घर्तीगाउँ शाखा रोल्पा व्यवसायी मैत्री नारा सहित संविधान दिवसमा सहभागी

असोज, ३ गते
घर्तीगाउँ रोल्पा

२०७६ सालको संविधान दिवसमा अवसारमा नेपाल बैंक लिमिटेड, घर्तीगाउँ शाखा रोल्पाले व्यवसायी मैत्री नारा सहित संविधान दिवसमा सक्रिय सहभागिता भएको छ । जसले व्यवसायीहरुलाई व्यवसायी सञ्चालनमा सहज बन्ने छ ।
बंैकले संविधान दिवसको अवसरमा तय गरेको बैंकि¨ मैत्री नारा “संविधान पालना गरौं, प्रत्येक नेपालीको बैंक खाता अनिवार्य गरौं, बैंक खाताबाट समृद्धको पाइला चालौ, बचत गर्ने बानी बसालौ, संबिधानको मर्म, गाउँ गाउँमा बैंकि¨ पहँुचता र बित्तिय साक्षरता, संविधान कार्यान्वयन गरौं, बैंकि¨ कारोबार गरौं, समृद्ध नेपाल सुखी नेपालीको सपना सकार पारांै, घरको पैसा बैंकमा राखी पैसा बाट पैसा कमाउ, सुखी, शान्त र समृद्ध रोल्पा निर्माण गरौं” भन्ने मूल नाराका साथ विभिन्न रचनात्मक कार्यक्रममा सहभागिता जनाएको घर्तीगाउँ शाखा रोल्पाको शाखा प्रबन्धक महेश राज जोशीले बताउनुभयो । उहाँको भनाई अनुसार माडी गाउँपालिका रोल्पाको आयोजनामा सञ्चालन भएको पूर्ण सरसफाई लगायतका कार्यक्रमहरुमा सक्रिय सहभागिता थियो ।

बुधारबार साझ कार्यालयमा बत्तिहरु प्रज्वलन गरी दिपावली मनाएको नेपाल बैंक लिमिटेड, घर्तिगाउँ शाखाले शनिबारसम्म गतेसम्म निरन्तर प्रत्येक साझ दिपावली गरी संविधान दिवस भव्य रुपमा मनाउने योजना तय गरेको छ । घर्तीगाउँ शाखाले सम्पूर्ण बैंकि¨ सेवा आत्मिय व्यवहारका साथ गाउँ गाउँमा प्रदान गरिरहँदा सरकारी कार्यालय सेवा प्रवाहमा अब्बल हुन सक्ने उदाहरण देखिएको छ । संविधान दिवस तथा राष्ट्रि«य दिवस २०७६ को सुखद उपलक्ष्यमा साझ दिपावली, सरसफाई कार्यक्रमसँगै बैंकि¨ चेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको छ । घर्तीगाउँ शाखा कार्यालय रोल्पाको कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु ¥याली तथा झाक्रीहरुमा सहभागी भएको नेपाल बैंक लिमिटेड, घर्तिगाउँ शाखाका शाखा प्रबन्धक महेश राज जोशीले जानकारी दिनुभयो । ३५ भाग ३०८ धारा र ९ अनुसुची भएको १८१ पृष्ठ लामो संविधानको अक्षरहरु आफैमा मृत हुने भएकोले यसमा प्राण भर्न आम नागरिकहरुले आ–आप्नो क्षेत्रबाट विधि र विधानको पालना गरि समृद्ध नेपालको आधार बन्नुपर्ने बताउँदै आजको यस विशेष दिनको अवसरमा नेपाल बैंक लिमिटेडले उद्योग वा ब्यापार व्यवसायको बिस्तारको निमित्त १ देखी ३ करोडसम्म समृद्ध ब्यवसाय कर्जा वार्षिक ९.९९% मा उपलब्ध गराउने कार्यको सुरुवात बैंकले गरेको छ ।

You may also like