५० जना सहभागिता भएको थियो ।
रोल्पा नगरपालिका २ रेउघा रोल्पामा भएको उद्घाटन सत्रमा विभिन्न जिल्लाका प्रतिनिधी, माडिचौर, रेउघा, लिबाङका विभिन्न टोलबाट झाँकीसहित उपस्थिति भएको थियो ।
उद्घाटन समारोह पछि बन्द सत्र रेउघामै सम्पन्न भएको थियो । बन्द सत्रमा विभिन्न जिल्ला समिति र प्रदेश समितिले प्रतिवेदन पेश गरेका थिए । साथै सम्मेलनबाट नीति तथा कार्यक्रममाथी छलफल समेत गरेको छ ।
उद्घाटन कार्यक्रमको सञ्चालन केन्द्रीय समितिका महासचिव धनकुमारी रानामगरले गर्नुभएको थियो । स्वागत नेपाल मगर महिला संघ रोल्पाका अध्यक्ष स्मृति रोकामगरले गर्नुभएको थियो ।

 

 

You may also like