बामपन्थी सरकार बन्छ अब देश सम्बृद्ध बन्छः– नेता कृष्णबहादुर महरा

मानसिंह बिक
रोल्पा धबाङ २०७४ माघ २६
नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताउनुभयो । बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश दिएकोले बाम एकता अनिवार्य हुने बताउनुभयो ।


उहाँले यस्तो कुरा रोल्पाको धबाङममा उत्पादित धबाङ खोला लघु जलविद्युतको उद्घाटन कार्यक्रममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा व्यक्त गर्नुभएको हो । निवर्तमान उपप्रधानमन्त्री महराले विकासका लागि सबै एक धिक्का भएर अगाडि बढेमा मात्रै राज्यले गरेको लगानीले सार्थक पाउने र गाउँको विकास हुने भन्दै राजनीति, विचार लगायतमा अलग–अलग भएपनि विकासमा सबैलाई एक हुन अनुरोध गर्नुभयो । अब राजनीतिक क्रान्तिको यात्रा केही हदलाई पुरा भएकोले अब आर्थिक क्रान्ति र सम्बृद्धको यात्रामा पुरै नेपाललाई अगाडि बढाउनु पर्ने भन्दै आफ्नो जिम्मेवारी देश विकासमा अघि बढाउने रहेको बताउनुभयो ।


उहाँले धबाङ गाउँ युद्धकालमा सुरक्षित गाउँ भएकोले आफूले परिवारहरुसँग भेटघाट गर्ने गरेको स्मरण गर्दै भन्नुभयोः–“ धबाङ सुरक्षित गाउँ भएकाले मैले परिवारसँंग भेटघाट गरेको थिए, यसै गाउँमा २०४८ सालमा क. प्रचण्ड आएर यसै गाउँमा प्रशिक्षण दिनुभयो हामी आज यो स्तरमा आएका छौँ, यो गाउँबासीको युद्धमा महत्वपूर्ण योगदान रहेको छ हामी विकास गर्नमा हरदम तयार छौँ ।” उहाँले राज्यको आमूल परिवर्तनको लागि शहीदहरुले बलिदान दिएकोले अब ति शहीदको सपना सबै मिलेर पूरा गर्ने बताउनुभयो ।
रोल्पाबाट राजनीतिक जीवन शुरु गरी लामो समय रोल्पालाई कमथलो बनाउँदै हाल दाङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको महराले आफू दाङबाट निर्वाचित भएपनि रोल्पाको विकासका लागि सधै लाग्ने बताउनुभयो । आफू र रोल्पाको नातालाई भावात्मकरुपमा अभिब्यक्ति दिर्दै उहाँले भन्नुभयोः–“म रोल्पाली हुँ रोल्पामै राजनीतिक जीवन शुरुवात गर्दै लामो समय काम गरे, हाले केन्द्रीय भूमिका निर्वांह गरिरहेको छु, रोल्पा मेरो जन्म र कर्म थलो हो म रोल्पाली हुँ म दाङबाट विजयी भए पनि रोल्पाको विकासमा निरन्तर लागि रहेको छु ।”
आफू, रोल्पा र आफ्ना उत्तरअधिकारीहरुको सम्बन्धबारे बताउँदै भन्नुभयोः–“म रोल्पाली हुँ रोल्पाको लागि नै गर्दछु हाल प्रतिनिधिसभामा दाङबाट उठेपनि रोल्पाकै लागि जीवनभरी लड्छु, हाल रोल्पा जिल्ला मेरा राजनीति विद्यार्थी वर्षमान पुनमगर, कुलप्रसाद केसी, दिपेन्द्र पुनमगर निर्वाचित हुनुभएको छ उहाँहरुलाई निरन्तर सहयोग गर्दछु । ”
उहाँले आफू अर्थमन्त्री हुँदा करिव ३ अर्ब बजेट रोल्पामा लिएको बताउँदै अब रोल्पाको सम्बृद्धि र विकासका लागि फेरी एक पटक सबै अगाडि बढ्नु पर्ने बताउनुभयो । विद्युतमा पनि १० लाख सहयोग गरेको त्यसले सार्थकता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगरले रोल्पालीहरुको आर्थिक आत्म निर्भर हुने सजिलो माध्यम पानी भएकाले यसको उपयोग गरी अगाडी बढ्नु पर्ने बताउनुभयो । विद्युतबाट धेरै फाइला दिनका लागि सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समित रोल्पाका प्रमुख राजबहादुर बुढामगरले समग्र रोल्पाको विकासका लागि आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा रोल्पा नगर उपप्रमुख मनकुमारी पुनमगर, नेपाली कांग्रेसका जिल्ला सचिव मोहन परियार, नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य ऋषिराम रोका, वडा सदस्य शेरबहादुर थापा, धनमाया पुनमगर, नागरिक दैनिकाका रोल्पा प्रतिनिधि दिनेश सुवेदी, नयाँ पत्रिकाका नविन लोचन लगायत संघ सस्ँथाका प्रमुख तथा प्रतिनिधि समेत सहभागिता रहेको थियो ।
सो १८ किलोवाट धबाङ खोला जलविद्युतबाट २१८ घरधुरी लाभिान्बित भएका छन् । सो आयोजना सम्पन्न गर्नका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका अनुदान ४५ लाख ९० हजार, लक्षित समूहबाट ४ लाख ५० हजार, निर्वाचन क्षेत्र सांसद विकास कोषबाट ९ लाख ५ हजार, समुदायबाट ९ लाख ५० हजार, रोल्पा नगरपालिकाबाट ७ लाख २० हजार र जनश्रमदानबाट १५ लाख गरी ३ लाख ६४ हजार ६९९ रुपैयमा लगानीमा आयोजना सम्पन्न भएको छ ।
त्यस स्थानका जनता आयोजनाबाट निकै खुखी भएको कुरा समाजसेवी एवं कुलमन घर्तीमगरले बताउनुभो । उपभोक्ता समितिका अध्यक्ष मोतिलाल डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुलबहादुर रोकाले स्वागत तथा धबाङको बारेमा विभिन्न जानकारी राख्नुभएको थियो । कलाकारहरुले गीत तथा नृत्य प्रर्दशन गरेका थिए ।

You may also like