दोष प्रविधिको होईन, प्रयोग कर्ताको हो


पूर्ण बहादुर भण्डारी
हाल जिल्ला प्रहरी कार्यालय
लिबाङ, रोल्पा

आजको युग विज्ञान र प्रविधिको युग हो भनेर थाहा नपाउने कोही छैन र सामान्य जस्तै भैसकेको छ अहिले । समयको परिवर्तनसँगै विज्ञान र प्रविधिको क्षेत्रमा अकस्मात देखिएको चमत्कारिक अवस्थालाई समयमा नै नियन्त्रण र व्यवस्थापन गर्नुपर्ने जरुरी देखिन्छ । परिवर्तनको बाटोलाई एउटा नबजात शिशुको जीवनसँग तुलना गर्न सकिन्छ कि भर्खरै जन्मिएको शिशुलाई जुन अवस्थामा हिडाउन सिकायो त्यही अबस्थामा हिड्न सुरु गर्छ अनि त्यही वातावरणमा हुर्किन रमाउन मन पराउँछ । तर, वास्तविकता उसको जीवन त्यति मात्रले पुग्दैन होला । प्रविधिको अवस्था पनि त्यस्तै हो । जीवन्त तुल्याई राख्न र सार्थकता दिनका लागि उ प्रतिको निग्रानी राख्दै सहि तरिकाबाट प्रयोग गर्नुपर्छ । तीव्र रुपमा अगाडि बढिरहेको छिटो विकास भएको र देखिएको सामाजिक सञ्जालसँग कुनै न कुनै किसिमले नजिकै नभएको सम्भतव त कोही छैन होलाभन्दा त्यति धेरै फरक नपर्ला । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएकै छ, अहिलेको मानव समाजको परिवेश । विज्ञान र प्रविधि कै कारण आविष्कार भै हाम्रो पहुँचसम्म आईपुगेका सामाजिक सञ्जालहरुसँग स्वस्फुर्त रुपमा मनपरि बोल्न पाउँदा निकै खुसी छौ जस्तो लाग्छ । तर, बुझ्दैनौ कि खुसीसँगै पछुताउन पर्दा को त्यो वास्तविकतालाई । अहिले सामाजिक सञ्जालको दुरुपयोगबाट क्षणिक आनान्द, मोजमस्ती र लापरबाही कै कारणले मानवीय जीवनमा कती ठूलो दुर्घटना निम्तिन्छन् भन्ने कुरा जबसम्म प्रयोग कर्तामा स्वयम आफैले बुझ्न सक्ने थोरै भए पनि चेतना आउँदैन तबसम्म निकै डर लाग्दा घटनाहरुसँग सामना गर्नुपर्ने त्यो अबस्था बिस्तारै आउन सक्ने देखिन्छ ।

जुन प्रविधि कै कारणले आत्म निर्भर बन्दै शक्तिशाली बन्ने त्यो स्थानमा पुगेका छौं । त्यही प्रविधिलाई उचित तरिकाले प्रयोग गर्न सक्ने त्यो अवस्थालाई व्यवस्थित गर्न तर्फ ध्यान नदिने हो । भने मानव इतिहासमा मात्रै होईन सृष्टि भएका सबै चिज बस्तुहरुको अस्तित्व मेटिन सक्ने सम्भावनाको त्यो परिस्थिति सृजना नहोला भन्न सकिँदैन । हरेक चिज बस्तुको समय सिमाहरु तोकिएका हुन्छन् । आधुनिक युगमा प्रविधिको पनि कहाँ, कुन र कस्तो अवस्थामा प्रयोग तथा शक्ति प्रदर्शन गर्नुपर्छ । भन्ने सिमाहरु तोकिएका होलान, छ्न पनि । विज्ञान र प्रविधिले मानवीय जीवनशैलीमा ल्याएको चमत्कारिक परिवर्तनको सही सदुपयोग हुनुपर्ने हो । तर, दुःखद कुरा आजभोलि प्रयोग कर्ताहरुमा परिवर्तन का सकरात्मक पक्ष भन्दा पनि नकारात्मक पक्षतर्फ बढी अग्रसर भएको देखिन्छ । अलिकति गहिराईमा पुगेर सोच्ने हो । भने प्रविधिले हामीलाई कुन अवस्थाबाट कुन अवस्थासम्म ल्याई पु¥याएको छ । त्यसको समीक्षा गर्न सक्दैनौ, महत्व पनि बुझ्न सक्दैनौं । हिजोको युगको त्यही अवस्थाबाट आजको युगमाल्याई पु¥याउने जुन प्रविधि हो । त्यही प्रविधिलाई सहि तरिकाले प्रयोग गर्न सकेका छैनौं न कि संरक्षण गर्न सकेका छौं । प्रविधिको दुरुपयोगकै कारण समाजमा हत्या, हिंसा, अस्लिलता, छाडापन, असभ्य र अव्यवस्थित तरिकाले दिनानुदिन घटनाहरु घटेको घटी छ्न । विकराल समस्याहरु थपिदै गर्दा अनुसन्धानको क्षेत्रमा समेत निकै चुनौतिपूर्ण बन्दै गएको देखिन्छ । कुनै बेला विश्वको कुनै देश वा त्यो देशको भौगोलिकतासँगै सामाजिक, आर्थिक सहित अन्य हरेक बस्तु स्थिती कस्तो थियो भन्ने कुरा सपना जस्तै हुने त्यो अवस्था थियो । तर, आज त्यही अवस्थालाई सपनामै सिमीत राखि रहनु पर्ने अवस्था छैन ।

