संविधान दिवसको अवसरमा टोल कमिटी गठनसँगै चियापान

चन्द्र रोकामागर
पाङ रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्गी गाउँपालिका १ नंं. वडा दैबाङ कमिटी पाङ रोल्पाले चियापान तथा टोल कमिटी गठन गरी संविधान दिवस २०७६ भव्य रुपमा शुक्रबार मनाएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिटी रोल्पा जिल्ला सदस्य दिलबहादुर पुनमगर, अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पा सदस्य धनलाल पुनमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका १ नंं. वडा सदस्यहरु दुर्गाबहादुर रोका, जालसिङ पुनमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका १ नंंंं. पाङ माधर टोल कमिटी अध्यक्ष केरसिङ घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका १ नं. वडा कमिटी पाङ रोल्पाको सल्लाकार ऋतमान रोकामगर, युवा नेता नविन पुनमगर लगायतको आतिथ्यता थियो ।

संविधान दिवसको अवसरमा तीन गाउँ स्तरीय टोल कमिटी गठन भएको छ । जसमा मनिराम घर्तीमगरको अध्यक्षतामा ९ सदस्यीता तल्लो टोल दैबाङ पाङ रोल्पा, रुपलाल घर्तीमगरको अध्यक्षतामा ९ सदस्यीयता दैबाङको मध्ये टोलमा कमिटी, गोविन्द पुनमगरको अध्यक्षतामा ९ सदस्यीय दैबाङ टोलको माथिल्लो टोल कमिटी गठन भएको छ । टोल कमिटीको पदाधिकारीहरुलाई कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सदस्य दिलबहादुर पुन लगायतका अतिथिहरुले सफट ग्रहनसँगै वर्तमान राजनीतिक विषयमा प्रशिक्षण गर्नुभएको थियो । उहाँले नेपालको संविधान विश्वकै उकृष्ट संविधान भएको भन्दै स्वतन्त्रतापूर्वक बाच्न पाउने हक हितको सुनिश्चित भएको धारणा व्यक्त गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधान कार्यन्वयनको चरणमा छ, त्यसैले संविधानको कार्यन्वयनको निम्ति आ–आफ्नो ठाउँमा सक्रिय बन्नुपर्ने जोड उहाँले दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका दैबाङ कमिटी पाङ रोल्पा अध्यक्ष भरत घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पाको सचिव गिरबहादुर पुनमगरले गर्नुभएको थियो भने स्वागत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपालिका कमिटी रोल्पा सदस्य धनलाल पुनमगरले गर्नुभएको थियो ।

You may also like