आज आफु सुतिरहेकै एउटा बन्द कोठाबाट संसारलाई नजिकैबाट नियाल्न सक्ने प्रविधिको विकास भएको छ । यो त खुसीको कुरा होला नी ? अनि किन हामी धेरै उग्र हुनुपर्ने, छाडा हुनुपर्ने, असभ्य भएर समाजलाई आतंकित बनाउनु पर्ने ? अब प्रविधिको दोष भन्ने कि प्रविधिको प्रयोग कर्ताको दोष भन्ने ? पक्कै पनि प्रयोग कर्ताको दोष हो । किन भने विकसित राष्ट्रका मानिसहरुले विकासको प्रारम्भिक चरणमा सामाजिक सञ्जालको प्रयोगबाट सामाजिक परिवेश र जनजीबनमा पर्ने सकरात्मक र नकरात्मक असरहरु अवस्य हुन देखिन सक्छन् । तर, सजग हुन निकै आवश्यक छ । प्रयोगको पहुँचसम्म पुगेका शिक्षित वर्गहरुले दिने सन्देश आज भोलि सोचे जस्तो ।
प्रभावकारी हुन र बन्न सकेको छैन यो साँचो कुरा हो । बरु आफै प्रविधीको दुरुपयोग गरेर कानुनको घेरा बन्दिमा बस्नुपर्ने र गल्तिलाई सम्झदै पछुताउनुपर्ने अबस्था सृजना भएको आज हामी आफ्नै आँखाले प्रत्येक्ष देखिरहेका छांै ।

अहिले सामाजिक संजालहरु फेसबुक, म्यासेन्जर भाईबर, टुइवटरहरुमा जथाभावी लेख्ने, अनावश्यक विषय बस्तुहरु पोस्ट गर्ने, छाडा र अस्लिल शब्दहरुले कमेन्ट गर्ने, धम्की दिने, त्रसित बनाउने, अर्काको ईमेल आईडीहरु प्रयोग गरेर मनपरी लेख्ने, कसैको अनुमति बिना तस्बिरहरु पोस्ट गर्ने सहितका थुप्रै कार्यहरु निकै बढ्न थालेका छन् । के प्रविधीसँगै विकास भएको, हामीले भन्ने गरेको सामाजिक सञ्जालले आफै यही गर्न सिकाएको हो ? अनि यही गलत कार्य गर्नु भन्ने सन्देश दिनलाई बनाएको हो ? आखिर संसारलाई काखमा राखेर सिरानिमा आड लगाएर एउटा कोठाबाट हेर्न, देख्न र सजिलै बुझ्न सक्ने अदभूत जादु आविस्कारक भगवान रुपी मानवको त्यो शक्तिशाली खुबी र क्षमता को मन मुटुदेखि कदर प्रशंसा गर्नु हाम्रो धर्म होइन ?
प्रविधिको विकाससँगै एक अर्काकामा अन्तरनिहित बन्दै मानव इतिहास को एक्काईसौं शताब्दिको यो चरणमा आईपुग्दा र यही परिवेशमा आफ्नो जीवनको यात्रा अगाडि बढाई रहँदा समाजिक रुपमा सभ्य भएर बस्नु, सामाजिक सञ्जालको दुरुपयोगबाट समाजलाई खतरामुक्त गराउन कोसिस गर्नु नीग्रानी गर्नु, खबरदारी गर्नु र कानुनी दायरामा ल्याउन, प्रत्यक्ष सरोकार राख्ने हामीले सबै नागरिकको दायित्व हो । प्रविधिको गलत प्रयोगबाट घट्न सक्ने संभाबित घटना परिघटनाहरुबाट सजग र सुरक्षित बन्दै स्वतन्त्र र निधक्क भएर बाँच्न सक्ने वातावरणको सृजना गर्नुपर्छ । यदि समयमा सजग हुन सकिएन, नियन्त्रण गर्ने कुनै दरिलो कानुनी उपाय खोज्न र बनाउन सकिएन भने दीर्घकालीन रुपमा निकै ठूलो डर लाग्दो भयानक स्थिति आउन सक्छ । प्रविधिले मानवलाई परिवर्तन सँगै सभ्यताको विकास क्रममा अगाडि बढ्न सिकाएको हो । तर, दुरुपयोग गरेर आतंकित र त्रसित बनाउन सिकाएको होईन । एक्कासौं शताब्दी को यो प्रतिस्र्पधात्मक युगमा सक्षम बन्न सिकाएको हो । तर, उच्छृङ्खलसँगै दानव बन्न सिकाएको होईन । सभ्य छौं, सभ्य चाहन्छौं भन्नेहरुले अनि दुरुपयोग गर्न सिकाउनेहरुले बुझ्न र बुझाउन सक्नु पर्छ कि प्रविधिको दोष होईन प्रयोग कर्ताको दोष हो भनेर ।

You may also like